भरतपुर, भाद्र १३/कोरोना भाइरस संक्रमण रोकथामका लागि जिल्ला प्रशासन कार्यालय चितवनले गरेको निषेधाज्ञा सहितको लकडाउन खुलाउने सम्बन्धमा छलफल गरि पूर्ण स्वास्थ्य सतर्कताका साथ उद्योग व्यवसाय संचालन गर्ने सम्बन्धमा विशेष छलफल सम्पन्न भएको छ। चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा सम्पन्न बैठकमा नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्ट, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठ,नेपाल ह्याचरी उद्योग संघका अध्यक्ष टिकाराम पोखरेल, पोल्ट्री व्यवसायी मन्च चितवनका अध्यक्ष ऋषी राम पौडेल, चेम्बर अफ कमर्स चितवनका उपाध्यक्ष गोपाल भट्टराई ,चितवन उद्योग संघका निवर्तमान अध्यक्ष भेषराज दुवाडी, पूर्व अध्यक्षज्यूहरु हरि प्रसाद सुवेदी, तारा प्रसाद पौडेल, उद्योग वाणिज्य संघ चितवनका पूर्व अध्यक्षहरु महेन्द्रलाल प्रधान , मित्र राज दुवाडी, चितवन उद्योग संघका उपाध्यक्ष त्रिलोचन कडेल, चेम्बर अफ कमर्सका सचिव मनोज विष्ट, चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवाल लगायतको उपस्थिति रहेको थियो।
बैठकले लकडाउन मात्र संक्रमण रोकथामको विकल्प नरहेकोले विकल्पहरुको खोजी गरि लकडाउन हटाएर उद्योग व्यवसाय सन्चालन गर्नका लागि भोलि मिति २०७७ साल भाद्र १४ गते संघीय माननीयज्यू, स्थानीय सरकारका प्रमुखज्यूहरु सहितको विशेष उपस्थित रहेने गरि जिल्ला प्रशासन कार्यालय चितवनमा आयोजना गरिने बैठकमा लकडाउन हटाइ उद्योग व्यवसाय सन्चालन गर्नका लागि मोडालिटी पेश गर्ने निर्णय गरेको छ। उक्त निर्णयमा नेपाल चिकित्सक संघ चितवन ,निजी अस्पताल समन्वय समिति चितवन यातायात व्यवसायी महासंघ चितवन, क्षेत्रीय होटल संघ सौराहा, होटल व्यवसायी समिति चितवन लगायतका संघसंस्थाको समेत ऐक्यबद्धता रहेको छ।




