• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

शान्ति सुरक्षा सम्बन्धि प्रहरी अनुरोध कार्यक्रम


  •   शुक्रबार, फागुन २३, २०८१ मा प्रकाशित
  • काठमाण्डौं/समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत फागुन २३ गते शुक्रबार टुँडालदेवी मन्दिर परिसरमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवी, प्रहरी बृत महाराजगंज र मालीगाउँको संयुक्त आयोजनामा शान्ति सुरक्षा सम्बन्धी प्रहरी अनुरोध कार्यक्रम सम्पन्न भएको छ।

    Advertisement

    सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष राम प्रसाद न्यौपानेको सभापतित्वमा आयोजित कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक विश्व अधिकारी प्रमुख अतिथि रहनुभएको थियो। त्यस अवसरमा पूर्व सचिव एवं पूर्व महालेखा परीक्षक मधुसुदन ढकाल, नेपाली सेनाका पूर्व उपरथी शिवराम प्रधान, पूर्व अतिरिक्त प्रहरी महानिरिक्षकद्धय कमल सिंह बम र निरज शाही, पूर्व प्रहरी नायब महानिरिक्षक हेमन्त मल्ल, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरिक्षक कुलदिप चन्द  विशेष अतिथि रहनुभएको थियो।

    कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्नुहुँदै जिल्ला प्रहरी परिसर काठमाडौंका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक विश्व अधिकारीले समाजमा शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा रोकथामका लागि सूचना आदान-प्रदान महत्वपूर्ण रहेको बताउँदै अपराध न्यूनीकरणका लागि जिल्ला प्रहरी परिसर काठमाडौं प्रतिबद्ध रहेको जानकारी गराउनुभयो। उहाँले नागरिक समाज नै सूचना स्रोत भएकाले सत्यतथ्य सूचना प्रहरीलाई उपलब्ध गराइदिन अनुरोध गर्नुभयो । “अपराध नियन्त्रणमा सूचना आदानप्रदान महत्वपूर्ण छ, नागरिक समाज नै सूचना स्रोत भएकाले सत्यतथ्य सूचना प्रहरीलाई उपलब्ध गराइदिन हाम्रो अनुरोध पनि छ​” उहाले भन्नुभयो ।  साथै उहाँले समुदाय प्रहरी साझेदारी कार्यक्रमको उद्देश्य अपराध नियन्त्रण गर्नु रहेको उल्लेख गर्दै प्रहरी र समुदायको सहभागितामा मात्र समाजलाई सुरक्षित बनाउन सकिने धारणा समेत व्यक्त गर्नुभयो।

    कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुँदै सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष राम प्रसाद न्यौपानेले आसन्न होली पर्वलाई मध्यनजर गर्दै कार्यक्रम आयोजना गरिएको जनाउनुहुँदै समुदाय र प्रहरीको आपसी समन्वयमा शान्ति सुरक्षालाई प्रवर्द्धन गर्न सकिने बताउनुभयो। पूर्व अतिरिक्त प्रहरी महानिरिक्षक कमल सिंह बमले सामुदायिक सेवाले अपराध नियन्त्रणमा प्रहरीलाई सहयोग पुर्‍याउँदै आएको बताउनुहुँदै जिल्ला प्रहरी परिसर काठमाडौंले कर्मठ र क्षमतावान नेतृत्व पाएको उल्लेखसहित परिसर प्रमुख विश्व अधिकारीको कार्यकालमा अपराध नियन्त्रणमा अझ उपलब्धी हासिल हुने विश्वास व्यक्त गर्नुभयो ।

    त्यस्तै पूर्व प्रहरी नायब महानिरिक्षक हेमन्त मल्लले सामुदायिक सेवा केन्द्र टुँडालदेवीको सक्रियताको प्रशंसा गर्दै प्रहरीप्रति समाजमा आउने विभिन्न गुनासाहरू सम्बोधन गर्न प्रारम्भिक अनुसन्धानलाई अझ प्रभावकारी बनाउन जोड दिनुभयो। वडा सदस्य नवीन मैनालीले स्थानीय तहमा अपराध नियन्त्रण तथा शान्ति सुरक्षाको लागि सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। कार्यक्रममा प्रहरी बृत मालीगाउँका कार्यालय प्रमुख प्रहरी नायब उपरिक्षक सुनिलजङ शाहले धन्यवाद ज्ञापन गर्नुहुँदै शान्ति सुरक्षा कायम गर्न समुदायको साथ महत्वपूर्ण हुने बताउनुभयो।

    सो अवसरमा सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष राम प्रसाद न्यौपानेले जिल्ला प्रहरी परिसर काठमाडौंका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक विश्व अधिकारी, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरिक्षक कुलदिप चन्द र प्रहरी वृत्त महाराजगंजका कार्यालय प्रमुख प्रहरी नायब उपरिक्षक निरन्जन थापालाई दोसल्ला ओडाई स्वागत सम्मान टक्राउनुभएको थियो ।  कार्यक्रममा विभिन्न संघ संस्था, स्थानीय क्लब, टोल सुधार समिति, सरकारी तथा निजी विद्यालयका प्रधानाध्यापक तथा प्रिन्सिपल, स्थानीय व्यक्तिहरू गरी करिब १६० जनाको उपस्थिति रहेको थियो।   काठमाडौँ महानगरपालिका वडा नं ४ मा विशालनगर, चण्डोल, चुनदेवी, वालुवाटार, पञ्चकन्या, गणेशवस्ती, चप्पल कारखाना, प्रगती टोल, धुम्बाराही, रारामार्गलगायतका क्षेत्र पर्दछन् ।

    शुक्रबार, फागुन २३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.