गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे संसद्मै बोलेर जवाफ दिने बताएका छन्। बुधबार बिहान राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। सांसदहरूले भिजिट भिसा प्रकरणबारे गृहमन्त्री लेखकसँग प्रश्न गरेपछि उनले भने, ‘यस विषयमा म संसद्मै बोलेर जबाफ दिन्छु। समितिमा जवाफ दिँदा सबै सांसदहरूले जवाफ नपाउन सक्नुहुन्छ।’
Advertisement
आफूलाई संसद्मै जवाफ दिने गरी व्यवस्था मिलाइदिन पनि उनले समिति सदस्यहरूसँग आग्रह गरे। प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ। बुधबार अपराह्न १ बजेका लागि बैठक बोलाइएको छ। तर, भिजिट भिसा प्रकरणलाई लिएर मंगलबार बस्दै नबसी स्थगित भएको संसद् बैठक आज पनि बस्ने नबस्ने ठेगान छैन।




