• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

करको विरोध गर्दै चितवनका सुनचाँदी व्यवसायीहरू आन्दोलित


  •   बिहिबार, जेठ २९, २०८२ मा प्रकाशित
  • अमिर रामदाम
    चितवन/सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत ल्याएको २ प्रतिशत विलासिता कर र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट)को विरोधमा चितवनका सुनचाँदी व्यवसायीहरू आन्दोलित भएका छन्। नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघले संयुक्त रूपमा जारी गरेको संघर्षका कार्यक्रमहरू नेपाल सुनचाँदी व्यवसायी संघ चितवनले आज दिउँसो  पत्रकार सम्मेलन आयोजना गर्दै  सार्वजनिक गरेको छ ।

    Advertisement

    संघका अनुसार चितवन जिल्लाभर जेठ २९ गते (आज) र ३० गते (भोली) पाँच सयभन्दा बढी सुनचाँदी पसलहरू पूर्णरूपमा बन्द रहनेछन् । पसल बन्दसँगै चितवनका सुनचाँदी सम्बन्धी संस्थाहरु नेपाल सुनचाँदी व्यवसायी महासंघमा आवद्ध नेपाल सुनचाँदी व्यवसायी संघ चितवन, रत्ननगर सुनचाँदी व्यवसायी संघ (नगर संघ) र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघमा आवद्ध चितवन सुनचाँदी व्यवसायी संघ पूर्वी चितवनका व्यवसायीहरूको टोलीले आजै चितवका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेललाई ज्ञापनपत्र बुझाएका छन् ।
    पत्रकार सम्मेलनमा बोल्दै नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष हेमबहादुर विश्वकर्माले सरकारले सुन तथा हिराजडित बहुमूल्य गरगहनामा  लगाएको करले व्यवसायीलाई मात्र नभई आम उपभोक्तालाई समेत प्रत्यक्ष प्रभाव पार्ने बताउनुभयो।  सरकारको यो कर नीति अत्यन्तै अव्यवहारिक छ, यदि यो व्यवस्था लागू भएमा समग्र सुनचाँदी व्यवसायीहरूले आफ्नो पेशा व्यवसाय बन्द गर्नुपर्ने अवस्था आउने उहाँले बताउनुभयो।

    नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका तृतीय उपाध्यक्ष एवम् चितवन सुनचाँदी व्यवसायी संघ पूर्वी चितवनका संस्थापक अध्यक्ष प्रेम खातीले सरकारले घोषणा गरेको २ प्रतिशत विलासिता कर र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) का कारण नेपाली गरगहनाहरू आम नागरिकको पहुँचबाट टाढा पुग्ने, व्यवसाय बन्द हुने र कर्मचारी एवम् कालिगढहरूको रोजगारी खोसिने सम्भावना देखिएको बताउनुभयो।


    नेपाल सुनचाँदी व्यवसायी महासंघका सचिव टुलकप्रसाद विश्वकर्माले यस किसिमका मूल्य अभिवृद्धिले अवैध आयातलाई अझ धेरै प्रोत्साहन दिने बताउनुभयो। यस क्षेत्रका २५ हजार व्यवसायी र ३ लाखभन्दा बढी कालिगढ तथा मजदुरहरू र १५ लाख आश्रित व्यक्तिहरू रोजीरोटी धरापमा पर्ने निश्चित रहेको उहाँले बताउनुभयो।  नेपाल सरकारले बजेटको यो व्यवस्थाप्रति पुनर्विचार गरी २ प्रतिशत विलासिता कर र १३ प्रतिशत मूल्य अभिवृद्धि कर खारेजको लागि उहाँले माग गर्नुभयो। उहाँले महासंघहरूका चरणबद्ध आन्दोलनका कार्यक्रमहरू जानकारी गराउनुभयो।


    नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रवक्ता अधिवक्ता जीवन ज्योति विश्वकर्माले यस आन्दोलनमा कुनैपनि राजनितिक स्वार्थ नरहेको बताउनुभयो।  उहाँले यो व्यवसाय, रोजगारी र संस्कृतिको अस्तित्वको लडाई रहेको बताउनुभयो।
    सामान्य दिनमा ग्रहाकहरूको भीडभाड रहने चितवन जिल्लाका व्यस्त बजारहरू नारायणगढ, भरतपुर, टाँडी, पर्सा, माडी लगायतका क्षेत्रमा आज सुनचाँदी बजार सुनसान रहेको छ । चितवन जिल्लाका पाँच सय पसलहरु बन्द हुँदा हजारौं ग्राहकहरू सेवा लिन वञ्चित भएका छन्।  आन्दोलनको सुरूको दिनमै चितवन जिल्लामा सुनचाँदी क्षेत्र पूरै ठप्प रहेको छ । पत्रकार सम्मेलनको अध्यक्षता नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष हेमबहादुर विश्वकर्माले गरेका थिए भने संघका महासचिव गोपाल बहादुर वि.क थापा ले सहजीकरण गरेका थिए ।


    प्रेस विज्ञप्तीमा उल्लेखित सुनचाँदी व्यवसायीहरूका मागहरु:-
    १) हाल सबै प्रकारका सुन तथा सुनका गहनामा लागू गरिएको २ प्रतिशत विलासिता कर खारेज हुनुपर्ने ।
    २) हिरा-जवाहरात जडित गहनामा लागू गरिएको मूल्य अभिवृद्धि कर (VAT) तत्काल पुनर्विचार गरी खारेज गरिनुपर्ने ।
    ३) सुनचाँदीको कारोवारलाई दीर्घकालीन रूपमा प्रोत्साहित गर्न चाँडोभन्दा चाँडो ऐन, नियम तथा नीतिहरू निर्माण गरिनुपर्ने ।
    ४) कर संरचना परिवर्तन गर्नु पूर्व मौजुदा व्यवसाय, रोजगारी तथा बजारमा पर्ने दूरगामी प्रभावहरूको विस्तृत अध्ययन गरियोस । र त्यसविना करको दायरा नबढाइनुपर्ने ।
    ५) छिमेकी मुलुक भारतमा सरहनै नेपालमा पनि भन्सार दर ६ प्रतिशत कायम गरिनुपर्ने ।
    ६) विश्व बजारको मान्यता अनुसार गुणस्तर प्रमाणिकरणको लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशालाको व्यवस्था गरिनुपर्ने ।
    ७) निर्यातको ढुवानीमा २ दशमलव ५ प्रतिशत टिडिएस लाग्ने व्यवस्था खारेज गरिनुपर्ने ।

    बिहिबार, जेठ २९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ४.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ५.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ७.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ८.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.