• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ९. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

दुई करोड बढीको लगानिमा डेरी व्यवसाय

  •   शुक्रबार, जेठ २३, २०८२ मा प्रकाशित
  • कञ्चनपुर/शुक्लाफाँटा नगरपालिका–१० झलारीका ललित हमालले दुई दशकअघि साइकलमा दूध बेच्न सुरु गर्दा धेरैले उनको निर्णयलाई हल्कासँग लिएका थिए । दूध बेचेर पनि कमाइ हुन्छ र ? भनेर अनेक तर्कवितर्क गरिन्थ्यो । तर समयले प्रमाणित गरिदियो, साँचो लगनशीलता र मेहनतले कहिल्यै धोका दिँदैन ।

    Advertisement

    ‘सुरूमा साथीभाइले हाँसो गरे, परिवारले पनि चिन्ता व्यक्त गरे’, ललित भन्छन्, ‘म व्यावसायिक कार्य गर्न दृढ थिएँ, मेहनत गर्छु, केही न केही गर्छु भन्ने अठोट लिएर अगाडि बढेँ, यही अठोटले आज दुग्ध व्यवसायीका रूपमा चिनायो ।’

    सुरूमा गाउँगाउँ घुमेर ललितले ५० लिटर दूध साइकलमा बोकेर महेन्द्रनगर बजारमा लगेर बेच्थे। हाल ललितले झलारी बजारमा डेरी व्यवसाय सुरू गरी दैनिक एक हजार १०० लिटर दूध खपत गर्छन्। दुई सय किसानले ल्याएको दूध उनको डेरीमा खरिद हुने गरेको छ । दुई करोड ५० लाख डेरी व्यवसायमा उनले लगानी गरेका छन् । डेरीबाट दूध, दही बिक्री गर्ने कार्यसँगै लालमोहन, पेँडा, बालमिठाइ, रसबरी, मिल्क केक, लज, लस्सी, मोही, नौनी र घ्यू उत्पादन गरी बिक्री हुने गरेको छ । वर्षमा रु तीन करोडभन्दा बढी डेरी व्यवसायको कारोबार हुने गरेको छ । व्यवसायकै कमाइबाट उनले रु एक करोड २० लाखमा बजार क्षेत्रमा तीनतले घर निर्माण गरेका छन् । उनले भने, ‘दुई दशकअघि व्यवसायी बन्ने सपना सफल भएको छ ।’ डेरी व्यवसायमा पाँच जनालाई उहाँले रोजगारी पनि दिए ।

    ‘सुरूमा व्यवसाय सञ्चालन गर्दा ५० लिटर दूध बिक्री गर्न पनि समस्या हुन्थ्यो, स्थानीय बजारमा खपत हुँदैन्थ्यो’, उनले भने, ‘महेन्द्रनगर पुर्‍याएर बेच्न थालेपछी खपत बढ्दै गयो, त्यसपछि सय लिटर दूध खरिद गरी बेच्न थालेँ, दूध बिक्री गरेको रु ३० हजार रकमले केही फर्निचर खरिद गरेँ, काउन्टर बनाएँ, भाँडाकुँडा स्थानीयले निःशुल्क दिए, पछि फिर्ता गरेँ ।’

    निरन्तर व्यवसाय बढ्दै गएको र त्यसपछि चुलोमा दाउरा बालेर दूध तताउने कार्यसँगै मिठाई बनाउन थालेको उनले बताए। ललितले आम्दानी बढेपछि क्रिम सेप्रेटर मेसिन खरिद गरेँ । फ्रिजको निकै आवश्यक थियो, त्यो पनि खरिद गरेँ । त्यसपछि २०७६ सालमा रु २० लाख पशुपन्छी क्षेत्रीय निर्देशनालयबाट अनुदान रकम पाएपछि व्यवसायलाई अगाडि बढाउन सहज भएको उनी बताउँछन् ।

    अहिले बैंकबाट  ८० लाख कर्जा लिएर डेरी मिनी प्लान्ट जडान गरी आधुनिक रूपमा व्यवसाय गर्न थालेको उनले बताए। बैंकबाट लिएको कर्जामध्ये रु २० लाख उनले चुक्ता गरे । सरकारले पारदर्शी रूपमा सहुलियतपूर्ण रूपमा बैंकबाट कर्जा उपलब्ध गराउने कार्यसँगै विद्युत्, मेसिन र आधुनिक प्रविधिको विकासमा सहुलियत पुर्याउनुपर्ने उनी बताउँछन् । प्याकेजिङ, लेबलिङ, स्टोरिङ गर्ने तौरतरिका सिकाउनका लागि तालिम दिनुपर्ने ललितको माग छ ।

    ललितले झलारी बजारमा मात्र नभएर कैलालीको धनगढीमा पनि डेरी व्यवसाय सञ्चालन गर्दै आएका छन् । उनका माइला दाजुले धनगढीको डेरी पसल सञ्चालन गर्दै आएका छन् । गुणस्तरीय डेरी प्रोडक्ट उपलब्ध गराउँदै आएकाले ग्राहकको विश्वास बढ्दा कारोबार पनि बढ्दै गएको उनले बताए। स्थानीय बजारमा नै डेरी सञ्चालन गरी स्वरोजगारको सृजना गर्दै जीवनशैली मात्र नभएर समुदायको धारण बदल्न ललित सफल भएको वडाध्यक्ष लालबहादुर ऐर बताउँछन्।  ‘स्वरोजगारमूलक व्यवसायलाई प्रोत्साहित गर्न तयार छौँ’, उनले भने, ‘डेरी व्यवसाय आत्मनिर्भरताको मेरुदण्डका रूपमा रहेको छ ।’

    शुक्रबार, जेठ २३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ४.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ५.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ७.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ८.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.