• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शुक्रबार, असोज ३०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ३. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ७. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

नेपाल मेडिकल कलेजको रजत जयन्तीमा प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीद्वारा कलेजको प्रशंसा


  •   बिहिबार, फागुन १५, २०८१ मा प्रकाशित
  • काठमाडाैं/प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीद्वारा नेपाल मेडिकल कलेजले सञ्चालन गरेका सेवाहरूको प्रशंसा नेपाल मेडिकल कलेजले आम सर्वसाधारणलाई सहज र सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशंसा गर्नुभएको छ । मंगलबार कलेजको रजत जयन्ती समारोह तथा नवनिर्मित डेण्टल भवनको उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपाल सरकारका विभिन्न निकायबाट प्रदान गरिएका स्वास्थ्य बीमा कार्यक्रमसँगै गोकर्णेश्वर नगरपालिकासँग सहकार्य गरेर कलेजले प्रदान गर्दै आइरहेका स्वास्थ्य कार्यक्रमबाट गरिब, विपन्न तथा आम सर्वसाधारण नागरिकहरु लाभान्वित भएकोमा प्रशंसा गर्नुभएको हो ।

    Advertisement

    ‘नेपाल मेडिकल कलेजले देशभरका गरिब, विपन्न नागरिकको स्वास्थ्य सेवामा पुर्याएको योगदानको म प्रशंसा गर्दछु । सरकारका निकायहरुले सञ्चालन गरेका सबै सुविधाहरु यहाँ रहेछ । जनतालाई सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा दिएकोमा कलेजलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’ उहाँले स्वास्थ्य सेवासँगै मुलुकको लागि चाहिने दक्ष जनशक्ति उत्पादनमा पनि कलेजले महत्वपूर्ण योगदान पुर्याएकोमा प्रशंसा गर्दै सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडी बढ्न प्रतिबद्ध रहेको बताउनु भयो ।

    यस्तै, उहाँले सुशासन र विकासका लागि वर्तमान सरकार बनेको भन्दै पछिल्लो समय मुलुकमा धेरै कामहरु भएको जिकीर गर्नुभयो । आफू यसअघि ३ वर्ष प्रधानमन्त्री बन्दा असाधारण परिवर्तनका काम गरेको तर त्यसपछि बनेका सरकारहरूले काम अघि नबढाउँदा विकास अघि बढ्न नसकेको उहाँको भनाई छ । ‘म ३ वर्ष प्रधानमन्त्री हुँदा देशमा असाधारण काम भएका छन् । स्वास्थ्य क्षेत्रका विकासका लागि एकै पटक ३९६ आधारभुत अस्पतालको शिलान्यास गरेको थिए । तर, त्यसपछिका सरकारले ती अस्पतालहरु बनाउने कार्य नै रोकिदिए ।’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

    प्रधानमन्त्री ओलीले १५ मंसिर २०७७ मा बालुवाटारबाट स्वीच थिचेर ३९६ आधारभूत अस्पतालको शिलान्यास गर्नुभएको थियो ।

    उहाँले दुई ठुला राजनीतिक दलहरू मिलेर सरकार बनाउनु पनि विगतमा रोकिएका विकास निर्माणका कामहरू अघि बढाउनु रहेको बताउनु भयो । देशमा सुशासन र विकासको गति तीव्र बनाउन सरकारले काम गरिरहेको उहाँको भनाई छ ।

    ‘केही भएको छ, अझै धेरै गर्न बाँकी छ । केही भएको छ । म दावाका साथ भन्छु तीन वर्ष म प्रधानमन्त्री हुँदा अहिलेसम्म असाधारण परिवर्तन भयो । त्यो प्रगतिलाई बिचको तीन वर्षले धान्न सकेन’ प्रधानमन्त्रीले भन्नुभयो ।

    यस्तै कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पनि कलेजले दक्ष जनशक्ति उत्पादन र जनतालाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्न पुर्याएको योगदानको प्रशंसा गर्नुभयो ।

    नेपालको चिकित्सा क्षेत्रको वृहत्तर विकास र विस्तारमा निजी क्षेत्रले महत्वपूर्ण योगदानको दिएको भन्दै सरकार निजी क्षेत्रसँग आवश्यक सहकार्य र समन्वय गर्दै अगाडी बढ्ने बताउनु भयो । नागरिकलाई गुणस्तरीय स्वास्थ्य प्रदान गर्न सरकारले ल्याएका बीमा कार्यक्रमहरुलाई अझ प्रभावकारी र व्यवस्थित बनाउन सरकार लागि परेकोमा त्यसको कार्यान्वयनमा नेपाल मेडिकल कलेजले समन्वयकारी भूमिका निर्वाह गर्नेमा आफू विस्वस्त रहेको बताउनु भयो ।

