भरतपुर/आचार्य होल्डिङ्ग गु्रप अन्तर्गत रहेको टाटा पेन्टस् एण्ड केमिकल्स इण्डष्ट्रिज प्रा.लि.ले नेपालमै पहिलो पटक १३ वर्षे वारेन्टीका साथ ग्राहकहरु माझ आफ्ना उत्पादन ल्याएको छ । विगत १५ वर्षदेखि आफ्नो सेवाको माध्यमहरुबाट नेपालभरी ६ सयको हाराहारीका डिलर्स र डिपोबाट आफ्नो सेवा बिस्तार गर्दै आएको टाटा पेन्टस् ग्राहकहरुको मन, मस्तिष्कमा बस्न सफल भएको छ ।
चितवनको भरतपुरलाई मुख्य कार्यक्षेत्र बनाई आफ्ना सेवाहरु मार्फत कारोबार गर्दै आईरहेको टाटा पेन्टस् एण्ड केमिकल्स इण्डष्ट्रिज प्रा.लि.ले विभिन्न समयमा ग्राहकहरुलाई लाभ पुग्ने खालका विशेष योजनाहरु ल्याउने क्रममा नेपालमै पहिलो पटक १३ वर्षे वारेन्टीको साथमा आफ्ना उत्पादनहरुको बिक्री वितरण गर्दै आएको आचार्य होल्डिङ्ग गु्रपका अध्यक्ष प्रकाश आचार्यले जानकारी दिनुभयो ।
अब रङ मात्र होइन, भरोसा पनि टाटा पेन्ट्समै छ भन्ने नाराका साथ १३ वर्षे वारेन्टी भएको पेन्टस् लगाउँदा तपाईको घरको रङ १–२ वर्षमै फिका नहुने, गुणस्तर र उन्नत प्रविधिले रङलाई मजबुत, टिकाउ र मौसम–प्रतिरोधी, पानी, घाम, र हावाको असरबाट सुरक्षा, चिप्लिने, फिक्का हुने समस्या हटाउने लगायतका फाइदाहरु पउन सकिने आचार्यले जानकारी दिनुभयो ।
आचार्य होल्डिङ्ग गु्रप अन्तर्गत टाटा पेन्टस् एण्ड केमिकल्स इण्डष्ट्रिज प्रा.लि., प्रकाश एण्ड कम्पनी प्रा.लि., मनकामना युपिभिसि झ्याल ढोका संसार प्रा.लि., होटौडा रबर उद्योग प्रा.लि., टाटा एग्रो फार्म प्रा.लि., जस्मिन इन्भेष्टमेण्ट कम्पनी प्रा.लि. लगायत आधा दर्जन भन्दा बढी उद्योग प्रतिष्ठानहरु आवद्ध रहेका छन् ।
टाटा पेन्टस् ले ल्यायो नेपालमै पहिलो पटक १३ वर्षे वारेन्टी
टाटा पेन्टस् ले ल्यायो नेपालमै पहिलो पटक १३ वर्षे वारेन्टी
Advertisement
तपाईको प्रतिक्रिया




