• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

चितवन अन्तर्राष्ट्रिय नाटक महोत्सवमा ६ वटा देशको प्रस्तुति


  •   सोमबार, चैत ११, २०८१ मा प्रकाशित
  • चितवन/नारायणगढस्थित नारायणी कला मन्दिरमा आइतबारदेखि ‘प्रथम चितवन अन्तर्राष्ट्रिय नाटक महोत्सव–२०८१’ सुरु भएको छ । तीन दिनसम्म चल्ने (मंगलबार) सम्म उक्त महोत्सवमा नेपालसहित भारत, जापान, इरान, लिथुवानिया र स्पेनका नाट्यकर्मीको प्रस्तुति रहने छन् । तरङ्ग नाट्य समूह, कर्मी चौतारी र नारायणी कलामन्दिरले संयुक्तरूपमा महोत्सव आयोजना गरेका हुन् । काठमाडौंमा जारी नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) को समानान्तर कार्यक्रमका रूपमा चितवनमा पनि नाटक महोत्सव सुरु गरिएको हो । नाट्य महोत्सव कास्कीको पोखरा र मोरङको बेलबारीमा पनि सुरु भएको छ ।

    Advertisement

    चितवनमा आइतबार अपरान्ह भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारी र कलाकार विजय बरालले संयुक्तरूपमा नेपाली बाजा झ्याली र ढ्याङ्ग्रो बजाएर नाटक महोत्सवको उद्घाटन गरेका हुन् । महोत्सव उद्घाटन गर्दै उपमेयर अधिकारीले कला, साहित्य, भाषा र संस्कृतिको जगेर्ना गर्न महानगरले प्रज्ञाप्रतिष्ठान बनाएर काम गर्दै आएको बताए । चितवनमा युवा साथीहरूले अन्तर्राष्ट्रिय नाटक महोत्सव गरेर प्रसंशनीय काम गरेको भन्दै उनले खुसी व्यक्त गरे । कलाकार विजय बरालले भवन मात्रै भएर शहर सुन्दर नहुने दावी गरे । ’शहर सुन्दर हुन ठुला ठुला भवन बनाएर मात्रै हुँदैन, त्यहाँ कला हुनुपर्छ । कला बुझेको मान्छेले शहरको नेतृत्व गर्नुपर्छझ, कलाकार बरालले भने – ’चितवनमा कलाको लहर चलेको छ । यहाँका साथीहरू मेहनत गरेर लागिरहेकोमा मलाई खुसी लागेको छ ।

    उद्घाटन सत्रलगत्तै जापान र नेपालका कलाकारको प्रस्तुति रहेको ‘कान्दता एन्ड शकुन्तला’ नाटक देखाइएको थियो । त्यसपछि चितवनका नाट्यकर्मीले बनाएको ‘बिम्बको भरिया’ नाटक प्रस्तुत गरियो । आइतबार दुईवटा नाटक र दुई वटै सांस्कृतिक नाच प्रस्तुत भएको नारायणी कलामन्दिरको प्रेक्षालयमा सोमबार र मंगलबार पनि यो सिलसिला जारी नै रहने छ । जहाँ विदेशी नाट्यकर्मीले पस्कने फरक शैलीका नाटकसँग रमाउन पाइने छ । सोमबार आयोजकले नै एउटा नाटक प्रस्तुत गरेपछि लिथुवानिया र स्पेनका नाट्यकर्मीले संयुक्त नाटक ‘अराइभ्ड’ देखाउने छन् । ‘अराइभ्ड’पछि इरानी नाटक ‘एन्टिगोन’ प्रस्तुत हुने छ । सोमबार नै स्पेनको टोलीको सडक नाटक, कविता वाचनको कार्यक्रम र गुरुङ जातिको सांस्कृतिक नाचसमेत राखिएको आयोजकले जानकारी दिए ।

    मंगलबार सकिने महोत्सवमा भारतीय नाटक ‘तमासा’ मञ्चन हुनेछ । महोत्सवमा नेपालसहित ६ देशका ४० नाट्यकर्मीको जमघट हुने संयोजक देवकुमार श्रेष्ठले बताए । काठमाडौंमा जारी नाट्य महोत्सवमा सहभागी हुन आएका विदेशका नाट्यकर्मी नारायणगढमा पनि नाटक लिएर आएका हुन् । ‘अन्तर्राष्ट्रिय स्तरका नाट्यकर्मीको जमघट र कला प्रस्तुति यहाँका दर्शकका लागि र हामी नाट्यकर्मीका लागि पनि फलदायी हुने छ भन्ने आशा छ । चितवनमा नाटक र रंगमञ्चको संस्कृति विकासमा यो महोत्सवले राम्रो भूमिका खेल्ने छ,’ महोत्सवका निर्देशक अञ्जान प्रदीपले भने ।नाट्य महोत्सवमा चित्रकार बरुणबाबु घिमिरेको चित्रकला प्रदर्शनी पनि राखिएको छ । प्रदर्शनीमा राखिएको कलाकार विजय बरालको पोट्रेट घिमिरेले बराललाई नै हस्तान्तरण गरेका छन् । सोही प्रदर्शनीमा कर्मी चौतारीको एक दशक लामो यात्राका गतिविधिको फोटो प्रदर्शनी पनि राखिएको छ । महोत्सवको अन्तिम दिन मंगलबार एउटा शास्त्रीय प्रस्तुति पनि रहने निर्देशक प्रदीपले जानकारी दिए ।

    सोमबार, चैत ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.