• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ९. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

बागमती सरकारको बजेट ६७ अर्व ४७ करोड


  •   सोमबार, असार ०२, २०८२ मा प्रकाशित
  • चितवन/बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६७ अर्बको बजेट ल्याएको छ । आइतबार साँझ अबेर ९ बजे बागमती प्रदेश सभामा बजेट प्रस्तुत गरेको हो । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजारको बजेट ल्याउनु भएको हो । प्रदेश सरकारले गत चालु आर्थिक वर्षको भन्दा ३ अर्ब वृद्धि गरेर २०८२÷०८३ कोलागि ६७ अर्वको बजेट ल्याएको हो । चालू आर्थिक वर्षको लागि ६४ अर्व ५४ करोड बजेट सरकारले ल्याएको थियो ।
    आगामी वर्षको लागि चालु तर्फ २६ अर्ब ४ करोड ४६ लाख ९१ हजार विनियोजन गरिएको छ । पुजीगत तर्फ ४१ अर्व ४३ करोड २६ लाख ३६ हजार बजेट विनियोज गरिएको छ । चालु तर्फ ३८.०६ प्रतिशत र पुजीगत तर्फ ६१.०४ प्रतिशत छुट्याइएको छ । खर्च व्यवहोर्न कर राजश्व २८ अर्व ८७ करोड ८२ लाख उठाउने लक्ष्य लिएको छ । अन्यबाट ६ अर्व ७९ करोड उठाउने लक्ष्य लिएको छ ।
    बजेट प्रस्तुत गर्दै मन्त्री काफ्लेले पर्यटकीय क्षेत्रको रुपमा चितवनलाई पर्यटकीय हवको रुपमा विकास गर्ने जानकारी गराउनु भयो । दोलखाको डाङडुगे डाडामा फिल्म सिटी स्थापना गरी गरिने छ ।
    उहाले कृषि क्षेत्रको उत्पादनलाई प्राथमिकता दिएको छ । एक वडा एक कृषि कार्यक्रम ल्याएको छ । कृषि उपजको बजार व्यवस्थापन, कृषि एम्वुलेन्सको व्यवस्था गरिने छ । दुग्धजन्य उत्पादनलाई वृद्धि गरेर बजार व्यवस्थित पार्ने, धुलो दुध कारखानालाई व्यवस्थित पार्ने छ ।
    आधारभूत अस्पातालमा आकस्मिक सेवाको रुपमा विकास गर्न बजेट व्यवस्थापन गरिने छ । महिलामा हुने पाठेघरको मुखको क्यान्सर तथा पुरुषमा पोष्टेट क्यान्सरको परिक्षणलाई निःशुल्क गरिनेछ । दुर्गम स्थानबाट हवाइ सेवा मार्फत उपचार सेवा गर्न रु १० करोड बजेट विनियोजन गरिएको छ । प्रादेशिक अस्पतालमा ट्रमा सेन्टरको रुपमा विकास गरिनेछ । विपन्न नागरिकलाई निःशुल्क विमाको व्यवस्था गरिनेछ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ३५ करोड विनियोजन गरिएको छ । नर्सिङ अध्यापनको व्यवस्था गरिनेछ । हेमोपिलिया विरामीलाई प्रादेशिक अस्पतालबाट निःशुल्क उपचारको व्यवस्था गरिनेछ ।
    प्रादेशिक अस्पतालमा आमावुवा विहिन बालबालिकालाई अभिभावको भूमिका निर्वाह गर्ने कार्यक्रमलाई निरन्तरता दिएको छ । सामाजिक विकास मन्त्रालयलाई चार अर्व ३५ करोड रुपियाँ विनियोजन गरिएको छ ।
    खेलकुदलाई ललितपुरको गोदावरीमा रंगशाला निर्माणमा ९ करोड रुपियाँमा, मकवानपुर, दोलखामा रंगशाला, भरतपुरको गौतम वुद्ध क्रिकेट रंगशाला निर्माणमा ९ करोड रुपियाँ विनियोजन गरिएको छ । एक निर्वाचन क्षेत्र एक वहुउद्देशिय खेल मैदान निर्माण गरिनेछ । खेलकुद मन्त्रालयको लागि एक अर्व १६ करोड विनियोजन गरिएको छ ।
    नयाँ सडकको ट्रयाक खोल्न निरुत्साहित गरिनेछ । जनता आवास कार्यक्रम, खरको छाना विस्थापित कार्यक्रमलाई निरन्तरता दिनेछ । भौतिक पूर्वाधार मन्त्रालयको लागि २४ अर्व ८० करोड १९ लाख बजेट विनियोजन गरिएको छ ।
    लिफ्ट सिचाइ आयोजनालाई प्राथमिकता दिनेछ । पहाडका गरा सधै हरावरा कार्यक्रम ल्याइनेछ । जलस्रोत तथा सिचाइ व्यवस्थापनको लागि स्यालो ट्युवेलको व्यवस्थापन गरिनेछ । नारायणी खगेरी सिचाइलाई थप व्यवस्थित गरिनेछ । खानेपानी तथा सिचाइ मन्त्रालयको लागि सात अर्व २८ करोड ७१ लाख रकम विनियोजन गरिएको छ ।
    विपत व्यवस्थापनलाई प्राथमिकता दिइने छ । मुख्यन्ययधिवक्तालाई व्यवस्थित पारिनेछ । आन्तरिक मामिला तथा कानून मन्त्रालयको लागि ६२ करोड ११ लाख बजेट विनियोजन गरिएको छ ।
    जिल्ला समन्वय समितिको जिम्मेवारीलाई व्यवस्थित पारी कार्यालयको लागि बजेट विनियोजन गरिएको छ । प्रदेश अन्तर्गतका अनावश्यक संरचना खारेज गरिनेछ । लगानी सम्मेलन गरी स्वदेशी तथा विदेशी लगानीकर्तालाई लगानी गर्न आकर्शित पारिनेछ । महङ्गी भत्ता पाँच हजार बागमती प्रदेशका कर्मचारीलाई प्रदान गरिनेछ ।

    Advertisement

    पूर्ण पाठ हेर्न यो लिंक खोल्नु होला

    https://giwmscdntwo.gov.np/media/pdf_upload/Budget%20Speech%202082-83_nmgkuie.pdf

    सोमबार, असार ०२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ४.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ५.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ७.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ८.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.