• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

६ वर्षदेखि चिकित्सकको पर्खाइमा सर्पदंश उपचार केन्द्र


  •   बुधबार, बैशाख २४, २०८२ मा प्रकाशित
  • बरहथवा/सर्लाहीको नवलपुरमा रहेको सर्पदंश उपचार केन्द्रको सघन उपचार कक्षको ढोकामा ताल्चा झुन्डिएको छ वर्ष भयो । उपचार कक्षमा एउटा आइसीयु र एक थान भेन्टिलेटर छ । तर, त्यसको प्रयोग गर्ने दक्ष चिकित्सक छैनन् ।  उपचार केन्द्रले विगत छ वर्षदेखि दक्ष चिकित्सक भर्ना गर्न पटक–पटक सूचना आह्वान गर्दा कोही चिकित्सक भर्ना हुन आएका छैनन्  । विज्ञापन गर्दा कहिले आवेदन नपर्ने, कहिले छनोट भएका चिकित्सक नियुक्ति लिनै नआउने गरेका केन्द्रका अध्यक्ष उद्धव पौडेलले बताउनुभयो ।  सर्पको बिगबिगी हुने महिनामा केन्द्रमा दैनिक ठूलो सङ्ख्यामा बिरामी आउने गरेका छन् । सर्पले डसेर आएकामध्ये जटिल प्रकृतिका बिमारीलाई तत्काल आइसीयु र भेन्टिलेटरको सहायतामा उपचार गर्नुपर्ने हुन्छ ।

    Advertisement

    उपचार केन्द्रमा उपकरण तयारी अवस्थामा भए पनि सञ्चालन गर्ने जनशक्ति नहुँदा बिमारीलाई अन्यत्र रिफर गर्नुपरेको अध्यक्ष पौडेलले बताउनुभयो । ‘विषालु सर्पले डसेर गम्भीर अवस्थामा पुगेका बिरामीसँग बाटोको समय हुँदैन’ केन्द्रका इन्चार्ज एवं हेल्थ असिस्टेन्ट जगर्नाथ यादवले भन्नुभयो, ‘लैजाँदै गर्दा बाटोमै ज्यान गएका धेरै घटना छन् ।’सर्पदंशका कारण गम्भीर भएका बिरामीको उपचारका लागि केन्द्रले २०७५ सालमा आइसीयु र भेन्टिलेटरको व्यवस्था गरेको थियो । तत्कालीन समयमा स्वयंसेवकका रुपमा कार्यरत चिकित्सक अर्जुन लामाले उक्त उपकरण सञ्चालन गर्ने गरेका थिए । तर, २०७६ साल असार २३ गते राति उपचारको क्रममा सर्लाहीको हरिवनकी दुई वर्षीया बालिकाको केन्द्रमा मृत्यु भयो ।

    घटनापछि बालिकाका आफन्तले केन्द्रको सघन उपचार कक्षमा रहेको उपकरण तोडफोड गर्नुका साथै चिकित्सक लामामाथि हातपात गरेका थिए । त्यस घटनापछि केन्द्रको सघन उपचार कक्षमा ताला लागेको हो । तोडफोड भएको उपकरण प्रदेश सरकार र लालबन्दी नगरपालिकाको बजेटबाट मर्मत गरे पनि चिकित्सक भने अझै आउन मानेका छैनन् ।

    दक्ष जनशक्ति नहुँदा आइसीयु र भेन्टिलेटर छ वर्षदेखि प्रयोग बिना राख्नुपरेको केन्द्रका अध्यक्ष पौडेलको गुनासो छ । आइसीयु र भेन्टिलेटर सञ्चालन गर्न जान्ने चिकित्सक नियुक्त गर्न केन्द्रले गत चैतमा मात्रै आवेदन मागेको थियो । पाँच जना चिकित्सकले आवेदन भरेका पनि थिए । तर, उत्तीर्ण चिकित्सक नियुक्ति लिनै नआएको उनको भनाइ छ । चार वर्ष पहिला उपचार केन्द्रमा कार्यरत एक चिकित्सक र दुई जना स्वास्थ्यकर्मीलाई तालिमको लागि केन्द्रले धरान पठाइएको थियो । सर्पले डसे र गम्भीर अवस्थामा ल्याएका बिरामीलाई तुरुन्त आइसीयु र भेन्टिलेटरको सहायतामा उपचार गर्नुपर्ने हुन्छ ।

    उपचार केन्द्र खुला स्थानमा रहेकाले स्थानीय र बिरामीका आफन्तको भीड उपचार कक्षसम्म पुग्ने गर्छ । यसले गर्दा चिकित्सकले स्वतन्त्र रुपमा उपचार गर्न नपाउने गरेको अध्यक्ष पौडेलको भनाइ छ । हाल यस केन्द्रमा एक जना एमबिबिएस चिकित्सकसहित आठ जना स्वास्थ्यकर्मी कार्यरत छन् । नेपाली सेनाका दुई जना स्वास्थ्य कर्मचारी २४सै घण्टा निःशुल्क खटिने गरेका छन् । रासस

    बुधबार, बैशाख २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.