    मन्त्री पौडेलले भन्नुभयो,‘उपचारात्मक क्षेत्रमा कसरी नागरिकलाई बढी सुविधा दिन सकिन्छ, त्यसमा सरकार गम्भीर छ, सरकारको नेतृत्व गर्ने सम्माननीय प्रधानमन्त्रीज्यु गम्भीर हुनुहुन्छ । हामी कसरी नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन सकिन्छ, त्यसमा चिन्तन, बहस गरिरहेका छौँ, पैरवी गरिरहेका छौँ ,यसले सकारात्मक नतिजा ल्याउँछ। तपाईहरुको पनि साथ र सहकार्यको अपेक्षा गर्दछौं ।’

    नेपाल मेडिकल कलेजले स्थानीय तथा राष्ट्रिय स्तरमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्नका लागि निर्वाह गरेको भूमिका महत्वपूर्ण भएकोले मन्त्री पौडेलले अस्पताल सञ्चालक समितिप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।

    कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल, प्रतिनिधि सभा सदस्य सन्तोष चालिसेले समेत नेपाल मेडिकल कलेजले स्थानीय तहसँगको सहकार्यमा स्वास्थ्य क्षेत्रको विकासमा पुर्याएको योगदानको चर्चा गर्दै कलेजको शैक्षिक कार्यक्रमहरुमा सिट संख्या थप्नुपर्ने, विदेशी विद्यार्थीहरु नेपालमा पढ्न आउने वातावरण बनाउनु पर्नेमा जोड दिनुभयो ।

    कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले कलेजको विगत, बर्तमान अवस्थाका बारेमा बोल्दै सरकार एक्लैले जनतालाई स्वास्थ्य सेवा दिन नसक्ने बताउनु भयो । स्वास्थ्य प्राविधिक जनशक्ति उत्पादन गर्ने र स्वास्थ्उ सेवा प्रदान गर्ने सवालमा निजी क्षेत्रले ठूलो योगदान गरेको उहाँको दावी छ ।

    तत्कालिन अवस्थामा अधिकांश चिकित्सा पेशामा संलग्न रहनुभएका व्यक्तित्वहरुको अठोटबाट चिकित्सा शिक्षा जस्तो तत्कालिन अवस्थामा नौलो व्यवसायिक काममा दुर्लभ आर्थिक श्रोत जुटाउने जमर्को गरी ‘‘नेपाल र नेपालीका लागि नेपालीकै लगानी’’ भन्ने मूल नाराका साथ २०५६ सालमा चिकित्सा शिक्षा, स्वास्थ्य सेवा र अनुसन्धानका विषयलाई एक साथ अगाडी बढाउन नेपाल मेडिकल कलेजको स्थापना भएको उहाँले जानकारी दिनुभयो ।

    उहाँले हालसम्म एमविविएसमा २ हजार २ सय ६२ जना, विडिएसमा ३ सय ३५ जना, विएस्सी नर्सिङ तर्फ २ सय जना, एमडि÷एमएसमा ३ सय १७ जना तथा एमएस्सी नर्सिङ, डिएम नेफ्रोलोजी, एमडिएसमा गरी कुल ३ हजार १ सय ५० जना दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्न सफल भएको जनाउँदा कलेजबाट उत्पादित दक्ष जनशक्तिले राष्ट्रको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको तथा विदेशमा पनि अमेरिका, युरोप, अष्ट्रेलिया लगायत विश्वका विभिन्न भूभागमा सफलतापूर्वक सेवारत रहेको जिकीर गर्नुभयो ।

    कलेजले साधारण देखि उच्चस्तर तथा विशिष्टीकृत स्वास्थ्य सेवाहरु प्रदान गरिरहेको, नेपाल सरकारको स्वास्थ्य बीमा, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा, कर्मचारी सञ्चय कोषको स्वास्थ्य बीमा तथा गोकर्णेश्वर नगरपालिका स्थायी बासिन्दाका लागि सहुलियतपूर्ण स्वास्थ्य सेवा र विपन्न नागरिक उपचार कार्यक्रम सञ्चालन गरिरहेको छ । यस्तैगरी, निःशुल्क क्यान्सर उपचार सेवा तथा अत्याधिक समस्याका रुपमा देखिएको मिर्गौला रोगको उपचारको लागि सरकारले प्रदान गरिरहेको हेमोडायलाइसिस सेवा समेत सुचारु छ ।

    प्रा.डा. अन्सारीले निजी क्षेत्रले सरकारबाट दिगो स्वास्थ्य शिक्षा नीति र कार्यक्रमको अपेक्षा गरेको बताउँदै स्वदेशमै स्वास्थ्य सम्बन्धी सबै किसिमको उपचारको व्यवस्था साथै, विशिष्टीकृत तहसम्म चिकित्सा विषयका सबै विधामा स्वदेशमै अध्ययन अध्यापन गर्न गराउन सक्ने गुणात्मक र संख्यात्मक व्यवस्था हुनुपर्ने बताउनु भयो ।

