भरतपुर/उद्योग वाणिज्य संघ–चितवनको सभहलमा यही २०८१ फाल्गुन १५ दिउसो १ बजे नेपाल अस्ट्रेलिया दुई देशिय सम्बन्ध र प्रत्यक्ष वैदेशिक लगानी (FDI ) सम्बन्धी अन्तरक्रिया कार्यक्रम हुने भएको छ । कार्यक्रममा नेपाल र अस्ट्रेलिया दुई देशिय सम्बन्ध, व्यापार सम्बन्ध, वैदेशिक लगानी सम्बन्ध, लगायत यहाँका महिला उद्यमीद्धारा उत्पादित बस्तुका साथै नेपालको मह अस्टे्लिया निर्यातका विषयमा छलफल हुनेछ । छलफलमा अन्तरक्रिया कार्यक्रममा प्रमुख स्रोत व्यक्ति अस्ट्रेलिया नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डिला खरेल रहनुभएको संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी गराउनुभएको थियो ।
अन्तरक्रिया कार्यक्रममा चितवनमा भएका लगानीका अवसर र सम्भावनाहरुका बारेमा अध्ययन गरिने तथा उद्योगी व्यवसायीहरुले देख्नुभएका सम्भावनाका बारेमा समेत खोज, चितवनमा उत्पादित बस्तुको बारेमा जानकारी, वस्तु निर्यातका लागि आवश्यक मापदण्ड, गुणस्तर, प्याकेजिङ्ग लगायतका बारेमा जानकारी गरिने भएकाले कार्यक्रममा सहभागी भैदिनुहुन उद्योगी व्यवसायीज्यूहरुलाई उद्योग वाणिज्य संघ–चितवन हार्दिक अपिल गर्दछ ।
उवासंघ चितवनमा नेपाल अस्ट्रेलिया दुई देशिय सम्बन्ध र प्रत्यक्ष वैदेशिक लगानी (FDI ) सम्बन्धी अन्तरक्रिया कार्यक्रम हुने
उवासंघ चितवनमा नेपाल अस्ट्रेलिया दुई देशिय सम्बन्ध र प्रत्यक्ष वैदेशिक लगानी (FDI ) सम्बन्धी अन्तरक्रिया कार्यक्रम हुने
Advertisement
तपाईको प्रतिक्रिया




