देवघाट/मगर ईतिहाँस, भाषा, लिपि, धर्म, संस्कृति संरक्षण-सम्वर्द्धन मगरहरुको मुलमन्त्र,मगरात पहिचान र स्वायत्त शासन सहितको संघीय लोकतान्त्रिक गणतन्त्र भन्ने नारालाई आत्मसात गर्दै मगर (ढुट) भाषा अक्खलिपिमा कक्षा संचानार्थ, सरोकारवालाहरू संग-“मगर (ढुट) भाषा अक्खा लिपि तथा गगर संस्कार संस्कृति संरक्षण-सम्वर्द्धन र विकास विषयक” मा आज तनहुँको देवघाट गाउँपालिका वडा नम्बर २ स्थित क्राँदिप सामुदायिक होम स्टे को संस्कृतिक हलमा नेपाल मगर संघ देवघाट गाउँपालिका कार्य समितिद्वारा मगर समुदाय बीच अन्तरक्रिया कार्यक्रम गरेको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापाले मगर एकताको लागी आजको आवस्यकता भन्नु भयो।‘हामी आफ्नै मौलिक भाषा, संस्कृति र पहिचान भएको जाती हो,’ उहाँले भन्नुभयो,‘जसलाई जोगाउन तपाइँ हामी एकजुट भएर लाग्नुपर्छ । अरु कसैले हाम्रा लागी बोलिदिने छैन ।’ वर्तमान नेपालको निर्माणमा मगर समुदायको महत्वपूर्ण योगदान रहेको समेत उहाँले बताउनुभयो ।साथै अध्यक्ष थापाले गाउँपालिकामा मगर भाषाको स्थानीय पाठ्यक्रम निर्माण गरि केही वडाहरुमा मगर भाषाको अक्खा लिपिको पढाइ सुरु गर्ने समेत बताउनुभयो।
भाषा,संस्कार,संस्कृति संरक्षण गर्ने दायित्व गाउँपालिकाको रहेको बताउँदै गुरुकुल, मदर्सा, मगर, गुरुङल,तामाङ,भुजेल,बोटे,नेवार,गायतका सबै जातिको भाषालाई संरक्षणमा अपनत्व लिएको समेत उहाँले बताउनुभयो । नेपाल मगर संघ देवघाट गाउँपालिका कार्य समितिका अध्यक्ष खड्का पामिआलेमगरको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल मगर संघ निर्वाचन समिती संयोजक सिद्धान्त गर्जामगर,देवघाट २ नम्बर वडा अध्यक्ष मिनबहादुर रानामगर,देवघाट ३ नम्बर वडा अध्यक्ष टेकबहादुर आलेमगर,नेपाल मगर संघ तनहुँका उपाध्यक्ष रिमा आलेमगर लगायतले मन्तव्य राख्नुभएको थियो।
Advertisement





