• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शुक्रबार, असोज ३०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ३. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

मुग्लिन–गाईघाट–दासढुङ्गा–ठिमुरा–गैडाकोट सडकको ट्रयाक खोल्ने कार्य सुरु


  •   सोमबार, फागुन १२, २०८१ मा प्रकाशित
  • देवघाट/मुग्लिन–नारायणगढ खण्डको हाल सन्चालनमा रहेको सडकको विकल्पको रुपमा लिईएको मुग्लिन–गाईघाट–दासढुङ्गा–ठिमुरा–गैडाकोट सडकको ट्रयाक खोल्ने कार्य सुरु भएको छ । उक्त बैकल्पिक सडकमा पहिलो चरणको ट्रयाक खोल्न सडक विभागले चालु आर्थिक वर्षकोलागि २ करोड ६९ लाख ३२ हजार ५०० रुपैयाँ विनियोजन भएको छ ।

    Advertisement

    सडक निर्माणको ठेक्का पाएको डिभाइन लाईट कंस्ट्रक्सन कम्पनीले गत साताबाट दुई वटा ठुला जेसिभि प्रयोग गरि सडक ट्रयाक खन्ने काम सुरु गरेको छ । तनहुँको आबुँखैरेनी गाउँपालिकाको पुलजिपबाट ट्रयाक खन्न थालिएको छ ।

    तराईका जिल्लाहरुलाई राजधानीसँग जोड्ने नारायणगढ–मुग्लिन सडकको विकल्पमा मुग्लिनबाट गाइघाट, दासढुङ्गा, ठिमुरा, देवघाटको देवपुर हुँदै नवलपुरको गैडाकोट जोड्ने सडकको डिपिआर पश्चात सडक विभागले पहिलो चरणको ठेक्का लगाएको हो ।

    पश्चिम तराईलाई मुग्लिन जोड्ने हाल सन्चालन भईरहेको नारायणगढ बजार हुँदैको सडकको विकल्पमा गैैडाकोट हुँदै दासढुङ्गा जोड्ने गरि बैकल्पिक सडक निर्माण गर्नु पर्ने देवघाटबासीले माग गर्दै आएका थिए । विशेषगरि देवघाटका समाजसेवी कुलचन्द्र न्यौपानेले पटक–पटक यस सम्बन्धी आवाज उठाउँदै आएका थिए । न्यौपानेकै पहलमा उक्त सडकको लागि रकम विनियोजन भएको हो ।

    नवलपुरको गैैडाकोट नगरपालिका–३ ब्रिटिसक्याम्प र देवघाट गाउँपालिका–५ देउपुर हुँदै दासढुङ्गा जोड्ने वैकल्पिक सडक र उक्त बाटोहुँदै दासढुङ्गादेखी मुग्लिनसम्म तनहुँ तर्फ त्रिशुलीको किनार किनारै बैकल्पिक राष्ट्रिय राजमार्ग आवश्यक भएको भन्दै न्यौपानेको नेतृत्वमा सडक डिभिजन चितवन, सडक विभाग र भौतिक पुर्वाधार मन्त्रालयसम्म डेलिगेशन भएको थियो । समाजसेवी न्यौपानेको पहलमा चालु आर्थिक वर्षमा पनि सरकारले गैंडाकोट–दासढुङ्गा सडकको सर्वे डिजाईनकोलागि ३० लाख रूपैयाँ सडक विभाग मार्फत विनियोजन गरेको थियो । उक्त सडकको ट्रयाक खन्न थालिएपछि खुसी व्यक्त गर्दै समाजसेवी न्यौपानेले आफ्नो वर्षाैदेखीको प्रयत्नले सार्थकता पाएको बताए ।

    उक्त बैकल्पिक राजमार्गको बारेमा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७३÷०७४ को बजेट तथा सरकारको नीति तथा कार्यक्रममा मै सर्भे र डिपिआरको लागि बजेट बिनियोजन गरिसकेको तत्कालिन सरकारले उक्त सडक निर्माण गर्न २३० करोड रुपैयाँ बिनियोजन समेत गरिसकेपछि पनि त्यसपछिको सरकारले उक्त योजना रद्ध गरेको नेकपा एमाले देवघाट गाउँ कमिटिका निवर्तमान अध्यक्ष केशवचन्द्र न्यौपानेले बताए ।

    उक्त सडक निर्माण गर्न सके देवघाटको गाउँपालिका आर्थिक र धार्मिक पर्यटनको केन्द्र बन्ने हुँदा यसकोलागि गाउँपालिकाले पहल थाल्ने देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताए । हाल देवघाट गाउँपालिकालाई राष्ट्रिय राजमार्गले नछोएको हुँदा गैंडाकोटबाट देवघाट हुँदै दासढुङ्गा जाने सडक निर्माण गर्न सके देवघाटमा धेरै भन्दा धेरै पर्यटक भित्रिने र देवघाटको धार्मिक पर्यटनको विकास हुने अध्यक्ष थापाले बताए । पहिलो चरणमा गैंडाकोटदेखी दासढुङ्गासम्म सडक निर्माण गर्न सके त्यसपछि दासढुङ्गादेखी मुग्लिनसम्म त्रिशुली नदीको किनारमा तनहुँ तर्फ अर्काे राष्ट्रिय राजमार्ग निर्माण गर्न सकिने अध्यक्ष थापाको भनाई छ ।

    हाल सन्चालनमा रहेको मुग्लिन–नारायणगढ सडकमा वर्षाको समयमा पहिरो गएर ठुलो समस्या भोग्नु परेको हुँदा बैकल्पिक सडक निर्माणको लागि तत्काल पहल थाल्न समाजसेवी कुलचन्द्र न्यौपानेले माग गरेका थिए । तनहुँ तर्फ अर्काे राष्ट्रिय सडक निर्माण गर्न सकेमा हाल विकासमा निकै पछाडी परेको तनहुँको देवघाट तथा आवुँखैरेनी गाउँपालिकाका धेरै बस्तीहरुलाई विकासको मुलधारमा ल्याउन सकिने वडा नम्बर देवघाट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष पुर्णबहादुर कुँवरले बताए ।

    नारायणगढ–मुग्लिन सडकमा हरेक वर्ष पहिरोले दुःख दिन थालेपछि सरकारी तहबाट नै नारायणगढ–मुग्लिन सडकको विकल्प खोजिन थालिएको हो । सडक विभागले पनि डिभिजन सडक कार्यालय भरतपुरलाई अहिलेको सडकपारि त्रिशूली किनारै किनार तनहुँतर्फ नयाँ सडक बनाउन सकिने गरी गृहकार्य सुरु गर्न निर्देशन दिएको डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ ।  वैकल्पिक सडक बनाउन प्रस्ताव गरिएको गैँडाकोटदेखि मुग्लिनसम्म करिब ३८ किलोमिटरको दूरी पर्छ । त्यसमा पनि गैँडाकोटदेखि दासढुङ्गासम्मको १६ किलोमिटर पर्छ भने दासढुङ्गादेखि मुग्लिनसम्मको २२ किलोमिटर सडक बनाउने हो भने नारायणगढ–मुग्लिन सडककै कारण यात्रुले भोग्नुपरेको समस्या समाधान हुने विश्वास गरिएको छ ।

    सोमबार, फागुन १२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ३.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.