• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

लाइसियममा सचेतनामूलक प्रशिक्षण कार्यक्रम


  •   आइतबार, चैत ०३, २०८१ मा प्रकाशित
  • रत्ननगर/रत्ननगर नगरपालिका वडा नम्वर १० हरिहर टोलमा निर्माणाधिन अवस्थामा रहेको विद्यालय भवनमा लाइसियम इन्टरनेशनल मोडल स्कुलले रत्ननगर नगरपालिका वडा नम्वर १० संगको समन्वय, इलाका प्रहरी कार्यालय रत्ननगर तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको प्राज्ञिक सहयोग तथा अनकोनको आर्थिक सहयोगमा शनिवार एक समारोह विच सामाजिक सुरक्षा र सजगताका लागि एक दिवशिय सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा.मधुसुदन लामिछानेको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा रत्ननगर नगरपालिका वडा नम्वर १० अन्तरगतका २० वटा टोल विकास संस्थाहरु मध्ये श्रीकृष्ण, कैलाश, बगैँचा, जागृति, स्वावलम्वन, नमूना, मैबले, कल्याण, उन्नती, शिवनगर, शुभप्रभात, जनजागृति, शान्ति,उज्जवल र हरिहर टोल विकास संस्था गरि १५ वटा टोल विकास संस्था, सक्षम आमा समूह र सिद्धिगणेश महिला समूह समेत गरी १७ वटा संस्थाबाट पाँच –पाँच जना सहभागीहरु तथा अनकोनका नेपाल प्रतिनिधि बासुराज विष्टको उपस्थितिमा इलाका प्रहरी कार्यालय रत्ननगरका वरिष्ठ प्रहरी नायव निरीक्षक गोविन्द परियारले लागु औषध तथा साइवर अपराधका सम्वन्धमा र ट्राफिक प्रहरी कार्यालय रत्ननगरका प्रमुख प्रहरी नायव निरीक्षक पुष्पराज जोशीले सडक सुरक्षा सम्वन्धमा प्रशिक्षण प्रदान गर्नु भएको थियो ।
    उक्त कार्यक्रममा स्वागत मन्तव्यका क्रममा विद्यालयका प्रबन्ध निर्देशक सन्तोष पन्तले समाजमा बढ्दै गएको सडक दुर्घटना, साइवर अपराध र लागू औषध दुव्र्यसनलाई सचेतनाका माध्यमबाट न्युनिकरण गर्दे सभ्य, सुसंस्कृत र मानविय समाज निर्माण गर्न लाइसियमले रत्ननगर नगरपालिका, वडा कार्यालयहरु तथा टोल विकास संस्थाहरु संगको समन्वयमा विगत देखिनै समुदाय तथा विद्यालय स्तरमा विभिन्न रचनात्मक कार्यक्रमहरु सञ्चालन गरि रहेकोमा यस पटक सामाजिक सुरक्षा तथा सजगताका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गरि पाठ्य सामग्री समेत हस्तान्तरण गर्ने कार्यक्रम रहेको र आगामी शनिवार यिनै विषयमा प्रतिष्पर्धात्मक रुपमा हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरि प्रथम, द्धितिय र तृतिय हुने समूहलाई नगद पुरस्कारद्धारा सम्मान गरिने कार्यक्रम रहेको बताउनु भएको थियो ।

    Advertisement


    कार्यक्रममा सहभागीका तर्पmबाट उन्नती टोल विकास संस्थाका अध्यक्ष यम प्रसाद भट्ट र कैलाश टोल विकास संस्थाका प्रतिनिधि संगिता आचार्यले लाइसियम स्कुलले समसामयिक विषयमा प्रशिक्षण प्रदान गरेर समुदायमा सचेतना अभिवृद्धि गर्ने कार्यक्रम आयोजना गरेकोले आफु लगायत सहभागीहरु सबै लाभान्वीत भएको र आगामी दिनहरुमा समेत समुदायलाई समेटेर अन्य रचनात्मक कृयाकलापहरु सञ्चालन गर्ने विश्वास प्रकट गर्नु हुँदै आफुबाट विद्यालय परिवारलाई सधै सकारात्मक सहयोग भई रहने बचनवद्धता प्रकट गर्नु भएको थियो ।
    प्रशिक्षण कार्यक्रमको अन्तमा सहभागीहरुलाई पाठ्य सामग्री हस्तान्तरण गर्नु हुँदै सभापति डा. लामिछानेले साइवर अपराध, सडक दुर्घटना तथा लागू औषध दुव्र्यसनको वर्तमान अवस्थाको चित्रण गर्नुका साथै समय सापेक्ष र प्रभावकारी प्रशिक्षण दिनु भएकोमा प्रशिक्षक वर्गलाई र कार्यक्रमलाई आर्थिक सहजिकरण गरि दिनु भएकोमा अनकोनका अध्यक्ष बटुक राज विष्ट प्रति आभार प्रकट गर्नु भएको थियो भने चार घण्टा भन्दा लामो निरन्तरको प्रशिक्षण पनि धैर्यता र सक्रियताका साथ ग्रहण गर्नु भएकोमा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नुृका साथै प्रशिक्षणले समाजमा अपराध नियन्त्रण गर्न तथा सजगताका लागि एउटा इट्टा थपेको विश्वास व्यक्त गर्नु भएको थियो । विद्यालयका शिक्षक भिमाकुमारी थापाले सञ्चालन गरेको उक्त कार्यक्रममा शिक्षक सुनिता लामिछाने, चुना घिमिरे तथा दिनिका थापाले आवश्यक व्यवस्थापन गर्नु भएको थियो ।

    आइतबार, चैत ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.