• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ५. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • १०. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

ग्लोरी र न्यूजलाईन्स मिडियाको आयोजनामा प्रवासी नेपाली सेफहरू सम्मान तथा विचार गोष्ठी सम्पन्न कार्यक्रम 


  •   बिहिबार, बैशाख ०४, २०८२ मा प्रकाशित
  • काठमाण्डौ/नव वर्ष २०८२ को अवसरमा ग्लोरी मिडिया र न्यूजलाईन्स मिडियाको संयुक्त आयोजनामा आयोजित विशेष कार्यक्रममा अग्रज प्रवासी नेपाली सेफहरूलाई “ग्लोबल स्टार अवार्ड” बाट सम्मानित गरिएको छ। नेपाली पाककला र संस्कृतिको अन्तर्राष्ट्रिय पहिचान तथा सम्मानका लागि आयोजित उक्त कार्यक्रममा विभिन्न देशहरूमा कार्यरत नेपाली सेफहरूलाई सम्मान गरियो।

    Advertisement

    सम्मानित हुने सेफहरूमा क्यानडामा रहेका सेफ ज्ञानेन्द्र बञ्जारा शर्मा, दुबईमा कार्यरत पेस्ट्री तथा बेकरी सेफ ह्युमन लिम्बु, साउदी अरेबियामा रहेका पेस्ट्री सेफ सरोज सिंह थापा, अष्ट्रेलियामा कार्यरत सेफ भावि खनाल र सेफ कमल थापा, अमेरिकामा रहेका सेफ वेदप्रसाद अधिकारी र लाल तामाङ, दुबईस्थित एजुकेटिभ सेफ गोविन्द राई तथा सेफ अरुण अधिकारी, कतारमा कार्यरत सेफ सूर्य भण्डारी, युएईमा रहेका सेफ उमेश तामाङ, क्यामोन आइल्याण्डमा कार्यरत सेफ नारायण बहादुर थपलिया, अष्ट्रेलियाका सेफ सुवास थापा र अजय बज्राचार्य, तथा नेपालमै रहेका चित्र बुढा ९पूर्वमा कतारमा कार्यरत० रहेका छन्।

    उनीहरूलाई प्रमुख अतिथि पूर्व प्रधानन्यायाधीश तथा मन्त्री परिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले अवार्ड तथा प्रमाणपत्र प्रदान गरे। सो अवसरमा विशिष्ट अतिथिहरू नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ, पर्यटनविद् कर्ण शाक्य, नेपाल बार एशोसिएसनका अध्यक्ष विजयप्रसाद मिश्र, होटल संघ नेपालका अध्यक्ष विनायक शाह तथा समाजसेवी, व्यवसायी एवं गैरआवासीय अभियन्ता रुद्र शर्माले उनीहरूलाई संयुक्त रूपमा सम्मानपत्र प्रदान गरेका थिए ।

    ग्लोरी मिडियाका अध्यक्ष सरोज ओझाको सभापतित्वमा तथा न्यूजलाईन्स मिडियाका प्रबन्ध निर्देशक राजु भट्टको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा शुभकामना आदान–प्रदान तथा “नेपाल पर्यटन प्रवद्र्धनमा पाककला र नेपाली सेफहरूको भूमिका” विषयमा विचार गोष्ठीसमेत आयोजना गरिएको थियो।

    कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री तथा प्रधानन्यायाधीश रेग्मीले यस्ता सम्मान कार्यक्रमहरूले नेपाली पाककला क्षेत्रका शिल्पीहरूलाई प्रोत्साहन प्रदान गर्नुका साथै नेपाली खानाको अन्तर्राष्ट्रियकरणमा सशक्त योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

    सो अवसरमा विशिष्ट अतिथिको आसनबाट बोल्नु हुँदै नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठले सेफ पेसा आमापछिको भरोषा गरिने भूमिकाको रहने हुँदा सेफहरुलाई भान्सेका रुपमा मात्र चित्रण गर्न नहुने धारणा व्यक्त गरिन् ।

    त्यस्तै अन्य विशिष्ट अतिथिहरूले नव वर्ष २०८२ को शुभकामना व्यक्त गर्दै नेपाली सेफहरूको योगदान, नेपाली खानाको समृद्ध परम्परा, र पर्यटनसँगको यसको सम्बन्धबारे चर्चा गरे।

