• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

‘भ्यालेन्टाइन्स डे’ को इतिहास के हो र हाम्रो समाजमा यस पर्वलाई मनाउने आधार र औचित्य के हुन त ?


  •   शुक्रबार, फागुन ०२, २०८१ मा प्रकाशित
  • कसरी केलाउने हो ?
    पश्चिमेली समाजमा विवाह गरेर बस्नु भन्दा रखैल राखी बस्नलाई महत्व दिन्छन् ।‘लिभ इन रिलेशनशिप’ को आधार तयार गरेको युरोप ,अमेरीका तिर यस्ता महिला वा पुरुष पाउन मुश्किल छ जस्को एक मात्र विवाह भएको होस् या एक मात्र महिला अथवा पुरुष सँग सम्बन्ध गासिएको होस् ।
    के हामी त्यस्तै समाज बनाउन चाहान्छौ ?
    हाम्रो समाज नारी सम्मान को धरोहर हो तर समानताको नाम मा लडाई रहेको को छ परिवारलाई विभाजन गराइएको छ ! इसाईको अनुसार नारीको निर्माणनै पुरुषको मनोरञ्जन र उपभोगका निम्ति भएको हो दार्शनिक रुसो ले आफ्नो आत्मकथा म लेखेका छन् , जीवनभर एक मात्र महिलासँग बस्न सम्भव नै हुदैन, महिलामा त आत्मा नै हुँदैन, महिला एक कपडा जस्तै हो, जब पुरानोले मन अघाउछ तब नयाँ ल्याइन्छ त्यसैले त चर्चले आफ्ना पादरीहरुको निम्ति वेश्यालय बनायो किन कि पादरी, बिपस तथा क्लर्जीहरुलाई एक या एक भन्दा बढी श्रीमती राख्नु अनिवार्य थियो त्यो एउटा पुरानो जमाना थियो ।
    युरोपेलीहरुको उपज नै हो ?
    के हाम्रो समाजमा त्यो भेटिन्छ त के हामी त्यस्तै बनाउन चाहान्छौ ?
    कदापी नाई ! तर पनि हामी उनिहरु प्रति नै समर्पण भएका छौ किन ?
    त्यो समयको परिस्थिति र त्यो संस्कारलाई चिर्न सन्त भ्याल्न्टाइनले महत्व पूर्ण भूमिका खेले को हुनाले नै भ्याल्न्टाइन डे को सुरुवात भएको हो । उनको बसचारमा यस्तो पशु तुल्य व्यवहार,विकृत संस्कृतिको र रहनसहनको व्यवस्थाको विरुद्ध कडा शव्दमा आवज उठाउनु पर्छ भन्ने अवधारणा पलायो जुन योे ठिक होइन । यस्तो प्रथाबाट समाजमा विकृती फैलिनु को साथै एक दिन हामी सबै जना यौनरोगको चपेटमा आउनेछौ र आपन्त्व प्रेम भन्ने रहने छैन ,यो बन्द हुनु पर्छ भन्दै फ्रान्स को सहर सहर घुमेर मानिसहरुलाई सम्झाउदै सबैलाई प्रोत्साहित तथा प्रचारप्रसार गर्न थाले कि एक पुरुष वा एक स्त्रीसँग विवाह गर, उनै सँग मात्र सम्बन्ध राख र आफ्नो जीवनलाई आदर्शवान बनाउ । यस्तो विवाह गराउने सोच भ्यालेन्टाइनलाई उनि चर्च को पादरी हुदा हिन्दु धर्म र संस्कृतिको अध्ययन बाट प्राप्त भएको उनि आफैले आफ्ना अनुयायी हरु लाई भनेका छन् ! भ्यालेन्टाइनले युरोप को पुरानो परम्परा विगार्र्दै छन् भन्ने थाहा पाएर मोज मस्तिका साथ बस्न मन पराउने तत्कालिन रोमका राजा क्लोडियस ले ई. सं. ४९८ फरबरी महिनाको १४ तारिख को दिन सार्वजनिक रुपले उनलाई फाँसीको सजाय दिए । युरोपको ठूलो वर्ग भ्यालेन्टाइनद्वारा दिएको हिन्दु सिद्धान्तका कुराहरुबाट प्रभावित भएर विवाह पद्धतीलाई प्रोत्साहन दिने उद्देश्यले उनका अनुयायीद्वारा उनको सम्झनामा हरेक वर्ष १४ फरबरीमा ‘भ्यालेन्टाइन डे’ मनाउन थालियोे ।
