• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

चितवनको विकास योजनासहित एमाले र कांग्रेस नेताद्वारा २३ बुँदे योजना सहित प्रधानमन्त्री ओली समक्ष भेट


  •   शुक्रबार, चैत २९, २०८१ मा प्रकाशित
  • चितवन/चितवनका विकास योजनाहरु लिएर नेकपा एमाले र नेपाली कांग्रेसका जिल्ला नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष भेट गरेका छन् । बिहीबार साँझ भएको भेटमा उनीहरुले चितवनका तत्कालिन र दीर्घकालिन विभिन्न योजनालाई निरन्तरता दिन र नयाँ योजनामा बजेट विनियोजन गर्न प्रधानमन्त्री ओली समक्ष आग्रह गरेका हुन् ।

    Advertisement

    तत्कालिन, दीर्घकालिन र चालु योजनाहरुको २३ बुँदे मागपत्र प्रधानमन्त्री ओलीलाई एमाले चितवनका अध्यक्ष कमल पाठक र नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले हस्तान्तरण गरे ।

    एमाले चितवनका अध्यक्ष कमल पाठकले प्रधानमन्त्री ओली आफूहरुले पेश गरेका मागहरुमा सकारात्मक रहेको बताए । उनले भने, ‘ प्रधानमन्त्री ओलीले हामीले बझाएको माग कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाउने बताउनु भएको छ ।’

    हेरौं, २३ बुँदे माग जस्ताको तस्तै :

    सम्माननीय प्रधानमन्त्री ज्यू
    नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सिंहदरबार काठमाण्डौं ।

    विषयः आ. व २०८२/८३ को बजेटमा योजना समावेश गरी बजेट विनियोजन गरिदिनु हुन ।

    उपरोक्त सम्बन्धमा बदलिदो राजनीतिक परिवेशमा सुशासन, समृद्धि, शान्ति, विकासको सुनिश्चितता गर्दै आम जनताका भावनाहरूलाई संबिधान संसोधनका माध्यमबाट सम्बोधन गर्ने संकल्प सहित सम्माननीय प्रधानमन्त्री के पी शर्मा ओलीको नेतृत्वमा नेकपा एमाले र नेपाली कांग्रेसले संयुक्त सरकार निर्माण गरे यता जनतामा आशा पलाएको छ । आर्थिक सुचांकहरू सकारात्मक दिशा तर्फ अगाडी बढ़ेको छ, विकास निर्माणले गति लिएको छ । मुख्य दुई दल ने.क.पा एमाले र नेपाली कांग्रेस बीच केन्द्र बनेको दुई दलिय राजनीतिक संयन्त्रलाई चितवन जिल्लामा पनि निर्माण गरी कामलाई अगाडी बढाएका छौं। आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट जनमुखी हुनेछ र सबै क्षेत्रमा समानुपातिक विकासको अवधारणा अनुकूल हुने छ भन्नेमा हामी आशावादी छौ। आगामी बजेटमा चितवनका निम्न दीर्घकालिन र तत्कालिन रुपमा गर्न पर्ने विकास आयोजनाहरूमा पर्याप्त बजेट विनियोजन गरी दिनु हुनका लागि हार्दिक अनुरोध गर्दछौं।

