भरतपुर/आमा बच्चा स्वास्थ्य नेपालको आयोजना भरतपुर महानगरपालिका गै.स.स.स.तथा सा.प.शाखाको सहयोग र मनकामना अस्पतालको प्राविधिक सहयोगमा घरेलु हिंसा तथा महिलाहरुको पाठेघरको मुखको क्यान्सर सम्बन्धि सचेतना तथा परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा ८२ जना महिलाहरुको पाठेघरको मुखको क्यान्सरको परीक्षण गरिएको थियो । परीक्षण गरिएका मध्येहरुमा ४ जना महिलाहरुको रिपोट जटिल र अन्यको सामान्य देखिएको थियो ।
मनकामना अस्पताल प्रा.लि.का अध्यक्ष एवम् कालिका मेडिकल कलेजका अध्यक्ष धु्रब प्रसाद काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मनकामना अस्पताल प्रा.लि.का कार्यकारी निर्देशक दिलिप घिमिरेले स्वागतसँगै कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं.१० शंकरपथ टोल विकास संस्थाका सचिव शालिकराम दुवाडीले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
बरिष्ठ स्त्रीरोग विशेषज्ञ डा.शिल्पा पन्थले महिलाहरुको पाठेघरको मुखको क्यान्सर सम्बन्धि परामर्श, स्वास्थ्य जाँच सहित परीक्षण गर्नुभएको थियो । कार्यक्रमलाई आमा बच्चा स्वास्थ्यकी अध्यक्ष कविता खतिवडाले सञ्चालन गर्नुभएको थियो ।





