• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शुक्रबार, असोज ३०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

‘प्रथम नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२५’ हुँदै


  •   बिहिबार, चैत ०७, २०८१ मा प्रकाशित
  • पोखरा । पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोशिएसनको आयोजनामा चैत १४ देखि १७ गतेसम्म पोखरा–१२ स्थित अमरसिंह खेलकुद मैदानमा ‘प्रथम नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२५’ हुनेछ । वृहत अटो प्रदर्शनीमा गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरपालिका प्रबद्र्धक रहेका छन् भने पोखरा उद्योग वाणिज्य संघ, युनाइटेड क्लब पोखरा तथा प्रदर्शनीस्थल उपलब्ध गराई दिएर अमरसिंह माध्यमिक विद्यालय सहयोगी संस्था बनेका छन् ।

    Advertisement

    नविनतम् सवारी साधनका मोडलहरू, आधुनिक प्रविधिहरू तथा यस क्षेत्रका अन्य सेवा प्रदायकको एकै थलोमा प्रदर्शन हुनुका साथै नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२५ मा स्थानीय एवं देशभरबाट डिलर, उत्पादक, विक्रेता एवं ग्राहकको भेलाले गण्डकी प्रदेशमा सवारी साधन र सम्बन्धित सम्पूर्ण क्षेत्रको विकास, बजारीकरण र विस्तारका लागि महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ । साथै यस प्रदर्शनीले स्थानीय रुपमा देखिने वा महसुस गरिने विभिन्न व्यावसायिक समस्याको चिनारी गर्ने तथा त्यसका सामाधानका विकल्पहरु खोज्ने साझा थलो बत्र सक्ने आयोजकको विश्वास छ ।

    राष्ट्रिय महत्वका आयोजनाहरू तथा स्थानीय विकासका कार्यक्रमहरू सवारी साधन बिना कल्पना मात्र पनि गर्न नसकिने अवस्था छ भने सर्वसाधारणको दैनिक जीवनलाई सहज एवं चलायमान बनाउनको लागि पनि सवारी साधन अत्यावश्यक वस्तुको रुपमा स्थापित भइसकेको छ । यस सन्दर्भमा प्रदर्शनीले बजारको मागलाई चित्रण गर्दै सवारी साधनको अपरिहार्यताबारे धारणा बनाउन तथा त्यसअनुरूप नितिगत अग्रसरता लागि पनि सहयोग गर्नेछ ।

    प्रदर्शनीमा १९ वटा ब्राण्डका ४–पाङ्ग्रे, ६ वटा ब्राण्डका लाइट कमर्शियल, ७ वटा ब्राण्डका २–पाङ्ग्रे लगायत लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, अन्य एशोसेरिजहरू तथा वित्तीय संस्थाका २० वटा स्टलहरू रहने छन् भने प्रदर्शनीमा जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहभागितामा सवारी साधन सुरक्षा सम्बन्धी जानकारी, सडक सुरक्षा तथा ट्राफिक नियम पालना सम्बन्धी विविध जानकारी मूलक कार्यक्रमहरू सञ्चालन गरिने बताइएको छ । पोखरा लायन्स क्लबको सहयोगमा चैत १५ गते प्रदर्शनी परिसरभित्र रक्तदान कार्यक्रम समेत सञ्चालन हुनेछ ।

    गण्डकी प्रदेशमा पहिलो पल्ट हुन गइरहेको यस प्रदर्शनीमा TOYOTA, OMODA, ATHER, BAJAJ, BYD, CITROEN, DEEPAL, DONG FENG, HIGER, HYUNDAI, ISUZU, JAECOO, KAIYI, KAMA, KIA, LEAP MOTORS, LEV, MAHINDRA, MG, NAAMI, NEW GONOW, NISSAN, RIDDARA, ZEEKR, XPENG, ROYALENFIELD, SKYWELL, SKYWORTH, SUZUKI, TATA, TRIUMPH, TVS, YAMAHA, जस्ता प्रख्यात ब्राण्डका सवारी साधनको सहभागिता रहनेछ ।

    प्रदर्शनीको व्यापक प्रचार–प्रसारका लागि नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल, पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोशिएसन, गण्डकी प्रदेश अटोमोबाइल संघ, एनवाइईएफ पोखरा र जोन्टा क्लव अफ पोखराको संयुक्त आयोजनामा चैत्र ९ गते शनिवार विहान ८ बजे पोखरा रंगशालाबाट शुरु भई अमरसिंह मैदानमा सम्पन्न हुने गरी मोटर ¥याली पनि आयोजना गर्न लागिएको छ ।

    प्रदर्शनीको टिकटिङ पार्टनरमा खल्ती एप, इन्टरनेट पार्टनरमा पोखरा इन्टरनेट, फायर सेफ्टी सपोर्टमा हिटको प्रालि, अफिसियल इन्स्योरेन्समा सगरमाथा लुम्बिनी इन्सुरेन्स (सलिको), ट्राभल पार्टनरमा स्वीफ्ट होलिडेज, हस्पिटालिटी पार्टनरमा होटल शारा, हस्पिटल पार्टनरमा नेपाल मनिपाल कलेज अफ मेडिकल साइनस (मनिपाल हस्पिटल), इन्सुरेन्स पार्टनरमा नेपाल इन्सुरेन्स जस्ता प्रतिष्ठित संस्थाहरू रहेका छन् । प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेज (जेम्स)ले गरिरहेको छ ।

    बन्दिपुर केवुलकार एण्ड टुरिजम लिमिटेडले डोर प्राइज स्पन्सर अन्तर्गत ३ सय वटा केबुलकार टिकट उपलब्ध गराउने भएको छ । प्रदर्शनी अवलोकन गर्न आउनेले टिकटमा गोलाप्रथाद्वारा सो केबुलकारको टिकट प्राप्त गर्न सक्नेछन् । PUIRO WATER DRINKING PARTNER को रुपमा रहेको छ । चार दिनसम्म चल्ने अटो शोलाई ३५ हजार आगन्तुकले अवलोकन गर्ने विश्वास लिइएको वाडा उपाध्यक्ष एवं वाडा अटो शो २०२५ संयोजक निरन केसीले जानकारी दिए ।

    बिहिबार, चैत ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.