• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

डेङ्गु सार्ने लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान

  •   आइतबार, असार ०१, २०८२ मा प्रकाशित
  • काठमाडौँ/स्वास्थ्य कार्यालय पर्साले वीरगञ्ज महानगरको ३२ वटै वडासहित पर्साका पालिकामा यसपालिको मनसुनअगावै डेङ्गु सार्ने लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान अघि सार्ने भएको छ । विगतका वर्षहरूमा स्वास्थ्य कार्यालय र वीरगञ्ज महानगर स्वास्थ्य तथा सामाजिक विकास महाशाखा जनस्वास्थ्य प्रवर्द्धन शाखाको अगुवाइमा डेङुगु सार्ने लामखुट्टेको बासस्थान खोजी गरेर लार्भा नष्ट गर्ने अभियान प्रभावकारी भएसँगै यस वर्ष पनि निरन्तरता दिन लागिएको हो । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले डेङ्गु सार्ने लामखुट्टेको बासस्थान खोजी गरेर लार्भा नष्ट गर्ने अभियानलाई  प्रभावकारी ढङ्गले कार्यान्वयन गर्ने बताउनुभयो ।

    Advertisement

    “डेङ्गुको लार्भा नष्ट गर्न हरेक वडा कार्यालयमा १० जनाको टोली बनाई तीन दिनसम्म जनचेतनामूलक कार्यक्रम गर्न लागिएको छ, लार्भा नष्ट गर्ने तालिका भने छिट्टै सार्वजनिक गरिने छ”, उहाँले भन्नुभयो । जनस्वास्थ्य अधिकृत ठाकुरले स्वास्थ्य कार्यालयले लामखुट्टेको लार्भा नष्ट गर्न आवश्यक पर्ने बायोडार्ट सप्लाई पनि दिँदै आइरहेको जानकारी दिनुभयो । “टोलटोलमा बायोडार्ट औषधि छर्र्किएका कारणले पनि लामखुट्टेको विकास हुन पाइरहेको छैन”, उहाँले भन्नुभयो, “यस वर्ष पनि हामीले प्रभावकारी अभियान अघि बढाउँछौँ ।”

    स्वास्थ्य कार्यालयले चालु आवमा १६ वटा औषधि छर्कने टयाङ्की, एक हजार बायोडार्ट औषधिको झोल वीरगञ्ज महानगरअन्तर्गतका १ देखि १६ नम्बर वडा कार्यालयमा उपलब्ध गराएको छ । अन्य स्वास्थ्य सामग्री पनि उपलब्ध गराउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।  वीरगञ्ज महानगर स्वास्थ्य तथा सामाजिक विकास महाशाखा जनस्वास्थ्य प्रवर्द्धन शाखा जनस्वास्थ्य निरीक्षक सुमनचन्द्र ठाकुरले पछिल्ला वर्षमा वीरगञ्ज महानगरमा डेङ्गुका सङ्क्रमित बिरामीको सङ्ख्या वृद्धि हुँदै आइरहेको जानकारी दिनुभयो ।

    “चालु आर्थिक वर्षमा वीरगञ्ज महानगरमा १६ हजार ३३४ डेङ्गुको जाँच गर्दा चार सय ७० जनालाई डेङ्गुको सङ्क्रमण देखिएको छ”, उहाँले भन्नुभयो, “गत आर्थिक वर्षमा भने चार हजार ७८१ जनाको डेङ्गु जाँच गर्दा तीन सय ४९ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो ।” त्यस्तै आव २०७९÷८० मा दुई हजार ६६१ जना जनाको डेङ्गु जाँच गर्दा एक सय ९९ जना डेङ्गुका सङ्क्रमित भेटिएका थिए । चालु आवमा वीरगञ्ज महानगर क्षेत्रमा छिमेकी मुलुक भारतबाट आएका १४ बिरामीमा मलेरिया देखिएसँगै आवश्यक उपचार गरिएको थियो ।

    वीरगञ्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले महानगरले सरसफाइ अभियान प्रभावकारी ढङ्गले अघि बढाउँदै आएको बताउनुभयो । “महानगरको सरसफाइको अभियानले पनि वीरगञ्ज सरसफाइ गराउन सम्भव भएको छ”, उहाँले भन्नुभयो, “महानगरले साढे दुई वर्षको अवधिमा मात्र फोहरमैला जथाभावी फ्याँक्नेबाट रु ६६ लाखभन्दा बढी जरिवाना तिराएको छ ।”

    आइतबार, असार ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.