रक्तदान गरी गरौं जीवनदान भन्ने मूल नारालाई आत्मसाथ गर्दै आज मिति २०८२ साल बैशाख २५ गते जेसीआईको ११०औ स्थापना दिवसको अवसरमा झापा इलाम र मोरङ जिल्लाका १६ वटा शाखाको संयुक्त आयोजनामा तथा नेपाल रेडक्रस सोसाइटी झापा शाखाको प्राविधिक सहयोगमा वृहत खुल्ला रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ।
चारआलीस्थित पाँउ पाथिभरा मन्दिर परिसरमा सम्पन्न यस कार्यक्रममा JCI नेपाल क्षेत्र ‘क’ का राष्ट्रिय उपाध्यक्ष Raghav Koirala जेसी राघव कोईरालाज्यूको अध्यक्षता रहेको थियो भने कोशी प्रदेश नं. १ ‘क’ का माननीय सांसद तथा संसदिय दलका प्रमुख सचेतक गोपाल तामाङज्यूको प्रमुख आतिथ्य रहेको थियो।
जीवनदायी रक्तदानमार्फत समाजमा सकारात्मक संदेश प्रवाह गर्दै कार्यक्रम सम्पन्न भएको छ।

Advertisement




