सैनामैना/नागरिकलाई स्वास्थ्य बिमाको उपभोगमा पहुँच बढाउन नागरिकमा स्वास्थ्य बिमाको सचेतना बास्तबिकता र यथार्थता बारे जानकारी दिने उद्देश्यले एकदिने स्वास्थ्य बिमा सचेतना कार्यक्रम भयो। सैनामैना नगरपालिका वडा-४ मा २३१५ घरधुरि मध्य हालसम्म १०१५ घर धुरिको स्वास्थ्य बिमा गरिएको अझै १३०० घरधुरि लाई बिमा को पहुँच मा ल्याउनका लागि यस कार्यक्रम ले सहयोग पुर्याउने छ।
सचेतना कार्यक्रम मा १५ टोलबिकास बाट ९० जनाको उपस्थिति रहयो। प्रमुख अतिथि नगरप्रमुख फणेन्द्रप्रसाद शर्माले स्वास्थ्य बिमा सबै नागरिक ले अनिवार्य गर्न जरुरि छ बिमा गर्न नसक्ने अत्यन्तै गरिब बिपन्न परिवारलाई आगामी दिन मा स्थानिय सरकारले सहयोग गर्दै अगाडी जाने छ भन्नु भयो।
स्वास्थ्य बिमा बोर्ड लुम्बिनी प्रदेश प्रमुख सृजना पौडेल रुपन्देही प्रमुख राजु चौधरीले बिमा को बारेमा प्रशिक्षण दिनुभएको थियो। देबराज पौडेल चेतप्रसाद श्रेष्ठ केबल चौधरी लक्षमन न्यौपाने चमेलि रायमाझी जगन्नाथ गौतम निर्मला बगाले तृष्णा ढकाल नारायण गौतम जङ्गबहादुर सुनार बिष्णु ढकाल लगायतले जिज्ञासा सोध्नु भएको थियो। वडा सचिब हेमराज चौधरी ले कार्यक्रम संचालन वडा जनप्रतिनिधि तेज नारायण सुबेदि ले स्वागत मन्तब्य राख्नुभएको थियो।
Advertisement




