काठमाडौं/बुढानीलकण्ठ नगरपालिका वडा ५, काठमाडौंमा रहेकोे अनाथ असहाय बाल सुधार समाज समाज रहेका बालबालिका तथा युवायुवतीहरुलाई द रोयल आइरन्सले सहयोग गरेको छ । संस्थामा रहेका ४० जनालाई स्टेशनरीका समाग्रीहरु वितरण गरेको छ । त्यसैगरी किशोरीहरुलाई व्यक्तिगत सरसफाईका सामाग्री सेनेटरी प्याड लगायतका सामाग्री समेत वितरण गरिएको छ ।
उक्त अवसरमा स्वास्थ्य शिविर पनि सञ्चालन गरेर बालबालिका तथा युवायुवतीहरुको स्वास्थ्य परिक्षण समेत गरिएको थियो । डा. प्रविण थापा र डा. प्रतिभा थापाले बालबालिका तथा युवायुवतीहरुको स्वास्थ्य परिक्षण गरिएको थियो । तीन वर्ष देखि बीस वर्ष सम्मका बालबालिका तथा युवायुवतीहरुको स्वास्थ्य परिक्षण गरिएको थियो । द रोयल आइरन्सले हरेक १५ दिनमा विभिन्न अनाथ, असहाय र पिछडिएका बालबालिकाहरुलाई आर्थिक सहयोग, निशुल्क स्वास्थ्य परिक्षण गर्नुका साथै स्टेशनरीका सामग्रीहरु वितरण गर्दै आएको द रोयल आइरन्सका नील विर विक्रम थापाले जानकारी दिए ।