    कार्यक्रममा आयोजक संस्था ग्लोरी मिडियाका अध्यक्ष सरोज ओझाले कार्यक्रममा बोल्दै सेफ सम्मान तथा विचार गोष्ठी कार्यक्रमले नेपालको पाककला र पर्यटन उद्योग क्षेत्रको श्रीबृद्धीमा योृगदान पुग्ने विश्वास लिईएको बताउनुभयो ।

    कार्यक्रममा सम्मानित सेफहरुका तर्फबाट अरुण अधिकारी एवं नेपाल डेरी एशोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल टानका पूर्व अध्यक्ष खुम बहादुर सुवेदी, वरिष्ठ अधिवक्ता राजकुमार थापा, युनेस्को महासंघ नेपालका केन्द्रिय सदस्य अजय कुमार श्रेष्ठ, नेपाल सेफ एशोसिएसनका पूर्व अध्यक्ष गोविन्द नरसिंह केसी, ग्लोबल नेप्लिज सेफ फेडेरेशनका अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले अन्तक्रिया सत्रमा धारणा राख्नुभएको थियो ।

    कार्यक्रममा समाजसेवी रामप्रसाद न्यौपाने, काठमाडौं उद्योग वाणिज्य संघकी सचिव श्रीमती सुष्मा महरा, घोरिवाला मार्टका चेयरपर्सन विनय घोरिवाल, एन।सी। एग्रोटेक लिमिटेडका प्रबन्ध निर्देशक दीपक न्यौपाने, नेपाल उद्योग संघका कोषाध्यक्ष ध्रुव तिवारी, नेपाल डेरी एशोसिएसनका उपाध्यक्ष दीप प्रसाद धमला, नेपाल पशुपंक्षी व्यवसायी संघका अध्यक्ष टिका प्रसाद घिमिरे, काठमाडौं जेसिजका अध्यक्ष श्यामकुमार घिमिरे लगायतको उपस्थिती रहेको थियो ।

    सो अवसरमा नेपाल बार एशोसिएसनका पदाधिकारी तथा पद्यकन्या क्याम्पसका स्व. वि.यु.मा नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई अबिर लगाई बिशेष सम्मान गरिएको थियो भने लेखक शिव न्यौपानेद्धारा लिखित फलाङ फुड डिस्नेरी वितरण गरिनुका साथै नेपाल डेरी एशोसिएसनको संयोजनमा मोही अभियान अन्तर्गत कार्यक्रम माझ नवप्रभात डेरीबाट उत्पादित मोहीपान गराईएको थियो । कार्यक्रममा साल्ट टे««डिङ्गका खाद्य सामाग्रीहरुको प्रदर्शनी समेत गरिएको थियो । यस कार्यक्रम साल्ट टे««डिङ्ग कर्पोरेशन लिमिटेड, घोरीवाला मार्ट, नेपाल हाउस, एन सि एग्रो टेक, सिन्धु फ्रेस एण्ड प्रोजन मार्टको प्रायोजन तथा स्वत टाभल्स एण्ड टे««क्स, ग्लोकल वर्कफोर्स नेपालको सह प्रायोजन र नेपाल डेरी एशोसिएसन, एभेण्टोज नेपाल, पोर्टर हाउस, काठमाण्डौं जेसिज, ब्रिचालय, खुसी दुध डेरी, फेसियल आउस, पिएचसिए, ग्रिन भ्याली रिसोर्ट, वल्र्ड टच ट्र«ाभल एण्ड टुर्स, फलाङ फुड डिस्नेरी, जब फो अनलाईन, नमस्ते ट्र«ाभल, क्रिजल डिजाईन, फेसियल हाउस, सोफा हब सहयोगी साझेदारका रुपमा रहेका थिए ।

    न्यूजलाईन्स मिडियाका प्रबन्ध निर्देशक एवं कार्यक्रम संयोजक राजु भट्टले नेपाली खानाको प्रबर्धन साथै पाककला शिल्प र संस्कृतिको सम्मानका लागि कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

    बिहिबार, बैशाख ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ५.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.