• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ४. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

चितवनमा वन्यजन्तु सप्ताह सुरु : क्षति न्यूनीकरणको लक्ष्य


  •   मङ्गलबार, बैशाख ०२, २०८२ मा प्रकाशित
  • रत्ननगर/नेपालको पहिलो चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सोमबारदेखि ३०औँ वन्यजन्तु सप्ताह २०८२ सुरु भएको छ। सौराहामा सोमबार चितवन राष्ट्रिय निकुञ्ज र मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिको अगुवाइमा ३०औँ वन्यजन्तु सप्ताहको औपचारिक उद्घाटन गरिएको छ।

    Advertisement

    सो अवसरमा संरक्षणकर्मीहरूले मानवीय क्षति रोक्न व्यवहार परिवर्तन गर्नुपर्नेमा जोड दिएका थिए। मानवले वन्यजन्तुप्रति गर्ने व्यवहार रुखो हुन नहुने भन्दै उनीहरूले मानवीय व्यवहारमा परिवर्तन भएमा क्षति रोक्न सकिने बताएका छन्।कार्यक्रममा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगानाले मानवले वन्यजन्तुप्रति गर्ने व्यवहारमा परिवर्तन भएमा क्षतिका घटना न्यूनीकरण हुने बताए।

    स्थानीयले दुख गरेर वन्यजन्तु जोगाएका कारण पर्यटन विकास भएको उनको भनाइ छ। उनले बालीक्षति राहत शतप्रतिशत गराउन उपभोक्ता समितिले कार्यविधि बनाए काउन्सिलले त्यसका लागि प्रयास गर्ने बताए।चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले वन्यजन्तुको आनीबानी बुझेर व्यवहार गर्न सके मानवीय क्षति रोक्न सकिने बताए। उनले निकुञ्जले घाँसेमैदान तथा सिमसार क्षेत्र व्यवस्थापनका लागि चरणबद्ध काम गरिरहेको बताए। घाँसेमैदान व्यवस्थापनका लागि ५ प्रतिशत मात्र बजेट रहेको भन्दै उनले सीमित स्रोतको सही व्यवस्थापन गरी काम भइरहेको उल्लेख गरे।

    रत्ननगर नगरपालिका वडा नं. ६ का वडाध्यक्ष किरण महतोले बालीक्षति राहतलाई शतप्रतिशत गराउन सके द्वन्द्व कम हुने विचार व्यक्त गरे। सौराहामा चितवन राष्ट्रिय निकुञ्ज र मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिको अगुवाइमा सामुदायिक वन र पर्यटन व्यवसायीको सहभागितामा सौराहा र यस आसपासका क्षेत्रलाई लक्षित गरी सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएको मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले जानकारी दिए।यस वर्षको वन्यजन्तु सप्ताहको नारा ‘बुझौँ वन्यजन्तुको आनीबानी, घटाऔँ मानवसँगको द्वन्द्व र हानिनोक्सानी’ रहेको छ। पछिल्लो समय जंगली जनावर बस्तीमा प्रवेश गरेर मानवीय तथा अन्य क्षति गर्न थालेपछि संरक्षणको जग हल्लिन थालेको छ। वन्यजन्तु बस्तीमा प्रवेश गर्न थालेपछि मानव–वन्यजन्तुबीचको द्वन्द्व सतहमा देखिँदा पछिल्लो समय चितवनमा जंगली हात्तीको सन्त्रास कायम छ।

    संरक्षणमा देखिएको चुनौतीलाई सामना गर्दै थप प्रभावकारी बनाउन वन्यजन्तुबाट हुने क्षति न्यूनीकरण गर्ने तर्फ राज्यको ध्यान जान जरुरी रहेको संरक्षणकर्मीहरूले बताएका छन्।सप्ताहव्यापी कार्यक्रमअन्तर्गत वैशाख २ गते टिकौली हाइवे वरपर सरसफाइ, ३ गते चरा अवलोकन र ‘बुझौँ वन्यजन्तुको आनीबानी: घटाऔँ मानवसँगको द्वन्द्व र हानिनोक्सानी’ विषयक अन्तरक्रिया, ४ गते बुढीराप्ती खोला सरसफाइ र डुङ्गा सयर, ५ गते सौराहा सेक्टरअन्तर्गत विद्यालयस्तरीय चित्रकला र वक्तृत्वकला प्रतियोगिता, ६ गते वन्यजन्तु र वातावरण संरक्षणमूलक सचेतना र्‍याली तथा सप्ताहको अन्तिम दिन वैशाख ७ गते ‘वन, वन्यजन्तु तथा जैविक विविधता संरक्षणमा सम्भावना र चुनौती’ विषयक अन्तरक्रिया र संरक्षणमा योगदान दिनेहरूलाई विभिन्न विधामा सम्मान गरिने अध्यक्ष घिमिरेले बताए।पर्यटन विकास, वातावरण संरक्षण, वन तथा वन्यजन्तु संरक्षण, पत्रकारिता र सामुदायिक वनमा उत्कृष्ट कार्य गर्ने कार्यालय सचिवलाई सम्मान गरिने छ।

    मृगकुञ्जका अध्यक्ष घिमिरेको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा वडा नं. ५ का वडाध्यक्ष बालकृष्ण चापागाई, मृगकुञ्जका पूर्वअध्यक्ष वासुदेव ढुंगाना, क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष ओम पाण्डे, रेवान अध्यक्ष ध्रुव गिरी, बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष भुवनेश्वर चौधरीलगायतले मन्तव्य राखेका थिए। मृगकुञ्जकी कार्यसमिति सदस्य विन्दु कार्कीले सञ्चालन गरेको उक्त कार्यक्रममा कार्यसमिति सदस्य सरस्वती लामाले स्वागत मन्तव्य राखेकी थिइन्।

    मङ्गलबार, बैशाख ०२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ४.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.