• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

महिला अब चुलाचौकामा मात्र सीमित हुनुहुँदैन : बुद्धिमाया घले


  •   सोमबार, जेठ २६, २०८२ मा प्रकाशित
  • कालिका नगरपालिका वडा नं. २, पदमपुर, चितवनकी बुद्धिमाया घले संघर्षमा नै सफलता हुन्छ भन्ने मान्यता राख्नुहुन्छ । कक्षा आठमा पढ्दा पढ्दै १५ वर्षको सानै उमेरमा वि.सं.२०६० सालमा वैवाहिक बन्धनमा बाँधिन पुग्नु भयो । वैवाहिक जीवनमा बाँधिएपछि बुद्धिमाया हस्तकला व्यवसायमा लाग्नुभयो । हस्तकला व्यवसायलाई निरन्तर रुपमा आफ्नो मुख्य व्यवसायको रुपमा काम गर्दै आउनुभएको घलेले उत्पादन गरेका हस्तकलाका सामाग्रीहरुले हाल देश, विदेशका बजारहरुमा आफ्नो मार्केट बनाईरहेको छ । शुरुवाती समयमा त्यति सफल हुन नसकेपनि हस्तकलामै आफ्नो आधा उमेर बिताउनुभएकी घले अन्तत हस्तकला व्यवसायमा स्थापित भईसक्नुभएको घलेसँग गरिएको कुराकानीको सारसंक्षेप ः

    नेपाली समाजमा विवाह पश्चात महिलाहरुले घर बाहिरको काम र व्यवसायमा लाग्न हुँदैन र कोही कामको सिलसिलामा बाहिर निस्किए हालेपनि कुरा काट्ने जमात त्यतिकै हावी हुन्थ्यो । त्यसलाई चिर्नको लागि र महिला अब चुलाचौकामा मात्र सीमित हुनुहुँदैन भन्ने मान्यता राख्दै आफूलाई परेका समस्याको समाधान गर्दै अगाडि बढेको बुद्धिमाया बताउनुहुन्छ ।
    सानै उमेरमा विवाह गर्नुभएको बुद्धिमायाले हस्तकला व्यवसायमा स्थापित गराउन लामो समय कडा मेहेनत र संघर्ष गर्नुभएको थियो । सानै उमेरमा विवाह गर्नुभएको उहाँलाई पारिवारिक जिम्मेवारीले थिचोर्दा पढाईलाई समेत निरन्तरता दिन सक्नुभएन तर, दृढ इच्छाशक्ति र कडा परिश्रमले उहाँले आफूलाई हस्तकला क्षेत्रमा भने स्थापित गराएरै छाड्नुभयो । हाल उहाँले १६ वर्षपछि पुनः विद्यालयमा भर्ना भई कक्षा १२ सम्मको अध्ययन पूरा गर्नुभएको छ ।
    हस्तकलामा लाग्नु अघि गाउँघरमै मेलापात तथा घरेलु मदिरा उत्पादन गर्दै रोजी रोटीका लागि आफ्ना जीवनलाई व्यतित गर्नुभएको घले बिदेशिने सोचका साथ विभिन्न ठाउँमा भौतारीदै हिँड्नु भएको बुद्धिमायालाई अहिले समय र भाग्यले पनि साथ दिएको उहाँ स्वय बताउनुहुन्छ ।
