भरतपुर/नवौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०८१ को दोश्रो दिन स्थानीय कलाकारहरु नेत्रजी पन्त, सीता कँडेल र गणेश चेपाङको विशेष प्रस्तुति र जादुगर बलराम सरकारको जादुकला लगायत विभिन्न कार्यक्रमहरु सम्पन्न भयो । कलाकारहरुले विभिन्न गीत, संगीत प्रस्तुत गरेका थिए भने, जादुगर बलराम सरकारले जादु मार्फत अवलोकनकर्ताहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।
प्रदर्शनीको तेश्रो दिन चैत्र १६ गते, विषय विज्ञ र सरोकारवाला निकायहरुको उपस्थितिमा “नेपालको वर्तमान आर्थिक परिदृश्य : औद्योगिक विकासका सम्भावना, अवरोध र समृद्धिका उपायहरु” शीर्षकमा प्यानल छलफल कार्यक्रम हुँदैछ ।
Advertisement




