भरतपुर/“समुदायमा आधारित समृद्धि र दिगो विकासका लागि प्रविधियुक्त सक्षम सहकारी” समझदारी भोजाड बचत तथा ऋण सहकारी संस्था लि.को आयोजना र मनकामना अस्पताल प्रा.लि.को प्राविधिक सहयोगमा साकोसमा आवद्ध पुरुष शेयर सदस्यहरुको प्रोष्टेट सम्बन्धि निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ ।
साकोसका स्वास्थ्य उपसमिति संयोजक रेखा भट्टराईको संयोजकत्वमा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरमा कार्यक्रममा साकोसका अध्यक्ष खेमलाल सुवेदीले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको थियो ।
शिविरमा मनकामना अस्पताल प्रा.लि.का डाक्टरहरु सहितको १० जनाको टोलीले सेवा प्रदान गरेका थिए ।
मनकामना अस्पताल प्रा.लि.की सञ्चालिका एवम् नर्सिङ प्रशासन प्रमुख कविता खतिवडाले कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो भने । शिविरमा क्लिनिकल डाइरेक्टर, क्यान्सर अस्पतालका अङकु सर्जन एवम् मनकामना अस्पतालका एचओडि डा.सागर खतिवडा, रेडियोलोजी डिपार्टका रेडियोलोजिष्ट डा.शेषकान्त पौडेल, डा.मनोज अधिकारी, डा.सागर बस्नेत, मार्केटिङ्ग म्यानेजर रमेश पाण्डे, जनसम्पर्क अधिकृत शतिस ढकाल, नर्सहरु साबित्री जमरकट्टेल, दृष्टिना पुरी, साबित्री सापकोटा लगायतको टोलीले बिरामीहरुको चेकजाँच गर्नुको साथै सहजीकरण गर्नुभएको थियो । शिविरमा ७२ जना पुरुषहरुले सेवा लिएको साकोसका व्यवस्थापक अर्जुन लामिछानेले जानकारी दिनुभयो ।






