भरतपुर/लायन्स क्लव अफ भरतपुर मिडटाउनको शनिबार सम्पन्न चौथो वार्षिक साधारण सभा तथा अधिवेशनबाट राम बहादुर गुरुङको नेतृत्वमा वर्ष २०२५/०२६ का लागि नया नेतृत्व सर्वसम्मत चयन गरेको छ ।
नवनिर्वाचित समितिको अध्यक्षमा राम बहादुर गुरुङ्ग, प्रथम उपाध्यक्षमा मोहन आचार्य, द्वितीय उपाध्यक्षमा सन्तोष तिमिल्सिना, सचिवमा पिण्डराज के.सी. र कोषाध्यक्षमा डा. दिपक सुवेदी निर्वाचित हुनु भएको छ । अन्य कार्य समिति सदस्यहरुलाई समितिको आगामि बैठकबाट नियुक्त गरिने नवनिर्वाचित अध्यक्ष लायन राम बहादुर गुरुङ्गले जानकारी दिनुभयो ।
कार्यक्रम क्लबका अध्यक्ष आनन्द घिमिरेको अध्यक्षता तथा क्लबका संस्थापक अध्यक्ष गंगाधर तिमिल्सिनाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । क्लवका कार्यक्रममा विभिन्न योगदान दिनु भएका लायन सदस्य साथीहरुलाई प्रमुख अतिथि तथा अध्यक्षबाट सम्मान गरिएको थियो । उक्त कार्यक्रममा विशिष्ट अतिथि यस क्लवका पुर्व अध्यक्ष तथा जोन २८ का जोन चेअरपर्सन ई. उमेश ढकाल सहित शाखा क्लवका सदस्यहरुको उपस्थिति रहेको थियो ।
राम बहादुर गुरुङ्गको नेतृत्वमा लायन्स क्लव अफ भरतपुर मिडटाउन
राम बहादुर गुरुङ्गको नेतृत्वमा लायन्स क्लव अफ भरतपुर मिडटाउन
Advertisement
तपाईको प्रतिक्रिया




