• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चितवन महिला मोटर र्‍याली तथा नेपाल अटो जिमखाना सफलतापूर्वक सम्पन्न


  •   मङ्गलबार, चैत २६, २०८१ मा प्रकाशित
  • चितवन/चितवन महिला मोटर र्‍याली तथा नेपाल अटो जिमखाना सफलतापूर्वक सोमबार अबेर चितवनमा सम्पन्न भएको छ । वागमती प्रदेश अटोमोबाइल्स एसोसिएसनको व्यवस्थापन र नेपाल अटोमोबाइल्स एसोसिएसनको संयोजनमा भएको प्रतियोगितामा महिला ड्राइभरहरु मात्र सहभागी भएका थिए ।

    Advertisement

    उद्योग वाणिज्य संघ चितवन परिसर नारायणगढबाट प्रारम्भ भएको र्‍याली पोखरा बसपार्क, पुल्चोक, चौविसकोठी, मंगलपुर, रामपुर, चनौली, पर्साढाप, मेघौलीहुँदै गोलाघाट पुगेको थियो । गोलाघाटको ब्रेक पश्चात बाराही होटल चोक, साना किसान चोक, मेघौली एयरपोर्ट, कसरा चोक, टाउन स्कुल चोक हुँदै रिभर बैंक जंगल रिसोर्टमा पुगेर टीएसडी र्‍याली समापन भएको थियो ।

    नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) का अध्यक्ष दशरथ रिसाल, एफआईए वल्र्ड काउन्सिल मेम्बर गोविन्द भट्टराई, बागमती प्रदेश अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष राजन पिया, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठ, नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका अध्यक्ष गोपाल भट्टराई लगायतले फ्ल्याग अफ गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए । सो कार्यक्रमका सबै सहभागीहरुले खुसी व्यक्त गरेका थिए ।

    रिभर बैंक जंगल रिसोर्टमा आयोजित टीएसडी र्‍याली समापन सत्रमा अष्ट्रेलियादेखि लण्डनहुँदै नेपालसम्म गाडीमा यात्रा गरेका दिनेश कठायत, स्पेनको भ्यालेन्सियामा सम्पन्न मोटर स्पोर्ट्स गेम्समा नेपालबाट सहभागी प्रज्ञा कँडेलले आफ्ना अनुभव सुनाएका थिए । महिला सशक्तिकरण, एड्भेञ्चर स्पोर्ट्स र ड्राइभ टुरिजम मुख्य थिम रहेको सो कार्यक्रमको मोडरेटरको रुपमा नेपाल अटोमोबाइल एसोसिएसन टुरिजम कमिसनकी संयोजक कमला क्षेत्री रहेकी थिइन् । त्यसपछि र्‍याली बिसहजारी तालहुँदै सौराहास्थित चित्रसारी ग्राउण्डमा पुगेको थियो । त्यसै ग्राउण्डमा चितवनमा पहिलोपटक आयोजित महिला मात्र सहभागी भएको अटोजिमखाना फम्र्याटको रेसिङ्ग सम्पन्न भयो ।

    टाइम, स्पिड र डिस्टेन्स (टीएसडी) का आधारमा आयोजना गरिएको र्‍याली प्रतियोगितामा नैना श्रेष्ठ मास्के र रोमासा शिवाकोटीले पहिलो स्थान हासिल गरे भने शोभा बराइली र रेनु तामाङले दोस्रो तथा चन्दना कोइराला र आशादेवी श्रेष्ठले तेस्रो स्थान हासिल गरे । उनीहरुले ड्राइभर र नेभिगेटरको रुपमा भूमिका निभाएका थिए । त्यसैगरी नेपाल अटो जिमखाना प्रतियोगितामा अनिता श्रेष्ठ पहिलो भइन् भने कल्पना पौडेल र सावित्री रेग्मीले क्रमश: दोस्रो र तेस्रो स्थान हासिल गरिन् ।

    राष्ट्रिय खेलकुद परिषद, भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, चितवन अटोमोबाइल डिलर एसोसिएसन, रोटरी क्लबहरु, महिला जेसीज लगायतका संघसंस्थाहरुको सहयोग रहेको सो दुइदिने कार्यक्रमको सन्दर्भमा मार्सल तथा ड्राइभर टे«निङ्ग आइतबार भरतपुरमा सम्पन्न गरिएको थियो ।

    कार्यक्रम समापनको अवसरमा नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) का अध्यक्ष दशरथ रिसाल, सचिवद्वय दिप्रश शाक्य र सन्तोषप्रसाद न्यौपाने, एफआईए वल्र्ड काउन्सिल मेम्बर गोविन्द भट्टराई, बागमती प्रदेश अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष राजन पिया लगायतले विजयी खेलाडीहरुलाई प्रमाणपत्र र नगद पुरस्कार वितरण गरेका थिए । विभिन्न प्रायोजक कम्पनीहरुले गिफ्ट ह्याम्पर प्रदान गरे ।

    बागमती प्रदेश अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष राजन पियाले सहभागी सबै खेलाडी र कार्यक्रम आयोजना गर्न सहयोग पुयाउने सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा समेत महिला सशक्तिकरण, एड्भेञ्चर स्पोर्ट्स, ड्राइभ टुरिजम र रोड सेफ्टीका कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता जनाए ।

    मङ्गलबार, चैत २६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.