    त्यहीबेलै २०६२ सालमा गाउँमा राष्ट्रिय प्रकृति संरक्षण कोषबाट धागो काट्ने चर्खा सम्बन्धि कार्यक्रम हुने जानकारी पाएपछि उहाँले आफ्नो नाम टिपाउनुभयो । सोहीबेला उहाँकै नेतृत्वमा बुद्धज्योती जनजाती महिला समूह गठन समेत भयो । समूहमा आवद्ध २० जना सदस्यहरुलाई उक्त तालिममा सहभागी गराउन घलेको ठूलो योगदान रहेको छ । राष्ट्रिय प्रकृतिक संरक्षण कोषले हस्तकलालाई तालिम सहित ५७ वटा गलैँचा बनाउने मेसिन सहयोग गरेको थियो ।
    तालिम लिएपछि उहाँले फाट्टफुट्ट रुपमा धागोको काम गर्न लाग्नुभयो । काम गर्ने सिलसिलामा उहाँ आँफै हस्तकला तालिमको प्रशिक्षकको रुपमा काम गर्न थाल्नुभयो । यो समयसम्म उहाँले धेरै महिलाहरुलाई प्रशिक्षण दिनुभई स्वरोजगार बन्ने अवसर समेत सिर्जना गर्नुभएको छ । तालिमपछि कोही पनि खाली हात बस्न नपरोस् भनेर उहाँले व्यवसायीक रुपमा नै हस्तकलाका सामाग्री उत्पादनको काम सुरु गर्दै आउनुभएको छ ।
    उहाँले काम गर्दै जाने क्रममा हस्तकलालाई अझ अन्तराष्ट्रिय बजारमा व्यापार गर्न सक्ने गरी गलैँचा, ढाका, कार्पेट, उपहारका सामाग्री तथा ऊनको धागोलगायतका सामाग्रीहरु उत्पादनको काम समेत शुरु गर्नुभयो । उत्पादित सामाग्रीहरु नेपालका बिभिन्न जिल्लाहरुसँगै विदेशसम्म पठाउनुहुन्छ घलेले । उहाँले उत्पादन गरेका सामग्रीहरु अमेरिका, चिन, अष्टे«लिया, भारत तथा यूरोपेली राष्ट्रहरुमा माग हुने गरेका छन् । उहाँ भन्नुहुन्छ “व्यावसाय गर्न सुरुमै धेरै लगानी गर्नुपर्छ भन्ने पनि छैन काम नलाग्ने फोहोरहरुलाई संकलन गरेर फुल तथा अन्य आकर्षक उत्पादनका वस्तु निर्माण गर्न सकिन्छ ।”
    कडा परिश्रम गर्ने हो भने फोहोरबाट पनि मोहोर कमाउन सकिन्छ भन्ने एक राम्रो उदाहरण हुन् बुद्धिमाया ।
    बुद्धिमायालाई उहाँको कामको उच्च मूल्याङ्कन गर्दै विभिन्न आधा दर्जन भन्दा बढी संघ–संस्थाहरुबाट सम्मानित गरिसकेको छ । उहाँले प्रतिनिधित्व गरेको उद्योगहरुले जिल्ला र जिल्ला बाहिर समेत आफ्नो प्रतिनिधित्व गर्दै मेला, महोत्सवहरुमा सहभागिता जनाउँदै उत्कृष्ट स्टलहरुको रुपमा समेत पुरस्कृत भएको छ ।
    घलेले प्राप्त गरेका केही महत्वपूर्ण सम्मानहरु ः

