भरतपुर/चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिले आफ्नो १३ औं स्थापना दिवस एक कार्यक्रमका बीच सम्पन्न गरेको छ । चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिका अध्यक्ष ताराबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चितवन उद्योग संघका कार्य वाहक अध्यक्ष मदन घिमिरे प्रमुख अतिथि रहनुभएको थियो । प्रमुख अतिथि घिमिरेले चितवन मेटल इन्जिनियरिङ्ग चितवन उद्योग उद्योग संघको वस्तुगत समितिको रुपमा सक्रिय सदस्य रहेको र यसले मेटल उद्यमीहरुको हकहितको लागि काम गर्दै १३ वर्ष पूरा गरेकोमा शुभकामना समेत व्यक्त गर्नुभयो ।
चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिका उपाध्यक्ष मोहनलाल श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिका सल्लाहकार संयोजक शान्ता न्यौपाने, सल्लाहकार दुर्गालाल सापकोटा, शुरुवाती समयदेखि कर्मचारीको रुपमा रही महत्वपूर्ण सल्लाह, सुझाव दिनुभएका चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल लगायतले १३ औं स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको थियो ।
स्थापना दिवसको अवसरमार चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवाल, चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समिति, रत्ननगर समितिका अध्यक्ष गणेशराज रेग्मी, चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समिति, रत्ननगर समितिका पूर्व अध्यक्ष शिव खनाल, चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिका उपाध्यक्षहरु रुकेश सापकोटा, विरेन्द्र वहादुर दवाडी, सूर्य प्रसाद तिमिल्सिना, कार्यसमिति सदस्यहरु लोकनाथ सुवेदी, बलराम पुरी, चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिका सदस्य, राजन पौडेल, सूर्यराज गिरी, यूवराज गिरी, कुखुरा व्यवसायी मञ्चका कार्यकारी निर्देशक शिव प्रसाद बराल, चितवन उद्योग संघका सञ्चार अधिकृत राजु भट्ट, कर्मचारी शोभा थापा लगायत मेटल उद्यमीहरुको सहभागिता रहेको थियो ।
चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिका उपाध्यक्ष राजकुमार श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिका अध्यक्ष ताराबहादुर कार्कीले संस्थाको स्थापनाकालदेखि हालसम्मका गतिविधिहरुको बारेमा जानकारी गराउँदै धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

Advertisement




