• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शुक्रबार, असोज ३०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ३. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ७. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

सर्वाधिक पुरस्कार राशीको गोर्खाली रग्बी सेभेन्स हुंदै

  •   शुक्रबार, फागुन ०९, २०८१ मा प्रकाशित
  • काठमाडौ/गोर्खाली रग्बी क्लबको आयोजनामा यहि फागुन १६ र १७ गते गोर्खाली रग्वी सेभेन्स पुरुष राष्ट्रिय रग्वी प्रतियोगिता हुने भएको छ।

    Advertisement

    भरतपुरको कृष्णपुर रंगशालामा हुने प्रतियोगितामा सात प्रदेश टोली, दुई विभागीय टोली नेपाली सेना र सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लब तथा आयोजक गोर्खाली रग्बी गरी १० टोलीको सहभागिता रहने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गरायो छ ।

    प्रतियोगिताको विजेता टोलीले २ लाख र उपविजेताले १ लाख पुरस्कार प्राप्त गर्नेछ । यो नेपाली रग्बीमा राखिएको अहिलेसम्मको सर्वाधिक ठूलो पुरस्कार राशी भएको आयोजकले जनाएको छ । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले भर्दना काउचरको तर्फबाट एक सेट इटालिएन सुट प्राप्त गर्नेछ ।

    प्रतियोगिता आयोजनाको लागि कुल २१ लाख बजेट खर्च हुने अनुमान गरिएको छ । जसमा आयोजकले सहभागिता टोलीको एकतर्फी यातायात तथा होटलको खर्च ब्यहोर्नेछ ।

    राष्ट्रिय खेलकुद परिषद्, भरतपुर महानगरपालिका र बाग्मती प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशले प्रतियोगितामा सहयोग गर्ने जनाइएको छ ।

    त्यस बाहेक नपुग खर्च गोर्खाली क्लबका अध्यक्ष रोहित कार्की आफैले ब्यहोर्ने पत्रकार सम्मेलनमा प्रतिवद्धता जनाएका छन् ।

    पत्रकार सम्मेलनमा अध्यक्ष कार्कीले भने, “हाम्रो क्लबले विभिन्न उमेर समुहको प्रतियोगिताको विजेता बन्नुका साथै गत वर्ष फिप्टिन ए साइड रग्बीको राष्ट्रिय प्रतियोगिताको पनि च्याम्पियन बन्यौं । अब हामी आयोजनामा सफल भएर रग्बी विकासमा योगदान दिन चाहन्छौं ।”

    प्रतियोगितामा हरेक टिमले ५ जना सम्म विदेशी खेलाडी राख्न पाउने नियम बनाइएको छ । क्लबका उपाध्यक्ष कृष्ण थापाले गोर्खाली रग्बीले मैदानमा सफलता हात पारेपछि अब प्रतियोगिता आयोजनामा केन्द्रित हुन लागेको पत्रकार सम्मेलनमा बताए । उनले आगामी संस्करणमा विदेशी क्लबलाई समेत सहभागी गराउने योजना रहेको बताए ।

    प्रतियोगिताको मेडिकल पार्टनरमा चितवन मेडिकल कलेज, ट्राभल पार्टनरमा होलीडे ट्रिप नेपाल, क्लोथिङ पार्टनरमा थ्रेड गार्मेन्ट इमाडोल, हस्पिटालिटी पार्टनरमा अन्कुरम एकेडेमी, चितवन र इन्टरनेट पार्टनरमा ट्रेड माइन्ड नेटवर्क चितवन रहेको छ ।

    यस्तै सहयोगी संस्थाहरुमा एलआइसी कर्पोरेसन(नेपाल), राइट पाथ करियर काउन्सलिङ्ग काठमाण्डौ, एसिटी एजुकेशन एण्ड भिषा सर्भिसेज, चितवन, एभिन्यु एजुकेशन कन्सल्टेन्सिी काठमाण्डौ, माइती रिसोर्ट कीर्तिपुर रहेको छ ।

    यस प्रतियोगिताले राष्ट्रिय खेलकुद पषिद्को आयोजनामा सुर्खेतमा हुन गईरहेको १० औँ राष्ट्रिय खेलकुदको तयारीका लागी समेत सहयोग पुग्ने सचिव प्रेम कोइरालाले जानकारी दिनुभयो ।

    शुक्रबार, फागुन ०९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ३.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.