रत्ननगर/रत्ननगर १० मा अवस्थित लाइसियम इन्टरनेशनल मोडल स्कुलमा प्रजातान्त्रीक प्रकृयाद्धारा विद्यार्थीहरुले आफ्नो नेतृत्व चयन गरेका छन् । विद्यालयले निर्वाचन तथा सुपरिवेक्षण समिति गठन गरि रेड, एलो, ग्रीन र ब्लु हाउसबाट मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता, उम्मेदवारी उपर दावी विरोध, उम्मेदवारको अन्तिम नामावली प्रकाशन, प्रचार प्रसार समय र मौन अवधि, मतदान समय समेत गरि पाँच दिनको निर्वाचन तलिका प्रकाशन गरे अनुसार बुधवार अपरान्ह मतदान भएको हो । प्रमुख निर्वाचन अधिकृत कला अधिकारीका अनुसार कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुको सहभागितामा विद्यालयका चारवटा हाउसहरुबाट ६० जनाका दरले २४० जना मतदाता रहेको, जसमा सबै हाउसको प्रतिनिधत्व गर्दै २ जना हेडब्वाए र २ जनाको हेडगर्लमा प्रतिष्पर्धा रहेको, ग्रीन हाउसको क्याप्टेनमा २ जना, भाइस क्याप्टेनमा ६ जना, ब्लु हाउसको क्याप्टेनमा २ जना, भाइस क्याप्टेनमा ३ जना, यलो हाउसको क्याप्टेनमा २ जना, भाइस क्याप्टेनमा २ जना, रेड हाउसको क्याप्टेनमा ३ जना, र भाइस क्याप्टेनमा ४ जना गरि २७ जना विद्यार्थीहरु प्रतिष्पर्धामा भाग लिएका थिए । जस मध्य कक्षा ९ का छात्र युगदिप पाण्डेले ११४ मत प्राप्त हेडब्वाएमा र कक्षा ९ कै छात्रा रहिसा अधिकारीले १२७ मत प्राप्त गरि हेडगर्लमा निर्वाचित भएका छन् । यसै गरी ग्रीन हाउसको क्याप्टेनमा ४८ मत प्राप्त गरि समिक्षा पौडेल , भाइस क्याप्टेनमा २४ मत प्राप्त गरि असल घिमिरे , ब्लु हाउसको क्याप्टेनमा ४६ मत प्राप्त गरि तारिफ गेरे , भाइस क्याप्टेनमा ३८ मत प्राप्त गरि अल्का चौधरी , यलो हाउसको क्याप्टेनमा ३९ मत प्राप्त आयुष पोखरेल, भाइस क्याप्टेनमा ४५ मत प्राप्त गरि जेशिका महतो, रेड हाउसको क्याप्टेनमा २२ मत प्राप्त गरि दिपिसा मगर र भाइस क्याप्टेनमा ३२ मत प्राप्त गरि रोमित महतो विजयी भएका छन् ।
यसै क्रममा विद्यालयले प्रत्येक वर्ष यसै गरि मतदानद्धारा विद्यार्थीहरुको नेतृत्व चयन गर्ने र यसैबाट बाल क्लव समेत चयन गरि वाल क्लवले विद्यार्थीहरुको छाता संगठनको रुपमा कार्य गर्ने वताउनु हुँदै विद्यालयका प्रधानाध्यापक सन्तोष पन्तले निर्वाचन प्रकृयामा भाग लिन, उम्मेदवारी दिन, आफु विजयी भएमा विद्यालयमा लागू गर्न सक्ने आफ्ना योजनाहरुको फेहरिस्त प्रस्तुत गर्दा विद्यार्थीहरु निर्वाचन प्रकृयाका लागि उत्साहित भएको र यस्ले लोकतन्त्रको सुन्दर पक्ष आवधिक निर्वाचनको व्यवहारिक अभ्यास भई विद्यार्थीहरुमा नेतृत्व गर्न सक्ने क्षमताको विकास भएको जानकारी दिनुहुँदै निर्वाचन सामग्री उपलब्ध गराउने जिल्ला निर्वाचन कार्यालय तथा निर्वाचन सम्पन्न गर्ने सुपरिवेक्षक समूह, निर्वाचन समिति तथा सबै शिक्षक, विद्यार्थीहरुलाई धन्यवाद ज्ञापन गर्नु भयो ।
लाइसियममा निर्वाचन सम्पन्न
लाइसियममा निर्वाचन सम्पन्न
Advertisement
तपाईको प्रतिक्रिया