    हाम्रा हिन्दु संस्कृतिबाट प्रभावित भएर सुधारात्म कदमका रुपमा युरोपेली समाजमा मनाइने भ्यालेन्टाइन डे लाई यति महत्व दिनुकोे औचित्य के छ र ?
    जो कि हाम्रो दैनिक जीवन का आचरण हुन् प्रेम! हाम्रा हरेक दिन भ्यालेन्टाइन डे हुन् ! फागु पुर्णिमा होली,शिव रात्री ,हरितालिका तिज ,तथा सम्पुर्ण पर्व हरु नै हाम्रा भ्यालेन्टाइन डे हुन् भन्दा फरक नपर्ला ! हाम्रो सनातन हिन्दु संस्कृतिमा परम्परादेखि नै विवाहगर्ने पद्धति छ त्यो नै भ्यालेन्टाइन डे हो जो जुनी जुनी लाई कसम हुन जान्छ ! कसलाई के थाहा भ्यालेन्टाइन डे को कार्ड मा लेखिने “Would You Be My Valentine ” को अर्थ “के तपाईं म सँग बिहे गर्नु हुन्छ “? ना कि प्रेम प्रस्ताव हामी नयाँ पिंढीहरुलाई ,जनै पुर्णिमा ,कृष्ण जन्माष्टमी, रामनवमी तथा शिव रात्री कुन दिन पर्छ शायदै थाहा होला तर १४ फरबरी भ्यालेन्टाइन डे हो, भन्ने सबलाई थाह छ । प्रेम र भक्तिका प्रेरणास्रोत सीता राम ,शिव पार्वती ,श्री राधाकृष्ण जस्ता जीवन्त उदाहरण हाम्रो संस्कृतिमा छन् तर पनि हामीलाई भ्यालेन्टाइन डे चाहिएको छ। हाम्रो समाज र संस्कारको लागी अत्यन्तै घातक यो छ कि हामीले आफ्नो मौलिक संस्कृति र परम्परालाई छोड्दै जानु विदेशी अर्थात पाश्चात्य प्रभावलाई अँगाल्दै जानु छाडा प्रवृत्तिको विकास हुँदै जानु ,आफ्नो गुरु र बाबा आमालाई नमान्ने अरु विभिन्न दिवस मनाउँदै जाने प्रचलनको विकास हुनु आफ्ना परापुर्व काल देखि चल्दै आएको धर्म संस्कृतिको महानता तथा महत्वलाई बिर्सेर पश्चिमी सभ्यता–संस्कृतिको नक्कल गरेर आफूलाई आधुनिक ठान्नु मुर्खता हो हो कि होइन ? अनि हामी आफ्नो पहिचानलाई बिर्सदै छौँ। आफ्नो पहिचान भन्नु नै आफ्नो संस्कृति र परम्पराहरू हुन्। हामीले कहिले बुझ्ने? हाम्रो फागुन भरि प्रेम रसका गित गाई फागु खेल्ने लाई हामी छाडा भन्यौ तर आज प्रपोज डे , चकलेट डे ,हग डे ,रोज डे भन्दै यहि समय लाईनै किन अगाडि बडाइएको छ ? बिचार र मनन् गरौ है आफ्नो संस्कृति को । सबैलाई चेतना भया । अन्तमा फागुमय दिनको शुभकामना यो संस्कृत श्लोक बाट सर्वासां रसिकानां च देवीनामीश्वरी परा । प्रवदन्ति पुरा सन्तस्तेन तां रसिकेश्वरीम् । लेखक – खाने कथा भान्सालय अलिदेखि थालीसम्मका प्रस्तुता साथै अभियानकर्ता र अनुसन्धानकर्ता हुन्।

    Advertisement

    शुक्रबार, फागुन ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.