• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

दाँत दुखेर हैरान हुनुहुन्छ?


  •   आइतबार, असोज ०४, २०७७ मा प्रकाशित
  • काठमाडौं। तपाईंलाई दाँत वा गिजा दुख्‍ने भएको छ ? त्यसो भए तपाईंलाई दाँतको समस्या शुरु भइसकेको छ। दाँतको दुखाइ सबैभन्दा बढी पीडाजनक मानिन्छ। यस्तो बेलामा त तपाईं डेन्टिस्टकोमा गइहाल्नुपर्ने हो। तर, लकडाउनका कारण डेन्टिस्टकोमा जान सजिलो छैन।

    यस्तो समयमा तपाईंले दाँत दुखेको सञ्‍चो पार्ने घरेलु उपाय अपनाउन सुझाउँछन्, दन्त रोगका डाक्टर सुशील कोइराला। डा. कोइरालाका अनुसार विभिन्‍न कारणले दाँत दुख्‍न सक्छन्। किरा लागेर, खानेकुरा अड्किएर वा बुद्धिबंगारा आउन लागेर।

    Advertisement

    लकडाउनको समयमा भने मानिसले आफ्नो दाँत सफा नगरेकाले दुखाइको समस्या भोग्‍ने गरेका धेरै भएको उनी बताउँछन्। सहनै नसक्ने गरी नसामै संक्रमण भएर दुखेको भए डाक्टरकोमै पुग्‍नुपर्ने उनको सुझाव छ। सामान्य दुखाइको भने घरेलु उपचारबाटै निको पार्न सकिने उनी बताउँछन्।

    “लकडाउनको अवधिमा मलाई १५ जनाजतिको कल आएको थियो,” उनी भन्छन्, “मैले उहाँहरूलाई घरेलु उपचार बताइदिएँ, १२-१३ जनालाई त्यसैले ठीक भयो। तर, तपाईंको दाँत टुक्रिएको छ भने डाक्टरलाई नै अनलाइन सम्पर्क गरेर जाँच गराउन ठीक हुन्छ।”

    डा. कोइरालाले सुझाएका दाँतको उपचार गर्ने घरेलु उपाय यस्ता छन्-

    १) नुन पानीले कुुल्ला गर्ने वा दाँत माझ्‍ने
    मनतातो पानीमा चर्को नुन हालेर दाँत माझ्दा ब्याक्टेरिया हटाउन सहयोग गर्छ। साथै गिजा सुन्‍निएको छ भने पनि यसले कम गर्न मद्दत गर्छ। साथै यसरी नुनिलो पानीले कुनै पनि मुखभित्र कुहिएको पदार्थ निकाल्नसमेत मद्दत गर्छ।

    कसरी गर्ने कुल्ला ? 
    – एक गिलास मनतातो पानीमा १-२ चम्चा नुन हाल्नुहोस्।
    – नुन नपग्लिएसम्म चलाउनुहोस्।
    – यो पानी मुखमा हालेर मुखमा २० देखि ३० सेकेन्ड कुल्ला गर्नुहोस्। तर पानी ननिल्नुहोस्।
    – यो पानी थुक्नुहोस् र यस प्रक्रियालाई दोहोर्‍याउनुहोस्।
    – तपाईंले पेस्ट राखेर दाँत माझ्दा पनि नुन पानीको प्रयोग गर्न सक्नुहुन्छ।

    २) तोरीको तेल र नुनले दाँत माझ्‍ने
    अर्काे उपाय भनेको औँलामा तोरीको तेल लिने र त्यसमा नुन राखेर त्यो मिश्रणले दाँत वा दुखेको ठाउँमा मसाज गर्ने वा माझ्‍ने गर्नुपर्छ।

    ३) ल्वाङ या टिमुर टोक्ने
    मानिसले दाँत या गिजा दुखेका बेलामा त्यो दाँत नजिकै ल्वाङ वा टिमुर टोकिरहन सक्छन्। तर, ल्वाङ र टिमुर लामो समय मुखमा राखिरहँदा पोल्ने हुनसक्छ। तपाईंले आफ्नो सुविधा हेरेर यो विधि अपनाउन सक्नुहुन्छ। वा तपाईं ल्वाङको तेल कपासमा भिजाएर दुखेको ठाउँमा पाँचदेखि १० मिनट राखिरहन सक्नुहुन्छ।

    ४) सेन्सेटिभ टुथपेस्टको प्रयोग गर्नुहोस्
    बजारमा संवेदनशील दाँतका लागि नै भनेर डिजाइन गरेर बनाइएका सेन्सेटिभ टुथपेस्ट पाइन्छ। जसले दाँत वा गिजाको पीडा कम गर्न मद्दत गर्न सक्छ। डाक्टरको सल्लाह लिएर त्यस्ता टुथपेस्ट प्रयोग गर्न सकिन्छ।

    ५) दाँत माझ्‍न नछोड्नुहोस्
    लकडाउनको समयमा कतिपय वयस्क एवं बालबालिकाले दाँत माझ्‍नै छोडिदिएका कारण पनि दाँत वा गिजा दुख्‍ने समस्या हुने गरेको कोइराला बताउँछन्। त्यसकारण दाँत नियमित माझ्‍न उनी जोड दिन्छन्। त्यस्तै दाँत दुखाइ छ भने पनि दाँत माझ्‍नुपर्छ। उनी भन्छन्, “दुख्यो भनेर झन् माझ्‍न छोड्नुहुन्‍न।”

    ६) दुखाइ बढ्दै गएमा सिटामोल खानुहोस्
    यदि यति गर्दा पनि तपाईंको दुखाइ निको भएन भने तपाईंले प्यारासिटामोल खान सक्नुहुन्छ। अन्य एन्टिबायोटिक औषधि भने डाक्टरको सल्लाहबिना नखानुहोस्। प्यारासिटामोल पनि धेरै नखानुहोस्।

    आइतबार, असोज ०४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.