• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

गृहमन्त्रीज्यू राजीनामा दिएर कारबाहीका लागि तयार हुनुस् : सन्तोष परियार


  •   मङ्गलबार, जेठ १३, २०८२ मा प्रकाशित
  • काठमाडौं/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले अरुलाई नैतिकता सिकाउने गृहमन्त्री रमेश लेखकले आफू विवादमा परिसकेपपिछ पदमा बसिरहन नसुहाउने बताएका छन्। मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा पार्टीकोतर्फबाट भनाइ राख्ने क्रममा परियारले भिजिट भिसा प्रकरणमा सचिवालयका सदस्यसमेत मुछिइसकेपछि गृहमन्त्रीले पदमा बसिरहनु उचित नहुने बताएका हुन् ।

    Advertisement

    परियारले गृहमन्त्री लेखकलाई नेपाली कांग्रेस प्रतिपक्षमा हुँदा संसद्मै गरेको भाषण पनि सम्झाएका छन् । ‘सम्माननीय सभामुख महोदय, यदि कुनै माननीयमाथि, मन्त्रीजीमाथि प्रश्न उठ्यो, यदि राज्यको कुनै सक्षम निकायले अनुसन्धान गर्नुप¥यो भने त्यस्ता माननीय मन्त्रीजी मन्त्रीको पदमा रहन पाउनुहुन्न । त्यस कारण उहाँले राजीनमा गर्नुपर्छ’, लेखकले २०८० चैत ३ गते मंगलबार प्रतिनिधि सभाको बैठकमै गरेको भाषण परियारले यसरी सम्झाए ।

    उनले गृहमन्त्री आफैंले गरेको भाषणअनुसार अब नैतिकता देखाउन ढिला भइसकेको पनि बताए । ‘माथिका यी शब्दहरू मेरा होइनन् सभामुख महोदय, यो त यही सम्मानित सदमा २०८० चैत ३ गते मंगलबारका दिन प्रतिपक्षी दलको नेताको हैसियतले वर्तमान गृहमन्त्रीज्यूले व्यक्त गर्नुभएको नैतिकताको मापदण्ड हो’, उनले भने, ‘सभामुख महोदय, आज यहाँ उहाँले कोरेको त्यही लक्ष्मण रेखा, उहाँले स्थापित गरेको त्यही नैतिक धरातलमाथि गम्भीर प्रश्न खडा भएको छ । आज प्रश्न स्वयम् गृहमन्त्रीज्यू माथि उठेको छ ।’

    परियारले २०८० चैतमा लेखकले नै प्रतिपादन गरेको नैतिकताको कसी अब यस पटक उनैलाई लाग्नुपर्ने भन्दै प्रश्न उठाए । ‘के त्यति बेला उहाँले प्रतिपादन गर्नुभएको आज उहाँलाई लागू हुन्छ कि हुँदैन ? किन कि उहाँको गृह प्रशसनको नाकमुनि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भिजिट भिसाको नाममा निर्दोष नेपाली युवाहरूलाई लुटेर करोडौंको अवैध असुलीको र्‍याकेट चलिरहेको छ’, परियारले भने ।

    उनले विभिन्न सञ्चामाध्यममा गृहमन्त्री लेखकका सचिवालयकै सदस्य भिजिट भिसाको सेटिङमा मुछिएको कुरा खुलासा गरिसकेको पनि बताए । ‘अझै डर लाग्दो कुरा त के छ भने विभिन्न सञ्चार माध्यमहरूले गृहमन्त्रीकै सचिवालय प्रत्यक्ष संलग्नता रहेको समाचार लगातार प्रकाशित गरिराखेका छन्’, उनले भने, ‘समाचारमा आएको तथ्यांक मान्ने हो भने पछिल्लो आठ महिनामा मात्रै झण्डै चार अर्बभन्दा बढीको लुट भएको छ ।’

    उनले यत्रो ठूलो आर्थिक लुटको खेल कुनै राजनीतिक संरक्षणबिना सम्भव छ कि छैन ? भनेर पनि प्रश्न उठाएका छन् । ‘गृहमन्त्रीजीले पठाउनु भएको सहसचिव विवादित पृष्ठभूमिको हुनुहुँदो रहेछ’, उनले भने, ‘तर, किन उहाँलाई अध्यागमनमा पठाइयो ? के गृहमन्त्रीजीले थाहा नपाएर, स्वच्छ भएर, सक्षम भएर भनेर पठाउनुभयो कि ? यो उहाँको पनि स्वार्थ जोडिएको विषय हो । यसमा अनुसनधान हुनुपर्छ ।’