    १) तत्काल गर्न पर्ने र निरन्तरता दिनु पर्ने योजनाहरूः
    १. नारायणी, राप्ति र रीऊ तटबन्धनका लागि पर्याप्त बजेट विनियोजन गर्नु पर्ने;
    २. भरतपुर बिमानस्थल विस्तारको लागि भएको योजनालाई पूर्णता हुने गरी र रात्रिकालिन सेवा विस्तारका लागि आवश्यक पूर्वाधार पूरा गर्न पर्याप्त बजेट विनियोजन गर्नु पर्ने,
    ३. भरतपुर महानगरपालिका र कालिका नगरपालिकाको चक्रपथको लागि पर्याप्त बजेट विनियोजन गर्न पर्नेः
    ४. चितवन जिल्ला स्तरीय चक्रपथको विस्तृत संभावना अध्ययन गरी बजेट बिनियोजन गर्न,
    ५. भरतपुर देखी भण्डारा सम्मको उत्तराखण्डको सडक सम्पन्न गर्न बजेट बिनियोजन गर्न;
    ६. ठोरी देखी माडी, धुर्बघाट, घोसर घाट, नारायणी नदी हुँदै नवलपरासी तर्फ जाने तराई मदेश हुलाकी सडकलाई पर्याप्त बजेट राखी अगाडी बढाउनु पर्नेः
    ७. भण्डारा, मलेखु चेपाङ मार्ग स्तरउन्नति तथा कार्यसम्पन्न गर्न बजेट विनियोजन गर्नु पर्ने,
    ८. माडी स्थित धार्मिक एवं पर्यटकिय क्षेत्रहरू अयोद्धा धाम, सोमेश्वर गढि, गोद्दक, वाल्मीकि आश्रम लगायतका क्षेत्रहरुको संरक्षण र सम्बर्धन गर्नका लागि माडी पर्यटन विकास बोर्ड गठन गरी पर्याप्त बजेट विनियोजन गरिदिनु हुनः
    ९. नेपालको मध्यभागमा अवस्थित पवित्र तीर्थ स्थल आदि प्रयाग देवघाट धामलाई व्यवस्थित गराउन तीर्थका पूर्वाधार निर्माण गर्न आवश्यक बजेट विनियोजन गर्न,
    १०. कृषि उपज विशेषगरी दूध, केरा, मह, कुखुराको अण्डा र मासु, माछा, तरकारी, सुन्तला आदि उत्पादनमा देशकै महत्वपूर्ण हिस्सा ओघट्ने भएकाले ती वस्तुहरूको उत्पादन, प्रशोधन, भण्डारण र बजारीकरणको लागि पर्याप्त बजेट विनियोजन हुन र जोन सुपर जोन क्षेत्रहरू घोषणा गर्नु पर्नेः
    ११. भोर्ले–दाहाखानी–उप्रदाङगड़ी सडक निर्माणको लागि पर्याप्त बजेट विनियोजन गर्नु पर्ने;
    १२. शक्तिखोर औधागिक क्षेत्र पूर्वाधारको काम सम्पन्न गर्न पर्याप्त बजेट विनियोजन गरी संचालन गर्नु पर्नेः
    १३. विरेन्द्रनगर–किरणटार हुँदै ठकुरी भन्ज्याङ जाने सडक पूरा गर्न बजेट बिनियोजन गर्नु पर्ने।
    १४. चितवन राष्ट्रिय निकुंजमा वर्षीदेखी बाँकी रहेको माडी बनकट्टा देखी जगतपुर सम्मको सुविधाप्राप्त बाटोलाई पक्की निर्माण गर्न बजेट बिनियोजन गर्नु पर्नेः
    १५. लोथरबाट सौराहा हुँदै गोलाघाटसम्मको लोथर र राप्ति नदीलाई तटबन्धन सहितको पर्यटकिय सडक निर्माण गर्न आवश्यक बजेट बिनियोजन गर्नु पर्नेः

    २) दीर्घकालिन योजनाहरूः
    १. सप्तगंडकी बहुउद्देशिय परियोजनाको विस्तृत अध्ययन गरी कार्यान्वयन गर्नु पर्ने।
    २. त्रिशूलि–हुग्दी–शक्तिखोर बहुउद्धेश्यीय योजना विस्तृत अध्ययन गरी कार्यान्वयन गर्नु पर्ने।
    ३. नारायणगढ मुग्लिन सडकको वैकल्पिक मार्गको विस्तृत अध्ययन
    गरी कार्यान्वयन गर्नु पर्ने।
    ४. भारत र चीन जोडिने छोटो बाटो केरुङ–मलेखु–भरतपुर–माडी–ठोरी लोकमार्ग निर्माण गर्न विस्तृत अध्ययन गरी कार्यान्वयन गर्नु पर्ने।
    ५. भरतपुर अस्पताललाई मेडिकल कलेजको रुपमा स्थापना गरी MBBS, MD को पढ़ाई सुरुवात गर्न आवश्यक बजेट तर्जुमा गर्न ।
    ६. वि.पी कोईराला मेमोरियल क्यान्सर अस्पताललाई क्यान्सर अध्ययन प्रतिष्ठानको रुपमा विकास गर्न बजेट विनियोजन गर्नु पर्ने ।
    ७. माडी सोमेश्वर गढ़ी लिच्छाविकालिन समयको भारतसंगको व्यापारको नाका थियो। हाल वागमती प्रदेश भित्र भारतसंग जोडिने भन्सार नाका नभएकाले चितवनको माडी बसन्तपुर बजारबाट सीधा भारतसंग व्यापारिक नाका कायम गर्ने आवश्यक पूर्वाधारसहित भन्सार नाकाको रुपमा विकास गर्न नीतिगत व्यवस्था र बजेटको विनियोजन गर्नु पर्ने।
    ८. नेपालमै रोजगारी दिन सकिने गरी दक्ष जनशक्ति तयार गर्न चितवनमा बहुप्राविधिक शिक्षालय एवम् नवप्रवर्तनका लागि चितवन आविस्कार केन्द्र स्थापना गर्न आवश्यक पहल गर्ने र बजेट विनियोजन गर्नु पर्ने।

    कमलराज पाठक राजेश्वर खनाल
    अध्यक्षः ने.क.पा एमाले, चितवन सभापतिः नेपाली कांग्रेस, चितवन

    शुक्रबार, चैत २९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • २.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ३.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ४.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ६.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ७.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ८.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.