• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

करोडौं लगानीका ३ चिस्यान केन्द्र प्रयोगविहीन


  •   बुधबार, जेठ २१, २०८२ मा प्रकाशित
  • प्यूठान/झिमरुक गाउँपालिका–३ आहालखोलाका किसानहरू चिस्यान केन्द्र (कोल्ड स्टोर)का लागि उत्पादनहरू दाङको लमही लैजाने गर्छन् । राम्रो आलु उत्पादन हुने यस क्षेत्रका किसानहरू आलुको बिउ भण्डारणका लागि दाङ पुर्‍याउनुपर्ने बाध्यता छ । जिल्लामा निर्माण भएको चिस्यान केन्द्रहरू सञ्चालन हुन नसक्दा किसानहरूले सास्ती व्यहोर्नु परेको छ । ‘यहाँको करिब ९० किसानले आलुको बिउ सुरक्षाका लागि राप्ती कोल्ड स्टोर लमही लैजाने गरेका छौं’, स्थानीय नवीन केसीले भने, ‘दाङ पुर्‍याउनु पर्दा खर्चिलो भएको छ ।’ यहाँ विशेष गरी टिपेक्ससँगै कार्डिनल र सजिता जातका आलु उत्पादन हुन्छ । आहालखोलाका किसानहरूले मात्र यस वर्ष १६ मेट्रिकटन आलु चिस्यान केन्द्रका लागि दाङ पुर्‍याएका छन् ।’

    Advertisement

    प्रतिकिलो ५ रुपैयाँ कोल्ड स्टोरको खर्चसँगै ढुवानी खर्चले गर्दा किसान मर्कामा परेका छन् । ‘पहिले जिल्लामा कोल्ड स्टोर नबन्दा सरकारी निकायहरूबाट ढुवानीबापत सहयोग किसानले पाउने गरेका थियौं’, केसीले अन्नपूर्णसँग भने, ‘जिल्लामा कोल्ड स्टोर बनेको छ, तर किसानले उपयोग गर्न पाएका पनि छैनन्, सहयोग पनि पाउन छोडेको छ ।’

    बाध्यताले बिउका लागि टाढा लैजाने यहाँका किसानहरू जिल्लामै चिस्यान केन्द्र सञ्चालनमा आएमा व्यापारका लागि समेत सहज हुने बताउँछन् । वैशाख महिनाको मध्यतिर कोल्ड स्टोरमा बिउका लागि किसानहरूले लैजाने आलु भदौ मसान्तदेखि असोज मध्यसम्ममा ल्याउने गर्छन् ।
    प्यूठानका तीन स्थानमा करोडौं खर्च गरेर निर्माण भएका चिस्यान केन्द्र (कोल्ड स्टोर) प्रयोगविहीन छन् । गुणस्तरीय प्रविधिको प्रयोग नगरी चिस्यान केन्द्र निर्माण हुँदा प्रयोगविहीन बनेका हुन् ।

    जिल्लामा माण्डवी गाउँपालिका, प्यूठान नगरपालिका र झिमरुक गाउँपालिकाले चिस्यान केन्द्र स्थापना गरेका छन् । करोडौंको लगानीमा निर्माण सम्पन्न भएका चिस्यान केन्द्र प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा पूर्ण रूपमा प्रयोगविहीन भएका हुन् ।

    माण्डवी गाउँपालिकाले लुम्बिनी प्रदेश सरकारसँगको साझेदारीमा २०७७ सालमा एक सय टन क्षमताको चिस्यान केन्द्र निर्माण गरेको छ । वडा नं. ३ देवीस्थानमा १ करोड १२ लाख ५८ हजार रुपैयाँ लागतमा केन्द्र निर्माण भए पनि चिस्यान केन्द्र प्रयोगविहीन छ । प्यूठान नगरपालिका–४ बिजुबारमा लुम्बिनी प्रदेश सरकार र नगरपालिकाको साझेदारीमा एक सय टन क्षमताको चिस्यान केन्द्र निर्माण गरिएको छ । लुम्बिनी प्रदेश सरकारको ९० लाख र प्यूठान नगरपालिकाको ५९ लाख रुपैयाँको लागतमा चिस्यान केन्द्र निर्माण भएको हो । २०७८ जेठ १ गतेदेखि सञ्चालनमा ल्याइए यो चिस्यान केन्द्र किसानले उपयोग गर्न पाएका छैनन् । किसानले राखेका आलु, प्याजका बिउ चिस्यान केन्द्रमै उम्रिन थालेपछि केन्द्र बन्द भएको हो ।

    जिल्लामै झिमरुक गाउँपालिकाले २ करोड १४ लाख रुपैयाँको लागतमा २०८० सालमा चिस्यान केन्द्र निर्माण सम्पन्न गरेको छ । चिस्यान केन्द्र निर्माण सम्पन्न भए पनि सञ्चालनमा आउन सकेको छैन । थप प्रविधिहरू जडान गरी सञ्चालन गर्ने योजना रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास केसीले बताए ।

    कार्वनडाइअक्साइट कन्ट्रोल गर्ने कार्बन डम्पर, आद्रतालाई नियन्त्रण गर्ने क्युमिफागर, हावाको नियन्त्रण गर्ने तथा मिलाउने एयर चेन्टर, विद्युत् कन्ट्रोल गर्ने स्टेपलाइजरजस्ता प्रविधिको जडान गरेका चिस्यान केन्द्र सञ्चालन गर्ने योजना रहेको उनले बताए । अन्य ठाउँहरूको अनुभव लिएर समेत केन्द्र सञ्चालन गर्नका लागि प्रदेश सरकारबाट समेत प्राविधिक सहयोग आवश्यक रहेको उनको भनाइ छ ।

    लुम्बिनी प्रदेश सरकारले लागत साझेदारी गरे पनि प्राविधिक सहयोग नगरेकोले स्थापना गरिएका चिस्यान केन्द्रहरू सञ्चालन आउन नसकेको सरोकारवाला बताउँछन् । जिल्लामा पालिका अनुसार छुट्टाछुट्टै चिस्यान केन्द्र स्थापना गर्नुभन्दा एउटा राम्रो र प्रभावकारी चिस्यान केन्द्र आवश्यक रहेको किसानहरूले बताए । किसानका उत्पादनहरू चिस्यान केन्द्रमा राख्न पाएमा बेमौसममा राम्रो आम्दानी गर्न सकिने उनीहरूको भनाइ छ । चिस्यान केन्द्र नहुँदा किसानहरूलाई लागत उठानसमेत हम्मेहम्मे परेको नवीन केसीले बताए ।

    बुधबार, जेठ २१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • २.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ३.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ५.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ६.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ७.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ८.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.