    Advertisement

    वि.सं. २०६३ सालदेखि नै मानव बेचबिखन विरुद्धको अभियान र महिला हिंसा विरुद्धको अभियानमा लाग्नुभएको घलेले नेपालबाट बेचिएर महिला दिदीबहिनीलाई भारतको दिल्लीको कोठीहरुबाट समेत उद्धार गरी नेपाल फर्काउन सफल सफल हुनुभएको थियो । त्यस्तै विदेशमा फसेका नेपाली दाजुभाई, दिदीबहिनीहरुको समेत उद्धारमा निरन्तर रुपमा लाग्नु भएकी घलेले विभिन्न संघ–संस्थाहरुमा आवद्ध हुँदै अगाडि बढ्दै जानुभयो । यसरी संस्थाहरुमा लामो समयको अनुभव सम्हाल्दै आफूले केही नेपाली दाजुभाई, दिदीबहिनीहरुलाई रोजगारी प्रदान गर्ने उद्देश्य अनुरुप व्यवसायमा लागेकी बुद्धिमायाले आफ्नो सपनालाई साकार पार्दै २०७५ सालमा ५ लाखको लगानीमा बिएम हस्तकला प्रशिक्षण केन्द्र स्थापना गर्नुभयो ।
    आफैंले संस्था स्थापना गर्नु अघि भने उनी नाफाको सीमित केही प्रतिशतका आधारमा अन्यत्र नै काम गर्नुहुन्थ्यो । आफै प्रशिक्षक भएकोले तालिमपछि कुनै पनि महिला बेरोजगार बस्न नपरोस् भनेर उहाँले संस्था स्थापना गरेको बताउनुहुन्छ ।
    अहिले उहाँ उक्त संस्थाको अभिभावकको रुपमा आफूजस्तै महिला दिदीबहिनीहरुको प्रेरणाको स्रोत समेत बन्न सक्नुभएको छ । ‘सुरुमा आँफैले लगानी गर्न सक्ने अवस्था नहुँदा अरुले कच्चा पदार्थ किनिदिने र उहाँले त्यसबाट हस्तकलाका सामाग्री तयार गरेवापत प्रतिकिलो र प्रतिपिसको हिसाबले केही रकम लिएर काम गर्ने गरेको’, उहाँ बताउनुहुन्छ । ‘त्यसरी नै पैसा जम्मा गर्दै जाँदा पाँच लाख पुग्यो । त्यही पैसा लगानी गर्नुभएको हुँदा अहिले उहाँको लगानी करोड भन्दा बढी पुगेको छ ।
    उहाँले प्रत्यक्ष रुपमा अहिले ९ जना कर्मचारीलाई रोजगार दिनुभएको छ भने, अप्रत्यक्ष रुपमा भने गाउँका ४८५ जना महिलाले रोजगार पाएका छन् । उहाँले महिला दिदीबहिनीहरुलाई कच्चा पदार्थ दिएर उहाँहरुबाट हस्तकलाका बिभिन्न सामाग्री उत्पादन पछि त्यसको हिसाब गरेर उहाँहरुले पाउने रकम मासिक रुपमा प्रदान गर्दै आउनुभएको छ ।
    उत्पादित गलैँचा तथा उपहारका सामाग्रीहरु नेपाल भन्दा पनि बाहिरी मुलुकमा बढी खपत हुने गरेको उहाँ बताउनुहुन्छ । गलैँचाको कच्चा पदार्थमा खर्च बढी हुने तथा श्रम पनि बढी नै लाग्ने हुँदा महङ्गो पर्न जान्छ । गलैँचा महङ्गो पर्ने हुँदा नेपालमा भन्दा विदेशमा बढी खपत हुने उहाँ बताउनुहुन्छ । घलेले उत्पादन गर्ने गलैँचाको मागस अमेरीका, चिन, अष्टे«लिया, भारत तथा यूरोपेली मुलुकमा उच्च हुने गरेको छ ।
    वुद्धिमायाले रोजगार दिएका महिलाहरु घरमै बसेर मासिक ८ हजार देखि ३० हजारसम्म आम्दानी गर्छन् । सामाग्री तयार गर्नु अघि बजार खोज्ने, माग के कति छ त्यही अनुसार उत्पादन गर्ने उहाँको तौर तरिका रहेको छ ।
    यसो त नेपालमा हस्तकला सामग्रीको बजार अझै पनि विस्तार हुन नसकेको उहाँको बुझाई छ । मानिसहरुले हस्तकलाका सामाग्रीहरुको महत्व अझै पनि नबुझेको उहाँ बताउनुहुन्छ । जसले गर्दा उत्पादित वस्तुहरु विदेशमा नै निर्यात गर्नुपर्ने हुन्छ ।
    हस्तकलाले देशको अर्थतन्त्रमा टेवा पु¥याई रहँदा भएता यस क्षेत्रमा सरकारको ध्यान पुग्न नसकेको उहाँको गुनासो छ ।
    सिप सिकेर आँफै रोजगार बन्नु अघि घर चलाउन धौ–धौ परेका दिनहरु उहाँ अझै सम्झिनुहुन्छ । घाम पानी नभनी दिनभर खटिदा समेत समस्या नै समस्यामा अल्झिनुपरेको गुनासो सुनाउँदै ती संघर्षका दिनहरुले धेरै गहिरो पाठ भने सिकाएको छ उहाँलाई । सिप र ज्ञान बिना हचुवाको भरमा हरेक क्षेत्रमा परिश्रमको लगानी गरेर मात्रै फल प्राप्त नहुने उहाँको भनाई छ । घलेले हस्तकला बाहेक चुल्हो बनाउने, बाख्रा पालन लगायतका अन्य तालिमहरु समेत लिई आफूलाई एक सक्षम महिला उद्यमीको रुपमा स्थापित गर्नुभएको छ ।

    सधैं आफूलाई कमजोर सोच्ने, कुनै तालिम, सीपको ज्ञान नलिने र अरुकै भरमा निर्भर हुने हुँदा हाम्रा दिदीबहिनीहरु चुलोचौकामा मात्र सीमित भएका हामीले धेरै उदाहरणहरु देखेका छौं । घलेको संघर्ष, आत्मविश्वास र योगदानले गर्दा आज उहाँले सयौंलाई रोजगारी प्रदान गर्नुभएको छ । तालिम, सिप सिकेर रोजगार बन्न उहाँ सबैलाई आग्रह गर्नुहुन्छ । हातमा सिप भए थोरै लागानीमा पनि स्वरोजगार बन्न सकिने उहाँको भनाई छ ।

    सोमबार, जेठ २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.