    उहाँले पछिल्लो समय मेडिकल शिक्षा अध्ययनकै लागि अरबौं खर्च गरेर नेपाली विद्यार्थीहरु पलाउन भइरहेकोमा त्यसलाई रोक्नुपर्नेमा जोड दिनुभयो । ‘नेपाल राष्ट्र बैंकको २०८१/०८२ को ६ महिनाको तथ्याङ्क अनुसार उच्च शिक्षा अध्ययनका लागि विदेशिएको रकम ५६ अर्ब ८२ करोड रहेको छ । उच्च शिक्षा अध्ययनकालागि ६ महिनायता नेपाल भित्रिएको रकम मात्र २ अर्ब ६८ करोड रहेकोमा त्यो रकम मेडिकल साइन्स अध्ययन गर्ने विदेशी विद्यार्थीहरुबाट मात्र आएको हो । गत वर्ष मेडिकल साइन्स अध्ययन गर्ने विद्यार्थीबाट ६ अर्ब १ करोड रकम भित्रिएको थियो ।’ मेडिकल कलेजको सिट बढ्यो भने विदेशिने पैसा कम्ती हुने तथा नेपाल भित्रिने पैसामा बृद्धि हुने उहाँको जिकीर छ ।

    प्रा.डा. अन्सारीले नेपाललाई मेडिकल एजुकेशनको हब बनाउने हो भने वर्षेनी सयौं विदेशी विद्यार्थी अध्ययनका लागि नेपाल आउने दावी गर्नुभयो । तर, त्यसकालागि स्वदेशी विद्यार्थीलाई नेपालमै पढ्न सक्ने वातावरण बनाउँदै बढी भन्दा बढी विदेशी विद्यार्थी ल्याउने योजना बनाइनु पर्ने उहाँको प्रस्ताव छ । हरेक वर्ष मेडिकल एजुकेशनका नाममा बाह्य प्रवाह हुने अरबौं नगद रोकिए स्वदेशी पुँजी र लगानी बृद्धि हुने तथा विदेशबाट अरबौं रकम नेपाल भित्रिँदा नेपालको अर्थतन्त्रमा समेत महत्वपूर्ण टेवा पुग्ने आधार बन्न सक्ने उहाँको धारणा छ ।

    उहाँले कलेजले आगामी दिनमा आफ्नो सेवाहरुलाई अझ प्रभावकारी बनाउँदै लैजाने अठोट लिएको भन्दै केही समयमै कार्डियोलोजी अन्तरगत क्याथल्याब सेवा, मिर्गौला प्रत्यारोपण सेवा, अंकोलोजी अन्तरगत किमोथेरापी र रेडियोथेरापी सेवाहरु विस्तार गरी विशिष्टीकृत स्वास्थ्य सेवा सञ्चालन गर्ने योजनाहरु अगाडी बढिसकेको जानकारी दिनुभयो ।

    कार्यक्रममा बोल्दै कलेजकी प्रबन्ध निर्देशक डा. साविहा यास्मिनले युवाहरुलाई स्वदेशमै काम गर्ने वातावरण बनाइनु पर्ने बताउनु भयो । देश विकास गर्न, चिकित्सा शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्न सरकार एक्लैको प्रयासबाट मात्र सम्भव नभएकोले सरकार र निजी क्षेत्र सहकार्य गर्दै अगाडी बढ्नु आजको आवश्यक्ता भएको उहाँको भनाई छ । ‘म सरकारलाई विशेष आग्रह गर्न चाहन्छु कि, निजी क्षेत्रलाई स्वदेशमै लगानी गर्ने र काम गर्ने वातावरण बनाइदिनुस । पछिल्लो समय युवाहरुमा नैराश्यता बढिरहँदा स्वदेशमा काम गर्ने, लगानी गर्ने यूवाहरुको संख्या घट्दो छ । हामी जस्ता युवाहरुलाई स्वदेशमै काम गर्ने वातावरण बनाउन सकिएन भने भोलीको दिनमा देश युवा विहिन बन्ने परिस्थिति आउन सक्छ । युवाहरु स्वदेशमा नबस्दा हाम्रो सामाजिक, सांस्कृतिक, आर्थिक र पारिवारिक संरचना नै कमजोर बन्न जान्छ ।’ उहाँले भन्नुभयो ।

    कलेजले हालसम्म एमबीबीएसमा दुुई हजार दुुई सय ६२, विडिएसमा तीन सय ३५, एमडिरएमएस र एमडिएसमा तीन सय २४ जना, विशिष्टीकृत सेवा अन्तरगत डिएम एमसीएचमा आठ, विएस्सी नर्सिङ र एमएस्सी नर्सिङमा दुुई सय आठ गरी स्थापनाकाल हालसम्म चार हजार ९८ जना दक्ष प्राविधिक जनशक्ति उत्पादन गरिसकेको छ । कार्यक्रममा कलेजका संस्थापकहरुलाई कदरपत्रद्वारा सम्मान समेत गरिएको थियो भने, सोही अवसरमा रजत जयन्ती स्तम्भको अनावरण, स्मारिकाको प्रधानमन्त्री, स्वास्थ्यमन्त्रीद्वारा लोकापर्ण गरिएको थियो ।

    बिहिबार, फागुन १५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ३.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.