भरतपुर/चितवन उद्योग संघ, युवा उद्यमी मञ्चले विगतदेखि युवाहरुलाई उद्यमशिलतामा जोड्ने उद्देश्यका साथ विभिन्न रचनात्मक कार्यक्रमहरु गर्दै आईरहेको छ । सोही अनुसार युवा उद्यमी मञ्चले २०८२ बैशाख ७ गते, दिउँसो ४ बजेदेखि चितवन उद्योग संघको औद्योगिक पाठशाला कक्षमा “मैले जानेका कुरा” कार्यक्रम गर्दैछ ।
उद्यममा लाग्न चाहेका वा लागेर सफलता प्राप्त गरेका युवा उद्यमीहरुले आफू उद्यममा लाग्नु अघि र लागि सकेपछिका आफ्ना भोगाईहरुलाई प्रस्तुत गर्ने उद्देश्यका साथ शुरु गरिएको कार्यक्रम अन्तर्गत यो अंकमा चितवन उद्योग संघ, युवा उद्यमी मञ्चका निवर्तमान अध्यक्ष सुरेन्द्र कार्कीले “युवा अवस्थामा पढ्नै पर्ने ५ पुस्तक”, युवा उद्यमी आशिष भण्डारीले “ब्राण्ड पहिचानले मानिसहरुको दृष्टिकोण कसरी परिवर्तन गर्छ” भन्ने विषयमा प्रस्तुतिकरण गर्दै हुनुहुन्छ । “मैले जानेका कुरा” कार्यक्रमलाई चितवन उद्योग संघ, युवा उद्यमी मञ्चका निर्देशक भरत दवाडीले संयोजन गर्नुभएको छ ।
“मैले जानेका कुरा” विषयक कार्यक्रम हुने
“मैले जानेका कुरा” विषयक कार्यक्रम हुने
Advertisement
तपाईको प्रतिक्रिया




