चितवन/नारायणगढको पुलचोकदेखि भरतपुरको गोन्द्राङसम्मको ६ लेन सडक उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओली चितवन आउने कार्यक्रम स्थगित भएको छ । चैत २५ गते ६ लेन सडक उद्घाटनका लागि प्रधानमन्त्री ओली चितवन आउने भनी सञ्चारमाध्यममा समाचारसमेत आइसकेको थियो ।
Advertisement
नेकपा एमाले चितवनका अध्यक्ष कमलराज पाठकले कार्यव्यस्तताको कारण प्रधानमन्त्री ओली चितवन आउने कार्यक्रम तत्कालका लागि स्थगित भएको जानकारी दिए । ‘कार्यव्यस्तताको कारण प्रधानमन्त्रीज्यू पर्सी २५ गते चितवन आउन नभ्याउने हुनुभयो’ अध्यक्ष पाठकले भने, ‘६ लेन सडक उद्घाटनको कार्यक्रम केही दिन पर सर्ने भयो ।’




