• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

सपना विद्यालयले मनायो सातौँ वार्षिकोत्सव तथा अभिभावक दिवस 


  •   सोमबार, चैत ११, २०८१ मा प्रकाशित
  • रत्ननगर/पुर्वीचितवनको रत्ननगर-७ स्थित सौराहामा रहेको सपना विद्यालयको सातौँ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ।  “बच्चाको भविष्य नै अभिभावकको भविष्य हो” भन्ने मुल नाराका साथ सम्पन्न सो कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वर्षा पुरी गिरी सभाध्यक्ष रहनुभएको थियो।  कार्यक्रममा रत्ननगर नगरपालिकाका शिक्षा अधिकारी नारायण वाग्ले प्रमुख अतिथिको रुपमा रहेका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथी वाग्लेले सपना स्कूल अन्य विद्यालयभन्दा फरक रहेको र केवल किताबी शिक्षा मात्र नभई व्यवहारिक ज्ञान प्रदान गर्दै आएको बताउनुभयो।
    त्यस्तै, कार्यक्रममा सपना भिलेज सोसल इम्प्याक्टका अध्यक्ष एवं विद्यालयका संरक्षक ध्रुव गिरीले विद्यालयको मूल नारा “बच्चाको भविष्य नै अभिभावकको भविष्य हो”लाई अगाडि सार्दै अभिभावक र समाजको भविष्य बालबालिकाको उज्ज्वल भविष्यसँग प्रत्यक्ष रूपमा जोडिएको कुरा व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “बच्चाहरूको भविष्य राम्रो भयो भने मात्रै हामी गर्व गर्न सक्छौं। उनीहरू सक्षम, शिक्षित र संस्कारी भए मात्र समाजको भविष्य उज्ज्वल बन्छ।
    बालबालिकाको भविष्य राम्रो बनाउनको लागि अहिले नै सही जग बसाल्न आवश्यक छ। यदि उनीहरूको आधार मजबुत भयो भने, जीवनमा अगाडि बढ्न र सफल बन्न सजिलो हुनेछ।” गिरिले बताउनुभयो। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा रत्ननगर वडा नं. ७ का वडा अध्यक्ष सजना महतो रहेका थिए। कार्यक्रममा बोल्दै महतोले कार्यक्रममा बोल्दै उनले भने,”सपना स्कूलले सिर्फ किताबी ज्ञान मात्र होइन, विद्यार्थीहरूलाई सही संस्कार सिकाउँदै थप जिम्मेवार नागरिक बनाउने कार्य गरिरहेको भन्दै विद्यालयको प्रयासको उच्च प्रशंसा गर्नुभयो।” उहाँले सपना स्कूलको शिक्षण पद्धति र समाजमा पुर्याउँदै आएको सकारात्मक प्रभावलाई महत्त्वपूर्ण भन्दै भविष्यमा पनि यस अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा विद्यार्थीहरुले स्वागत गीत प्रस्तुत नृत्य, गायन तथा अन्य सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।
    कार्यक्रममा अभिभावकतर्फ सुमन क्षेत्रीले आफ्नो मन्तव्य राखेका थिए । उनले सपना स्कूलमा आफ्ना बच्चा पढाउन पाएकोमा गर्व महसुस गरेको बताउनु भयो।”  उनले सपना स्कूलले विद्यार्थीहरूलाई जिम्मेवार, संस्कारी र ज्ञानयुक्त बनाउने शिक्षा प्रदान गरिरहेको उल्लेख गर्दै विद्यालयप्रति आभार व्यक्त गर्नुभयो।
    सपना भिलेज सोसल ईम्प्याक्टको मातहतमा संचालित सो विद्यालयले विगत लामो समय देखि विद्यार्थीहरूलाई जीवन उपयोगी सीप र नैतिक मूल्य सिकाउने संस्कारयुक्त शिक्षा प्रदान गर्ने उल्लेखनीय कार्य गरिरहेको छ। उहाँले थप्दै भन्नुभयो कि सपना स्कूल प्राकृतिक वातावरणमा अवस्थित भएकाले यहाँका विद्यार्थीहरू स्वच्छ वातावरणमा अध्ययन गर्न पाउँछन्, जसले उनीहरूको मानसिक र शारीरिक विकासमा सकारात्मक प्रभाव पार्छ। प्रमुख अतिथिले विद्यालयको यस्तो विशिष्ट विशेषता अन्य विद्यालयका लागि पनि प्रेरणादायक रहेको बताउँदै विद्यालय परिवारलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो।
    कार्यक्रममा सभाध्यक्ष वर्षा पुरी गिरीले उपस्थित सम्पूर्ण अतिथि, शिक्षक, विद्यार्थी तथा अभिभावकप्रति आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्नुभयो। साथै,उहाँले शिक्षक र अभिभावकहरूको अथक प्रयासकै कारण सपना स्कूल आज यो स्थानमा आइपुगेको बताउनुभयो। विद्यालयप्रति अभिभावकहरूले देखाउनु भएको विश्वासका लागि उहाँले विशेष धन्यवाद व्यक्त गर्दै सपना भिलेज सोसल इम्प्याक्टको विद्यालयप्रतिको निरन्तर सहयोगको पनि चर्चा गर्नुका साथै विद्यालयलाई हरेक चरणमा साथ दिँदै आएकोमा सपना भिलेज सोसल इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीलाई विशेष धन्यवाद व्यक्त गर्नुभयो।  साथै, उहाँले यदि विद्यालयमा कुनै कमजोरी देखिएमा, खुला मनले सुझाव दिन आग्रह गर्दै विद्यालय सधैं सुधार र विकासका लागि तयार रहेको कुरा व्यक्त गर्नुभयो।
    कार्यक्रममा विद्यालयका पुर्व प्रधानाध्यापक सुर्य प्रसाद लामिछाने,सपना भिलेज सोसल ईम्प्याक्टका कार्यक्रम प्रमुख सुजन बस्नेत,रनपा-७ का वडा सदस्य माईली सुनार,सो विद्यालयकस संयोजक रोशनी तामाङ्ग लगायत अतिथिको रुपमा रहेका थिए। वि.सं २०७३ सालमा स्थापित सो विद्यालयमा मन्टेश्वरी विधिबाट शिक्षण हुँदै आएको छ। कक्षा १ सम्म अध्यापन हुने सो विद्यालयमा हाल ५ शिक्षक र ३ जना कर्मचारी कार्यरत रहेका छन।

    Advertisement

    सोमबार, चैत ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.