भतरपुर/भरतपुर महानगरपालिका वडा नंं १० मा रहेको मनकामना हस्पिटलमा २७ वर्षिक देविका विष्टले तिम्लिया वच्चालाई जन्म दिएकी छिन् । जोखिमयुक्त मानिएको तिम्लिया गर्वास्था लाई मनकामना अस्पताल बरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. सुवास श्रेष्ठको नेतृत्वमा डा. दिपक राज तिवारी, नवजात शिशु विभाग, अनुभवी ओटी स्टाफ तथा नर्सि टोलीको सक्रियतामा सफलतापूवर्क शल्यक्रिया गरिएको हो ।

शल्यक्रिया पछि जन्मिएका नवजात शिशुहरुलाई अस्पतालको एनआईसियु विभागमा राखी प्रारम्भिक नसरी केयर तथा विशेष निगरानी प्रदान गरिएको थियो । डा.रविन बानियाँँको नेतृत्वमा रहेको डा.बि.आर.चौधरी, डा.शासन पौडेल र डा.नारायण महत्तो लगायत नवजात विशेषज्ञ टोलीले उनीहरुलाई स्वास्थ्य निगरानी र आवश्यक सेवा उपलब्ध गराएका थिए । बैशाख २८ अस्पतालमा भर्ना भएकी विष्टको शल्यक्रिया बैशाख २९ गते सम्पन्न भएको थियो । जेष्ठ ४ गते विष्टलाई डिस्चार्ज गरिएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।




