• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

दुई मन्त्रीको गुटबन्दीको घेरामा लमजुङ तरुण दल, अधिवेशन बन्यो रणमैदान


  •   आइतबार, जेठ ०४, २०८२ मा प्रकाशित
  • नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दल लमजुङमा निम्तिएको विवादले जिल्ला अधिवेशन रणमैदानमा परिणत भएको छ । सदरमुकाम बेसीसहरमा भएको अधिवेशनको विवादले शनिबार एउटा समूहबाट खुकुरी नै प्रहार भएको छ ।

    ज्यानै जान सक्नेगरी भएको खुकुरी प्रहारले ४ जना घाइते भएका छन्, जसमध्ये २ जनालाई उपचारका लागि चितवन रिफर नै गरिएको छ ।

    Advertisement

    पाँचौँ जिल्ला अधिवेशनको उद्घाटन सत्रमा बेसीसहर बजारमै भएको खुकुरी प्रहारबाट नगरपालिका–९ का वडाअध्यक्ष समेत रहेका तरुण दलका क्षेत्रीय सभापति खुसीजंग गुरुङ, नेपाली कांग्रेस लमजुङका जिल्ला कार्यसमिति सदस्य किशोरजंग बस्नेत, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुदीप अधिकारी र नेपाल तरुण दलका सदस्य शंकर सापकोटा घाइते भएका हुन् ।

    गम्भीर घाइते बनेका खुसीजंग र सुदीलाई थप उपचारका लागि चितवन रिफर गरिएको छ । उनीहरूको टाउकोमा गम्भीर चोट लागेको छ । अन्य दुई जनाको भने लमजुङ जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहार गर्नेहरूको पहिचान गर्ने काम भइरहेको प्रहरीको भनाइ छ ।

    अधिवेशन चलिरहेको बेसीसहर नगरपालिका वडा नम्बर ८ को प्रगति टोल समूहको भवनको सभाहल बाहिर खुकुरी प्रहार भएको हो । अधिवेशनमा भेषबहादुर समूहले प्रतिनिधि छनोटमै रोक लगाइएको भन्दै विरोध गरेका थिए ।

    अधिवेशनस्थलबाट विरोध गर्नेहरूलाई बाहिर निकालेपछि कार्यक्रम स्थलको गेटबाहिर खुकुरी प्रहार भएको घाइते प्रदीपजंग बस्नेतले जानकारी दिए ।

    संस्थापन समूहका गुरुङ पक्षधरले पूर्णकालीन सदस्य हटाउने, प्रतिनिधि छनोटमै रोक्ने काम गरेको विरोध गर्दा ज्यान मार्ने मनसायले खुकुरी प्रहार भएको उनले बताए । घाइतेहरू सबै संस्थापन इतर भेषबहादुर समूहका हुन् ।

    तरुण दलको जिल्ला अध्यक्षको आकांक्षीसमेत रहेका खुसीजंग, नेता भीम गुरुङ, बेसीसहर नगर सभापति विशाल अधिकारीलगायतलाई पूर्णकालीन सदस्यबाट हटाएर प्रतिनिधि बन्नबाट रोकिएको भन्दै भेषबहादुर समूहले विरोध गरेका थिए । कांग्रेसका भातृ संगठनहरू नै कब्जा गर्ने रणनीति टकराज समूहको भएको भन्दै नाराबाजीसमेत भएको थियो ।

    अधिवेशनमा तरुण दलका केन्द्रीय अध्यक्ष विद्धान गुरुङ, गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङ, वनमन्त्री भेषबहादुर पौडेलसमेत सहभागी थिए ।अधिवेशनमा खुकुरी प्रहार नै भएपछि प्रहरीले जाहेरी प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी प्रमुख डिएसपी रेशम बोहोराले जानकारी दिए ।

    ‘दुई समूहको विवादले तरुण दलको अधिवेशनमा भएको खुकुरी प्रहारको भिडियो नै देख्यौं । जाहेरी प्रक्रियामै छ,’ बोहोराले भने, ‘खुकुरी प्रहार भएको भिडियो नै सार्वजनिक भएकाले पीडित पक्षबाट जाहेरीकै आवश्यकता पनि पर्दैन । घटनाको अनुसन्धान भइरहेको छ ।’

