चितवन/ईनर ह्विल क्लव अफ भरतपुरद्वारा कृष्णपुर स्थित सत्य साइ आश्रममा खाद्यान्न वितरण गरीएको छ । आज एक कार्यक्रम गर्दै आश्रममा खाना वितरण गरीएको हो । प्रेसिडेन्ट आइ डब्लु सनुजा श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा खाद्यान्न सौजन्य गर्नुभएका दिलिप पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।

“स्वार्थ भन्दा माथी सेवाको भाव।“भन्ने मुल भनाइलाई आत्मा साथ गर्दै खाद्यान्न वितरण कार्यक्रम साथै कार्यक्रमलाइ सौज्यन गर्ने दिलिप पौडेल र सस्थाका सदस्य आइ डब्लु देवि पौडेलको छोरा दिपेश पौडेलको जन्म दिनको अवसरमा सत्य साई आश्रममा रहेका बालिकाहरुलाई सहयोग स्वरुप खाद्यान्न हस्तान्तरण गरिएको थियो । त्यस्तै आश्रमका कोषाध्यक्ष भवानी प्रसाद श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो । दिपेश पौडेल र भिपि आइ डब्लु मिना गुरुङ र बोर्डका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।