    उनले यसमा एउटा कर्मचारी मात्रै होइन, गृहमन्त्रीकै सचिवालयका कर्मचारी पनि जोडिएको उनले बताए । ‘यो प्रकरणमा गृहमन्त्रीका सचिवालयका कर्मचारी पनि जोडिएको देखिन्छ । साथसाथै अख्तियारले छापा मार्नु एक दिनअगाडि विवादित सहसचिवलाई सरूवा गरेको देखिन्छ’, उनले उक्त प्रकरण ढाकछोपको कोसिसबारे भनेका छन् ।

    उनले गृहमन्त्री पदमा बसिरहँदा उक्त प्रकरणको प्रमाण नष्ट हुनेतर्फ पनि खबरदारी गरेका छन् । ‘कानुनका पृष्ठभूमिका मन्त्रीज्यूलाई थाहा छ, यदि कुनै निकायले प्रमाण जुटाउँदै छ भने प्रमाण जुटाउन दिने कि प्रमाण नष्ट गर्न दिन उसलाई सरूवा गरिदिने । अब अनुसन्धान कर्मचारीमाथि मात्रै होइन, गृहमन्त्रीमाथि पनि हुनुपर्छ’, उनले थपे ।

    परियारले यस प्रकरणमा प्राविधिक अनुसन्धान हुनुपर्ने माग गरेका छन् । ‘मोबाइल र ल्यापटपहरूको परीक्षण हुनुपर्छ । तर, परीक्षण हुने निकाय प्रहरीका मातहतको विधि विज्ञान प्रयोगशाला हो’, उनले भने, ‘तर, अहिलेको परिवेशमा के स्वच्छ अनुसन्धान होला ? स्वच्छ रिपोर्ट आउला त ? हामीलाई प्रशस्त आशंकाहरू छन् ।’

    उनले गृहमन्त्री लेखकको नेतृत्वमा यसभन्दा अगाडिका सरकारले अनुसन्धान गरि उच्च राजनीतिक तहको संलग्नता देखाएको भुटानी शरणार्थीको काण्ड पनि दबाइएको दाबी गरे । ‘सहकारीको मुद्दामा रवि लामिछानेलाई तीन–तीन महिना हिरासतमा राखेर अनुसन्धान गरियो’, उनले भने, ‘तर, सत्ता पक्षका सांसदलाई प्रहरीको कार्यकक्षमा बोलाई चिया खुवाएर पठाइको छ, सभामुख महोदाय ।’

    उनले गृहमन्त्रीमाथि निष्पक्ष छानबिन हुने कुरामा पनि शंका रहेको बताए । ‘अब हामी कसरी विश्वस्त हुने गृहमन्त्री निष्पक्ष छानबिन गर्नुहुन्छ भनेर ? यो एक कुनै कर्मचारीले नागकिरता बनाउन गएको बेला नागरिकसँग घुस मागेको विषय होइन’, उनले भने, ‘यो त म्यान पावरदेखि एयरलाइन्ससम्म, कर्मचारीदेखि मन्त्रीज्यूसम्मको सचिवालय जोडिएको छ । प्रश्न मन्त्रीज्यूमाथि उठेको छ । अनुसन्धान हुनुपर्छ । राजीनमा आउनुपर्छ ।’

    उनले गृहमन्त्रीको राजीनामासँगै संगठित रुपमा भएको यो ठगीको पनि अनुसन्धान हुनुपर्ने बताए । ‘हामी राजीनामामात्रै मागिरहेका छैनौँ । संगठित ढंगले गरिएको यो भ्रष्टाचारको निष्पक्ष अनुसन्धान हुनुपर्छ’, उनले भने, ‘संगठित अपराध र सम्पत्ति शुद्धीकरणसँग जोडिएर हेर्ने गरी छानबिन गर्न एक उच्चस्तरीय छानबिन नबनेसम्म संसद् चल्न सक्दैन । निर्दोष नेपालीमाथिको अत्याचार हामी टुलुटुलु हेरेर बस्न सक्दैनौँ । हामी संसद्लाई अगाडि बढाउन सक्दैनौँ ।’

    मङ्गलबार, जेठ १३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.