• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

बागमती प्रदेशमा ८६ प्रतिशत किशोरीले लगाए


  •   बुधबार, फागुन ०७, २०८१ मा प्रकाशित
  • चितवन/सरकारले सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सर ( ह्युमन प्यापीलोमा भाइरस एचपिभी )विरुद्धको खोप अभियानमार्फत बागमती प्रदेशमा ८६ प्रतिशत किशोरीले खोप प्राप्त गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत माघ २२ गतेदेखी फागुन ६ गतेसम्म सञ्चालन गरेको कक्षा ६ देखि १० सम्म अध्यनरत र विद्यालय वाहिरका १० देखि १४ वर्ष उमेर समुहका किशोरीलक्षित उत्त अभियानमा लक्षित समुहको ८६ प्रतिशतले खोप लगाएका हुन्।

    Advertisement

    बागमती प्रदेश स्वास्थ मन्त्रालयका फोकल पर्सन उत्तमराज प्याकुरेलका अनुसार बागमती प्रदेशमा लक्षित जनसंख्या दुई लाख ९८ हजार ९०५ जना रहेकामध्ये २ लाख ५६ हजार १९१ जना किशोरीहरुले खोप लगाएका छन् ।


    प्याकुरेलकाअनुसार बागमती प्रदेशमा जिल्लागत विवरणमा नुवाकोट जिल्लामा शतप्रतिशत किशोरीले खोप लगाएका छन्, भने दोलखामा ९९ प्रतिशत किशोरीले एच.पि.भि खोप लगाएका छन् ।

    त्यस्तै रामेछापमा ९८ प्रतिशत ,सिन्धुपाल्चोकमा ९७ प्रतिशत, सिन्धुलीमा ९६ प्रतिशत ,काभ्रेमा ९६ प्रतिशत ,धादिङमा ९५ प्रतिशत , मकवानपुरमा ८८ प्रतिशत ,काठमाडौंमा ८६ प्रतिशत ,चितवनमा ८५ प्रतिशत ,भक्तपुरमा ८५ प्रतिशत रसुवामा ८४ प्रतिशत र ललितपुरमा ७९ प्रतिशत किशोरीले खोप लगाएका छन् ।

    चितवनमा कुन पालिकामा कतिले लगाए?

    चितवन जिल्लामा ४ सय ४६ खोप केन्द्रबाट २६ हजार ४ सय ४८ जना किशोरीले एच.पि.भि खोप लगाएका छन् । विश्व क्यान्सर दिवसको अवसर पारेर देशभर तोकिएको उमेर समूहका किशोरीलाई एचपीभी खोप दिने अभियान सुरु गरिएको जनस्वास्थ्य कार्यलय चितवनका भेक्टर कन्ट्रोल निरिक्षक राम कुमार केसिले जानकारी दिए ।

    उनका अनुसार चितवनमा ३१ हजार ५७० किशोरीलाई खोप लगाइने लक्ष्य/ अनुमान रहेको थियो । जसमा विद्यालय जाने ३० हजार १९२ जना र विद्यालय नजाने एक हजार ३७५ जना रहेका थिए ।


    चितवन जिल्लाको पालिका अनुसार हेर्ने हो भने राप्ती नगर पालिकामा ९९ प्रतिशत किशोरीले एच. पि. भि खोप लगाएका छन् भने इच्छाकामना गाउँ पालिकाबाट ९७ प्रतिशत किशोरीले खोप लगाएका छन्।त्यस्तै कालिका नगरपालिकाबाट ९३ प्रतिशत, खैरहनी नगरपालिकाबाट ९१ प्रतिशत,माडीबाट ८३ प्रतिशत,रत्नगर नगरपालिकाबाट ८२ प्रतिशत रभरतपुर महानगरपालिकाबाट ७८ प्रतिशत किशोरीले खोप लगाएका छन् ।


    चितवन जिल्लाको खोप केन्द्रमा ४५६ स्वास्थ्यकर्मी र ९१२ स्वयमसेवकहरुको परिचालन गरिएको थियो । माघ २२ देखि फागुन ०३ गते सम्म चितवन जिल्लाका सबै स्थानीय तहमा पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापीलोमा भाइरस विरुद्धको एच.पी.भी. खोप अभियान संचालन भइरहेको थियो ।

    कारण बहस खोप लगाउन छुटेका किशोरीहरुलाई ६ गते सम्म जनस्वास्थ्य कार्यालय चितवन अन्तर्गतको मातृ शिशु क्लिनिकमा एच.पी.भी.विरुद्धको खोप लगाइएको थियो भने ६ गते चितवनको सात वटै पालिकामा खोप लगाउने व्यवस्था समेत गरीएको जन स्वास्थ्य कार्यलय चितवनका भेक्टर कन्ट्रोल निरिक्षक राम कुमार के. सिले बताए ।

    पाठेघरको मुखको क्यान्सरका कारण नेपालमा हरेक दिन ४ जना महिलाको मृत्यु हुने गरेको छ। जिल्ला खोप समन्वय समिति तथा जनस्वास्थ्य कार्यालय चितवनका अनुसार पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापीलोमा भाइरस विरुद्धको एच.पी.भी. खोप नेपालमा आर्थिक वर्ष २०७२/ ७३ मा चितवन र कास्कीमा पहिलोपटक परीक्षण गरिएको थियो ।

    बुधबार, फागुन ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • २.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ३.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ४.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ६.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ७.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ८.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.