• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा


  •   मङ्गलबार, जेठ २७, २०८२ मा प्रकाशित
  • चितवन/चितवनका युवाहरूलाई स्वास्थ्य क्षेत्रमा दक्ष बनाउँदै स्वदेश तथा विदेशमा रोजगारीका नयाँ अवसरहरू सिर्जना गर्ने उद्देश्यले ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ औपचारिक रूपमा सञ्चालनमा आएको छ। नारायणगढको लायन्सचोकस्थित केन्द्रको सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत उद्घाटन गरिएको हो। घरायसी र सहज वातावरणमा गुणस्तरीय तालिम प्रदान गरी दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित स्थापना गरिएको सो केन्द्रको प्रमुख कार्यकारी अधिकृत सुवाष खड्काका अनुसार पछिल्ला वर्षहरूमा नेपालमा केयर गिभर पेशाप्रति युवाहरूको आकर्षण बढ्दो छ। “काठमाडौँस्थित मुख्य कार्यालयबाट हालसम्म ५ हजारभन्दा बढी प्रशिक्षार्थीलाई व्यावसायिक तालिम दिइसकेका छौं,” खड्काले भन्नुभयो, “यहाँबाट तालिम लिएका अधिकांश प्रशिक्षार्थीहरू विदेशमा रोजगारी गरिरहेका छन्। बेलायतस्थित सीपीडिएसओ बाट मान्यता प्राप्त भएकाले अन्तर्राष्ट्रिय मापदण्डअनुसार तालिम सञ्चालन हुँदै आएको छ।” चितवन शाखाका प्रमुख ज्ञानबहादुर अधिकारीका अनुसार हाल काठमाडौँ, इटहरी र चितवनमा फ्रेन्चाइजमार्फत तालिम सञ्चालन भइरहेको छ। उहाँले प्रत्यक्ष कक्षा तथा अनलाइन दुवै माध्यमबाट तालिम लिने व्यवस्था गरिएको जानकारी दिनुभयो। तालिम अवधि ३९० घण्टादेखि १,२०० घण्टासम्मको हुनेछ। कक्षा ८ उत्तीर्ण गरेका व्यक्तिहरू सिटिभिटीको बेसिक कोर्समा सहभागी हुन सक्नेछन्। जुन सर्टिफिकेटले इजरायललगायत देशहरूमा जी–टु–जी कार्यक्रममार्फत रोजगारीको अवसर खुलाउनेछ। युरोप, अमेरिका लगायतका मुलुकमा जान चाहनेहरूको हकमा कक्षा १२ उत्तीर्ण अनिवार्य गरिएको छ, जसलाई लक्षित गरी सीपीडिएसओको एडभान्स कोर्स उपलब्ध गराइनेछ। चितवन शाखाका बजार प्रवर्द्धन प्रमुख सुसिल भट्टराईले स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने यस्ता तालिम केन्द्रहरू अहिलेको आवश्यकता भएको बताउनुभयो। “चितवन जस्तो शहरीकरण तीव्र रूपमा बढिरहेको जिल्लामा यस्ता व्यावसायिक तालिमहरू अनिवार्यजस्तै छन्,” उहाँले भन्नुभयो, “यस्ता केन्द्रहरूले वृद्धजन, अपांगता भएका व्यक्ति र स्वास्थ्य सेवा क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादनमा योगदान पुर्याउनुका साथै विदेश रोजगारीमा जान चाहने युवाहरूलाई पनि आवश्यक सीप र ज्ञान प्रदान गर्छन्।” कार्यक्रमको उद्घाटन गर्दै भरतपुर महानगरपालिका वडा नं २ का अध्यक्ष मनोज रानाभाटले यस्ता तालिम केन्द्रहरूले विदेश जाने युवालाई रोजगारीका लागि तयारी गराउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। “नेपालबाट जाने धेरै युवा स्वास्थ्य क्षेत्रको रोजगारीमा आकर्षित छन्,” उहाँले भन्नुभयो, “यसले उनीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बन्न सहयोग गर्नेछ। वडा कार्यालयबाट आवश्यक सहयोग उपलब्ध गराइनेछ।” केन्द्र स्थापना भएको उपलक्ष्यमा मानव सेवा आश्रममा आश्रित वृद्धवृद्धाहरूलाई खाना खुवाउने कार्यक्रमसमेत सम्पन्न गरिएको थियो। विदेश रोजगारीका सम्भावनासँगै चितवनमा नयाँ आशा पलाएको यस केन्द्रले वृद्धाश्रम, अपांगता भएका व्यक्ति र स्वास्थ्य सेवा क्षेत्रमा समेत दक्ष जनशक्ति उत्पादन गर्दै लैजाने अपेक्षा गरिएको छ।

    Advertisement

    मङ्गलबार, जेठ २७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.