भरतपुर/लायन्स क्लव अफ नारायणगढ लालीगुराँसकी अध्यक्ष अम्बिका श्रेष्ठले आफ्नो श्रीमानको पुण्यतिथिको अवसरमा वी.पी.कोइराला मेमोरियल क्यान्सर अस्पताल रहेका क्यान्सर पीडित वालवालिकाहरुलाई Stainless Steel Water Bottle हस्तान्तरण गरेको छ ।
लायन्स क्लव अफ नारायणगढ लालीगुराँसकी अध्यक्ष अम्बिका श्रेष्ठको अध्यक्षतामा सम्पन्न सामाग्री हस्तान्तरण कार्यक्रममा पिएमजेएफ लायन दिनानाथ न्यौपाने प्रमुख अतिथि रहनुभएको थियो ।
त्यस्तै कार्यक्रममा सेकेण्ड भिडिजि एमजेएफ लायन प्रभाकर पण्डित विशिष्ट अतिथि रहनुभएको थियो ।
सामाग्री हस्तान्तरण कार्यक्रममा पूर्व अध्यक्ष एवम् डिष्ट्रिक चिफ लायन बिनिता नेपाल, रिजन चियरपर्सन एमजेएफ लायन सिता पौडेल, वी.पी.कोइराला मेमोरियल क्यान्सर अस्पतालका डा.निभा तिवारी, डा.सन्दिप, डा.राम, नर्स निर्जना, लायन गीता ढकाल, लायन जया पौडेल, लायन राधा शर्मा लगायत २८ जना वालवालिकाहरुको उपस्थिति रहेको थियो ।
वालवालिकाहरुलाईलाई हस्तान्तरण गरिएको सामाग्रीहरुलाई लायन्स क्लव अफ नारायणगढ लालीगुराँसकी अध्यक्ष अम्बिका श्रेष्ठले उपलब्ध गराउनु भएको थियो ।





