भरतपुर/चितवन उद्योग संघको आयोजना तथा इन्स्योर परियोजनाको आर्थिक सहयोगमा सञ्चालित दुईदिने व्यवसायजन्य स्वास्थ्य सुरक्षा सम्बन्धि अभिमुखीकरण तालिमको एक कार्यक्रमका बीच समापन गरिएको छ ।
चितवन उद्योग संघका उपाध्यक्ष गजेन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न तालिम समापन कार्यक्रममा इन्स्योर परियोजनाकी प्रदेश म्यानेजर निर्मला मैनालीले तालिमका सहभागीहरुलाई तालिममा सिकेका विषयलाई आफू लगायत आफू मातहतका व्यक्तिहरुलाई बुझाई अगाडि बढ्न अनुरोध गर्नुभयो ।
तालिमका प्रशिक्षार्थीहरुको तर्फबाट बोल्ने बद्रीनाथ पोख्रेल र अन्सुदा पौडेलले तालिमको समय छोटो भएपनि निकै उपयोगी भएको बताएका थिए । त्यस्तै दुईदिनसम्म सञ्चालन भएको तालिमलाई प्रशिक्षक पदम आचार्यले प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षक आचार्यले तालिममा आएका सहभागीहरुले निकै उत्सुकताका साथ सहभागिता जनाएर आफूलाई थप परिस्कृत बनाउन मद्दत पुगेको बताउनुभयो ।
तालिम समापन कार्यक्रममा चितवन उद्योग संघका कार्यसमिति सदस्य सुरेन्द्र कार्की, इन्स्योर परियोजनाका कार्यक्रम अधिकृत इन्दु ज्ञवाली, चितवन उद्योग संघका सञ्चार अधिकृत राजु भट्ट, डिजाइनर अजय महतो लगायतको लगायतको उपस्थिति रहेको थियो ।
चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघका उपाध्यक्ष गजेन्द्र अधिकारीले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।
दुईदिने व्यवसायजन्य स्वास्थ्य सुरक्षा सम्बन्धि तालिमको समापन
दुईदिने व्यवसायजन्य स्वास्थ्य सुरक्षा सम्बन्धि तालिमको समापन
Advertisement
तपाईको प्रतिक्रिया




