• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
मङ्गलबार, असोज २७, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ७. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ८. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ९. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

कोभिड १९ बाट बढि जसो महिला व्यवसायीहरु प्रभावित भएका छन् : उर्मिला श्रेष्ठ

"महिला उद्यमीहरुले बिना धितो पन्ध्र लाखसम्म ॠण सुविधा उपयोग गर्न पाउने व्यवस्थाको कार्यन्वयनका लागि पहल हुँदै आएको जानकारी गराईन् "

  •   सोमबार, भदौ २९, २०७७ मा प्रकाशित
  • काठमाण्डौं, २८ भाद्र – नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले कोभिड १९ बाट बढि जसो महिला उद्यमीहरु प्रभावित बनेको बताएकी छिन् । आईतबार नेपाल महिला चेम्बरद्वारा आयोजित कोभिड १९ बाट व्यापारको क्षेत्रमा परेको प्रभाव, योगदान र अनुभव आदान प्रदान बिषयक वेमिनार कार्यक्रम माझ प्रमुख वत्ताको रुपमा बोल्ने क्रममा उनले सो कुरा राखेकी हुन । अध्यक्ष श्रेष्ठले कोभिड १९ बाट सिर्जित प्रतिकुल अवस्था, यस माझमा आफुले भोगेका अनुभव साथै महिला उद्यमशिलताको क्षेत्रमा परेको असर बारे विस्तृत रुपमा वर्णन गर्दै विश्वव्यापी रुपमा फैलिएको कोभिड १९, कोरोना भाईरसका कारण विश्व बजार नै प्रभावित बनेको अवस्थामा यस जटिल परिस्थितीको डटेर सामना गर्नुको विकल्प नभएको उल्लेख गरिन ।
    अध्यक्ष श्रेष्ठले प्राय जसो महिला उद्यमीहरु हस्तकलाजन्य उद्योग, व्युटीपार्लर, टेलरिङ, फिटनेश सेन्टर, होम स्टे, नर्सिङ होम आदी संचालन गर्दै आएकामा कोभिड १९ पस्चात तततत् व्यवसायमा पूर्ण रुपमा असर परेको धारणा राखिन ।
    साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत समेत रहेकी श्रेष्ठले नेपालमा गएको छ महिनाको अवधीमा अत्यावश्यकिय खाद्य सामाग्रीको क्षेत्र वाहेकका अन्य क्षेत्रहरु अधिक मात्रामा प्रभावित बनेको बताईन । उनले ९० प्रतिशत व्यवसायिक क्षेत्र ठप्प भएको बताउदै लगानीको वातावरण धुमिल भएको, आयतमा कमी आएको, अन्तरराष्ट्रिय बजारमा सामाग्रीको माग समेत कम रहेको उल्लेख गरिन । अध्यक्ष श्रेष्ठले यस माझ महिला उद्यमीहरुले आम्दानी नभएता पनि घर भाडा, कर्मचारीलाई तलब, बैंकको ब्याज एवम् ॠण, विद्युत महशुल आदी खर्चको दायित्व वहन गर्नु परेको जिकिर गर्दै राज्यबाट आवश्यक सहयोग पाउन नसकेको स्पस्ट पारिन् ।
    देशभर छरिएर रहेका शाखा संजालबाट करिब ५० जनाको सहभागीता रहेको उक्त वेमिनार माझ सहभागीहरुले आ आफ्नो समस्या राख्दै व्यवसायिक वातावरण निर्माणका लागि के गर्न सकिन्छ भनेर अध्यक्ष श्रेष्ठ सामु जिज्ञासा राखेका थिए । कार्यक्रम माझ उठेका प्रश्नहरुको जवाफ दिने क्रममा अध्यक्ष श्रेष्ठले व्यापार सहजीकरणका लागि डिजीटल प्लेटफर्मको उपयोग गर्नुपर्ने, आपसी सहकार्यका आधारमा वस्तु एवम् सेवाको बिक्री वितरण गर्न सकिने, व्यवसायिक रुपमा स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै वस्तु तथा सेवा प्रवाह गर्न सकिने गरि उपभोक्ता मैत्री र विश्वसनिय वातावरणको आभास दिलाउदै अघि बढनु पर्ने उपाय सुझाएकी थिईन । साथै, अध्यक्ष श्रेष्ठले महिला उद्यमीहरुले बिना धितो पन्ध्र लाखसम्म ॠण सुविधा उपयोग गर्न पाउने व्यवस्थाको कार्यन्वयनका लागि पहल हुँदै आएको जानकारी गराईन् ।
    कार्यक्रमलाई सहजीकरण समेत गरेकी संस्थाकी सचिव लिमा अधिकारीले उप्रान्त नियमित अन्तर्कृयाका कार्यक्रम संचालनको तयारी गरिएको बताईन । यस अघि उनले स्वागत मन्तब्य राख्दै कार्यक्रमले समस्या समाधान गर्न धेरै हद सघाउ पुग्ने धारणा राखेकी थिईन् ।
    कार्यक्रम माझ महिला चेम्बरकी सदस्य सोनी जोशीले अध्यक्ष श्रेष्ठको व्यक्तित्व र अनुभव बारे प्रकाश पार्दै वेमिनार फलदायी हुने विश्वास व्यक्त गरेकी थिईन ।
    सो अवसरमा महिला चेम्बरकी उपाध्यक्ष अम्बिका शर्माले सहभागिताका लागि सबैमा धन्यवाद ज्ञापन गर्दै महिला उद्यमशीलतामा देखिएको चुनौतीलाई सामना गर्न आपसी समन्वयले ठुलो महत्व राख्ने बताएकी थिईन ।
    कार्यक्रममा महिला चेम्बरका सल्लाहकार त्रय शान्ती शाक्य, अन्जना ताम्राकार, निलम ताम्राकार, नेपाल चेम्बरका महानिर्देशक कैलाश कुमार वजिमय, उप निर्देशक सृस्‍टि त्रिपाठी समेतको उपस्थिती रहेको थियो ।

    Advertisement

    सोमबार, भदौ २९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ

    भर्खरै

    • १.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ४.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ५.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ७.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ८.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.