रत्ननगर नगरपालिका वडा नं. १६ मा बसोबास गर्ने नागरिकहरूको स्वास्थ्यप्रति विशेष ध्यान दिँदै नसर्ने रोगहरूलाई लक्षित गरी एक दिवसीय निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।कार्यक्रम जनस्वास्थ्य कार्यालय चितवन, वी.पि. कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, बकुलहर रत्ननगर अस्पताल टाँडी, नेपाल नेत्रज्योति संघ भरतपुर आँखा अस्पताल, रत्ननगर नगरपालिका वडा नं. १६ वडा कार्यालय तथा पिठुवा स्वास्थ्य चौकीको संयुक्त समन्वयमा सम्पन्न गरिएको हो। उक्त कार्यक्रममा वडा नं. १६ का वडा अध्यक्ष श्री हेमराज थापा ज्यूको अध्यक्षता रहेको थियो भने रत्ननगर नगरपालिका सामाजिक विकास समिति प्रमुख एवं वडा नं. ५ का वडा अध्यक्ष श्री वालकृष्ण चापागाई ज्यू प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रम अन्तर्गत २६२ जना नागरिकहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ जसमा आँखा परीक्षण, रक्तचाप, मधुमेह, क्यान्सर परीक्षण लगायतका सेवा समावेश गरिएका थिए। यस कार्यक्रमले समुदायमा स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्नका साथै नागरिकहरूलाई प्रारम्भिक चरणमै रोग पहिचान गर्ने अवसर प्रदान गरेको छ। स्थानीय तह, स्वास्थ्य संस्थाहरू तथा सम्बन्धित साझेदारहरूलाई धन्यवाद दिँदै वडा कार्यालयले यस्ता कार्यक्रमलाई आगामी दिनहरूमा समेत निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।





