चितवन/चितवनको भरतपुरमा भएको मुटुरोग सम्बन्धि स्वास्थ्य शिविरमा करिव ६०० जनाले निशुल्क परिक्षण गराएका छन् । भरतपुर महानगरपालिका ६ को आयोजनामा मुटुरोग सम्बन्धि स्वास्थ्य शिविर ६०० जनाले निशुल्क परिक्षण गराएका हुन् ।
Advertisement
सहिद गंगालाल हृदय केन्द्र काठमाण्डौका बिरष्ठ चिकित्सकहरुको टोलीबाट शिविर स्वास्थ्य परिक्षण गरिएको थियो । सो निशुल्क स्वास्थ्य शिविरमा धेरै जसो बिरामीको ईसिए र ईसिओको नतिजा आएको थियो । सो नतिजा त्यती राम्रो नआएको र ३ जना बालवालिकाहरुमा जन्मजात मुटुमा समस्या आएको आयोजकले जनाएको छ । शिविरका मुख्य संयोजक जिपि कोईराला स्वास्थ्य केन्द्रका अध्यक्ष एवं नेपाली कांग्रेसका नेता रामप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।





