रत्ननगर/क्षेत्रीय होटेल संघ नेपाल चितवनको २० औं वार्षिक साधारण सभा तथा १० औं अधिबेशनले अध्यक्षमा ओम प्रकाश पाण्डे सर्वसम्मत चयन भएका छ । जस्काे उपाध्यक्षमा गुणराज थपलीया , महा सचिवमा महेश खनाल , सचिवमा संगम घिमिरे , कोषाध्यक्षमा बबिता चौधरी , सह कोषाध्यक्षमा रञ्जन भण्डारी चयन हुनुभएको छ।महासचिव बाहेक अन्य पदमा निर्विरोध निर्वाचित भएका थिए भने महासचिवमा खनाल सग शिव प्रसाद भुषाल पराजित भएका थिए ।
त्यस्तै कार्यसमिति सदस्यहरुमा गोपी चन्द सापकोटा , कृष्ण प्रसाद दाहाल ,दिलिप माली , सुभास चन्द्र गौतम ,गणेश कुमार दाहाल र दिपक अधिकारी चयन हुनु भएकाे छ । त्यस्तै बाकी १ जना उपाध्यक्ष पछि मनोनित गर्ने संघले जनाएको छ। निर्वाचित सम्पुर्ण पदाधिकारीलाई निर्वाचन अधिकृत सुरेश चन्द्र खरेलले पद तथा गोपनीयताको शपथ खुवाउनु भएकाे थियाे । भने निवर्तमा अध्यक्ष गंगा गिरिले संघकाे माईन्ट नव निर्वाचित अध्यक्ष पाण्डेलाई हस्तान्तरण गर्नु भएकाे थियाे ।