    दुई मन्त्रीको शक्तिको लडाईँ, एकअर्काप्रति आरोप–प्रत्यारोप

    लामो समयदेखि लमजुङमा शक्ति संघर्ष गरिरहेका गण्डकी प्रदेशका दुई मन्त्रीले एक अर्कालाई आरोप प्रत्यारोप गरेका छन् ।

    लमजुङ जिल्ला सभापतिसमेत रहेका डा. टकराजले खुकुरी प्रहारबाट गम्भीर घाइते बन्दासमेत पार्टीको आन्तरिक विवादले सामान्य घटना भएको बताए । ‘म लमजुङमै छु । म पार्टीको सभापतिसमेत भएका कारण त्यो अधिवेशनमा हुने नै भएँ । प्रतिनिधिबीच विवाद हुँदा सामान्य घटना घटेको हो,’ डा. गुरुङले भने ।

    कांग्रेस लमजुङका निवर्तमान सभापतिसमेत रहेका भेषबहादुरले सभापति तथा अर्थमन्त्री डा. टकराजको अकर्मण्यताले घटना घटेको बताए ।

    ‘यो सभापतिको अकर्मण्यताका कारण निम्तिएको घटना हो, यसमा उहाँ जिम्मेवार हुनुहुन्छ । ज्यानै मार्ने मनसायले खुकुरी प्रहार भएको विषय सामान्य होइन,’ भेषबहादुरले भने, ‘लमजुङमा जुन घटना घट्यो त्यो निन्दाजनकभन्दा पनि तल्लोस्तरको हो । दोषीमाथि कडा कारबाही होस् ।’

    सभापति डा. गुरुङले जिल्लाका हरेक भातृसंगठन कब्जा गर्न खोजेको, प्रतिस्पर्धालाई प्रतिनिधि नै आउन नदिएको र घटना घटाउन उक्साएकोसमेत पौडेल समूहले लगाएका छन् । संघसंगठनमा कब्जा गर्ने र त्यसमाथि प्रश्न उठेपछि आक्रमणमा उत्रने काम भएको पौडेलको भनाइ छ ।

    डा. टकराज यसअघि निवर्तमान सभापति सभापति भेषबहादुरसँग पराजित भएका थिए । पछिल्लो १४ औं महाधिवेशनमा डा. गुरुङ भेषबहादुर समूहका गमप्रसाद गुरुङलाई हराउँदै सभापति बनेका थिए ।

    लमजुङमा शक्ति संघर्ष गरिरहेका दुबै जना प्रदेश सभामा विजयी हुँदै संसद छिरेका हुन् । सुरुमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले डा. टकराजलाई मन्त्री बनाएका थिए । पछि गगन समूहको जोडबलमा राजीव गुरुङ (दीपक मनाङे)ले छोडेको वन मन्त्रालयमा मुख्यमन्त्री पाण्डेले भेषबहादुरलाई मन्त्री नियुक्त गरेका थिए ।

    भेषबहादुर तरुण दल लमजुङ, उद्योग वाणिज्य संघ लमजुङका पूर्वअध्यक्षसमेत हुन् । दुई मन्त्रीको टकरावले रक्तपात नै बनेपछि सिंगो लमजुङ नै स्तब्ध बनेको छ । नेताहरूले दोषीउपर कडा कडा कारबाही गर्न माग गरेका छन् ।

    मध्यनेपाल नगरपालिका वडा नम्बर ७ का ३८ वर्षीय धनबहादुर तामा, राइनास नगरपालिका वडा नम्बर ६ का गणेश गुरुङ, मर्स्याङ्दी नगरपालिका वडा नम्बर ५ बस्ने ४२ वर्षीय भुपेश गुरुङ लगायतले खुकुरी प्रहार गरेको पीडितहरूको आरोप छ ।

    खुकुरी प्रहारको घटनापछि विशेष कारणबस अधिवेशन स्थगित भएको निर्वाचन समितिले जनाएको छ ।

    आइतबार, जेठ ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.