• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

साइबर सुरक्षामा क्रियाशील संस्था ‘एनपी-सर्ट’ मा डा. राजीव सुब्बाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन


  •   आइतबार, फागुन ११, २०८१ मा प्रकाशित
  • काठमाडौं/नेपालको साइबर सुरक्षा सुदृढीकरणमा सक्रिय संस्था इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम (एनपी-सर्ट) ले नयाँ नेतृत्व चयन गरेको छ । शनिबार सम्पन्न १०औँ वार्षिक साधारणसभाले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका सहायक प्राध्यापक तथा सूचना प्रविधि विज्ञ डा. राजीव सुब्बाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
    नयाँ कार्यसमितिमा उपाध्यक्ष पदमा प्रा.डा. सुदन झा, ई. तुलसीराम श्रेष्ठ र सुमन कुमार शर्मा रहनुभएको छ भने महासचिवमा डा. सुमन थपलिया निर्वाचित हुनुभएको छ । त्यस्तै, सचिवमा कृष्णप्रसाद पाण्डे र कोषाध्यक्षमा प्रविण खड्का चयन हुनुभएको छ ।
    कार्यकारी सदस्यहरूमा रेजिना डाँगी, ई. रुचि पाण्डे, सुदीप घिमिरे, दीक्षा राउत, ई. सन्तोष श्रेष्ठ र रामकृष्ण दाहाल रहनुभएको छ ।
    साधारणसभामा महासचिवको वार्षिक आर्थिक प्रतिवेदन तथा कोषाध्यक्षको लेखा प्रतिवेदन छलफलपछि पारित गरिएको थियो । सो अवसरमा सहभागीहरूले एनपी-सर्टको ब्रान्डिङ सुधार, डेटा सुरक्षामा ध्यान केन्द्रित गर्ने तथा साइबर सुरक्षाको सुदृढीकरणमा संस्थाको भूमिका अझ प्रभावकारी बनाउन सुझाव प्रस्तुत गर्नुभएको थियो ।
    निवर्तमान अध्यक्ष चिरञ्जीवी अधिकारीले नया कार्यसमितिलाई शुभकामना दिनु हुँदै आगामी दिनमा पनि एनपी-सर्ट नेपालमा साइबर सुरक्षालाई सुदृढ बनाउन सक्रिय रहने तथा संगठनको नवीनतम ध्यान र रणनीतिक दृष्टिकोणले साइबर जोखिम न्यूनीकरणका लागि प्रभावकारी पहलहरू सञ्चालन गरी राष्ट्रिय साइबर सुरक्षा सुदृढीकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।
    यसअघि एनपी-सर्टको सल्लाहकार रहनुभएका डा. सुब्बा नेतृत्वको नयाँ कार्यसमितिले संस्थालाई उपल्लो स्तरमा लैजाने योजनासहित आगामी तीन वर्षे कार्यकालका लागि विभिन्न प्राथमिकता र पहलहरू पहिचान गरेको छ । अध्यक्ष डा. सुब्बाका अनुसार आगामी कार्यकालमा साइबर सुरक्षालाई जनचेतना, प्रविधि विकास, नीति निर्माण तथा अन्तर्राष्ट्रिय सहकार्यका माध्यमबाट उच्च प्राथमिकतामा राखी विभिन्न कार्यक्रम गरिनेछ ।
    यसअन्तर्गत अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागितामा साइबर सुरक्षासम्बन्धी सम्मेलन आयोजना, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा साइबर सुरक्षा चेतना अभिवृद्धिका लागि कार्यक्रम सञ्चालन, साइबर सुरक्षा प्रशिक्षण र क्षमता विकास, साइबर सुरक्षामा योगदान दिने व्यक्तिहरूलाई सम्मान, थिंक ट्याङ्क समूह गठन, अन्तर्राष्ट्रिय संस्थाहरू तथा विज्ञहरूसँग सहकार्य, नीति निर्माणमा सरकारलाई सहयोग, डिजिटल फोरेन्सिक ल्याब तथा सुरक्षा सञ्चालन केन्द्रको स्थापना लगायतका योजना राखिएको छ ।
    डा. सुब्बाले एनपी-सर्टलाई साइबर सुरक्षाको केन्द्रविन्दु बनाउने प्रतिबद्धता व्यक्त गर्दै भन्नुभयो, “आजको डिजिटल युगमा साइबर सुरक्षा कुनै विलासिता नभई आवश्यकतामा बदलिएको छ । नेपालमा पनि साइबर अपराधका घटना बढ्दै गएका छन् । यसलाई रोक्न हामीले आफ्नो तर्फबाट अधिकतम पहल गर्नेछौँ । अबको प्राथमिकता साइबर सुरक्षामा जनचेतना बढाउँदै नेपाललाई सुरक्षित डिजिटल राष्ट्रका रूपमा अघि बढाउनु हो ।”
    डा. राजीव सुव्बासँग आईसीटी, विपद व्यवस्थापन र साइबर सुरक्षामा करिब ३० वर्षको अनुभव छ । नेपाल प्रहरीका पूर्व डीआईजी समेत रहिसक्नु भएका डा. सुब्बा संयुक्त राष्ट्रसंघका विभिन्न निकायहरु तथा तीन अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूमा कार्य गरिसक्नु भएको छ ।
    संयुक्त राज्य अमेरिकाको हवाई विश्वविद्यालयबाट सञ्चार तथा सूचना विज्ञानमा विद्यावारिधि हासिल गर्नुभएका डा. सुब्बाले लामो समयदेखि नेपाल सरकारलाई सूचना प्रविधि, साइबर सुरक्षा तथा विपद व्यवस्थापनको नीति निर्माणमा लामो समयदेखि सहयोग गर्दै आउनु भएको छ । नेपाल विज्ञान तथा प्रबिधि प्रज्ञा प्रतिस्ठान (नास्ट) पुरस्कार सहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानहरू प्राप्त गरी सक्नु भएका डा. सुब्बा कम्प्युटर एसोसिएसन अफ नेपाल र नेपाल इन्जिनियर्स एशोसिएसन लगायतका विभिन्न सामुदायिक संस्थाहरूसँग लामो समयदेखि संलग्न हुनुहुन्छ ।
    एनपी-सर्टमा आबद्ध अन्य पदाधिकारी तथा कार्यकारी सदस्यहरू लामो समयदेखि साइबर सुरक्षा क्षेत्रमा सक्रिय हुनुहुन्छ । उहाँहरूले विभिन्न संस्थामा कार्य गर्दै नेपालमा साइबर सुरक्षाको प्रवर्द्धनका लागि निरन्तर योगदान दिँदै आउनु भएको छ ।
    एनपी-सर्टबारे
    एनपी-सर्ट २०१६ मा स्थापना भएको साइबर सुरक्षासँग सम्बन्धित संस्था हो । यसले नेपालमा सूचना सुरक्षाको प्रवर्द्धन गर्न काम गर्छ । यो साइबर सुरक्षासम्बन्धी स्थानीय समस्या रिपोर्ट गर्नका लागि एकल सम्पर्क बिन्दु हो । एनपी-सर्टले संस्थाहरू तथा कम्प्युटिङ समुदायलाई सुरक्षा घटनाहरूको रोकथाम, पहिचान र पुनःस्थापना लगायतका प्रक्रियामा सहयोग पुर्‍याउनुका साथै सम्भावित साइबर खतराहरू र उदाउँदा सुरक्षा घटनाहरूबारे सचेतना फैलाउने काम गर्दै आएको छ । यसले नेपाल सरकार, क्यान महासंघ, इन्टरनेट तथा टेलिकम सेवाप्रदायक, नेपाल प्रहरी र निजी आईटी क्षेत्रसँग सहकार्य गर्दै नेपालका डिजिटल पूर्वाधारको सुरक्षामा योगदान दिइरहेको छ ।

    Advertisement

    आइतबार, फागुन ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.